खाद्य उद्योग र प्राविधिकको आवश्यकता बुझ्न अन्र्तक्रिया
धरान । कृर्षिमा आधारित नेपालका खाद्य उद्योग र खाद्य प्रविधिकहरुबीच आपसी समन्वय र एकअर्काको आवश्यकता बुझ्ने उद्देश्यले धरानमा एक दिने एकेडेमिया इन्डष्ट्रिज डाइलग आयोजना भएको छ ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारको पनि सहभागिता छ । उद्योग मन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेको कार्यक्रममा योजना आयोगका उद्योग, वाणिज्य तथा आपूर्ति शाखाका कार्यक्रम निर्देशक महेश भटराईले पनि कृर्षिमा आधारित उद्योगसम्बन्धमा नेपाल सरकारको नीतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । खाद्य प्रविधिक र उद्योगहरुबीच सहकार्य हुने क्षेत्र पहिचान गर्न र समयअनुकुल पाठ्यक्रम परिमार्जन गर्न डायलग महत्वपुर्ण हुने क्याम्पसका पोषण तथा आहार विज्ञान प्रमुख एवं कार्य समिति सदस्य श्यामकुमार मिश्रले बताए ।
उनका अनुसार खाद्य प्रविधिक उत्पादन गर्ने संस्थाले उद्योगहरुको अवस्थाबारे थाह पाएपछि सोही अनुरुपको जनशक्ति उत्पादन गर्न पाठ्यक्रममा परिमार्जन गर्न सक्नेछन् भने उद्योगहरुले पनि स्वेदेशी जनशक्ति र तिनले गरेको अनुसन्धानबाट फाइदा लिन सक्नेछन् । ‘विद्यार्थीहरुले विभिन्न रिसर्चहरु गरिरहेका हुन्छन्, उद्योगले आफ्नो उत्पादनको लागि उनीहरुबाट फाइदा पाउनेछन्’–मिश्रले भने–‘हामीलाई पनि भावी शैक्षिक कार्यक्रम बनाउन र समयअनुकुल पाठ्यक्रम परिमार्जन गर्न मद्दत पुग्नेछ ।’
बर्षेनी दक्ष खाद्य प्राविधिकहरु नेपालमा उत्पादन भएपनि यहाँका खाद्य उद्योगहरुले भने जनशक्ति(खाद्य प्राविधिक) अभावको मार खेप्नुपरिहेको छ । ती उद्योगहरुमा विदेशी जनशिक्तको भरमा छन् भने स्वेदशी दक्ष जनशक्ति भने विदेशमा पुगेका छन् । डायलगले यो ब्रेन ड्रनको स्थितिलाई पनि रोक्न मद्दत पुग्ने मिश्रको भनाई छ । ‘नेपालको खाद्य उद्योगहरुको समस्या समाधान गर्न यहाँकै खाद्य प्राविधिकहरु सक्षम छन् भन्ने प्रमाण पनि यो कार्यक्रमबाट हुनेछ’–उनले भने–‘दुवैबीचमा राम्रो सहकार्य हुनसक्यो भने कृर्षिप्रधान देशलाई औद्योगिकरणतर्फ लैजान सकिन्छ ।’
कार्यक्रममा एकेडेमीकोतर्फबाट प्रा.डा.सुरेन्द्रबहादुर कटवालले खाद्य प्राविधिक शिक्षाको हिजो,आज र भविष्य बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने उद्योगीकातर्फबाट पनि जनशक्ति समन्वय, अध्ययन अनुसन्धानको पक्षबारे कार्यपत्र प्रस्तुत गरेका थिए । धरान डेरीका प्रोपाइटर कमलेश श्रेष्ठका अनुसार कृर्षिमा आधारित उद्योग र खाद्य प्रविधिकहरु एकअर्कामा निर्भर भएपनि नेपालमा भने ग्याप छ । त्यसैले स्वदेशमा अवसर हुदा हुदै पनि यहाँका जनशक्तिहरु ीवदेशिएका छन् । ‘उद्योगीहरुमा पनि नेपालको जनशिक्त दक्ष छैन भन्ने भ्रम छ, तर तिनै जनशक्तिले विदेशमा राम्रो काम गरिरहेकै छन्’–उनले थपे–‘यस्तो कार्यक्रमले दुवै पक्षबीचको असझदारी हटाउनेछ भन्ने लागेको छ ।’
योजना आयोगकोतर्फबाट कार्यपत्र प्रस्तोता भटराईका अनुसार त्रिपक्षीय छलफल भएकोले यहाँको निचोडले सरकारलाई भावी योजना एवं नीति बनाउन पनि मार्गर्दशन पुग्ने बताए । ‘सरकार, उद्योगी र एकेडेमी त्रिपक्षीय छलफल छ, यहाँको व्यावहारिक निष्कर्षलाई सरकारले आगामी योजनामा समावेश गर्नसक्छ’–उनले भने । आयोजककोतर्फबाट कार्यपत्र प्रस्तोता प्रा.डा.कटवालका अनुसार केन्द्रीय प्रविधि क्याम्पसबाट हालसम्म ६ सयको हाराहारीमा बिटेक र ५१ जना एमटेक जनशक्ति उत्पादन भइसकेका छन् । ‘हामीले उत्पादन गरेका जनशक्ति नै उद्योगहरुलाई चाहिने हो, त्यसैले एकअर्काको आवश्यकता बुझ्न र त्यसैअनुरुप परिमार्जन गर्नको लागि पनि यो आयोजना भएको हो’–उनले भने ।

Comments
Post a Comment