समाजमा सचेतना फैलाउदै पूर्वदुव्र्यसनी(रिकोभरी)

धरान । ‘म दुव्र्यसनी थिएँ, नशाले गर्दा मेरो जिन्दगी अस्तब्यस्त भइसकेको थियो । घरमा तीन छोराछोरी, श्रीमति र बुवा हुनुहुन्थ्यो, तर म उनीहरुको बारेमा केही पनि सोच्दिनथेँ । मलाई नशा मात्रै भए पुग्थ्यो’–एक युवाले आफ्नो कहानी बताउँदै थिए–‘मेरो समय, पैसा र स्वास्थ्य सबै बर्बाद भइरहेको थियो, तर मलाई वास्तै थिएन । विस्तारै म एक्लोपनले दिक्दारी पनि भइसकेको थिए ।’
    ती युवाले आफ्नो कहालीलाग्दो कहानी बताउदै गर्दा धरान १३, देवी मार्गको सामुदायिक भवनमा केहीबेर सन्नटा छायो । उनको कुरा सुन्दा स्थानीय ३८ बर्षीय रिता लामिछानेको आँखा टिलपिल गरिसकेको थियो । ‘साह्रै नराम्रो लाग्यो, हाम्रो छोराभाईहरु पनि गलत बाटोमा लागेर दुःख पाउला कि भन्ने पिरछ’–चिन्तित हुदै लामिछानेले भनिन् ।
    देवीमार्गका बासिन्दालाई आफ्नो विगत सुनाउने युवा ४३ बर्षीय पूर्वलागुऔषध प्रयोगकर्ता सुधिर श्रेष्ठ हुन् । जसले आफ्नो जिन्दर्गीको उर्जाशिल समय लागुऔषधको कुलतमा फसेर बर्बाद गरेका थिए । सुधार केन्द्रमा उपचारमा बसेपछि भने उनले १३ महिनादेखि लागुऔषधलाई पुर्णरुपमा त्यागेका छन् । उनकै भनाईमा त्यसअघि २२ बर्षसम्म उनी लागुऔषध प्रयोगकर्ता थिए । सुधार केन्द्रबाट निस्केपछि उनी त्यतिकै बस्न सकेनन् । अहिले उनीजस्तै धरानका पूर्वलागुऔषध प्रयोगकर्ता(रिकभरि)हरुसँग मिलेर समाजलाई सुधार्ने अभियान छन् । ‘म दुव्र्यसनको रोगी थिएछँ, पहिला थाह थिएन । अरुलाई पनि सुधार्न सकिन्छ भनेर साथीहरुसँग अभियानमा छुँ’–उनले नागरिकसँग भने ।
    पूर्वलागुऔषध दुव्र्यसनीहरु मिलेर गठन भएको रिकभरिङ्ग धरानले अहिले यहाँको लागुऔषधको जोखिममा परेको बस्ती एवं समुदायमा पुगेर सचेतना अभियान शुरु गरेको छ । एक महिने यो अभियानमा समुदायसँग पूर्वदुव्र्यसनीहरुले अन्र्तक्रिया गर्छन्, स्थानीयको समस्या बुझ्छन् र त्यसको समाधानको बाटो पनि देखाउछन् । दुव्र्यसन त्यागेका युवाहरुले आफ्नो कहालीलाग्दो विगत सुनाउदै समाधानको बाटो देखाउदा प्रभावकारी हुने उनीहरुको भनाई छ । ‘युवा पिढी दुव्र्यसनको शिकार नहोस्, भइहालेको खण्डमा समयमा नै उपचार पाओस र जीवन वर्बाद हुनबाट जोगियोस भनेर अभियान शुरु गरेका छौं’–रिकभरिङ्ग धरानका सदस्य राजदिप राईले भने ।
    अशिक्षित, सचेतना कम भएको वस्तीलाई छनौट गरेर त्यहाँ एक महिने अभियानअन्र्तगत सचेतना कार्यक्रम गर्ने सो संस्थाले जनाएको छ । यसैगरि, दुव्र्यसनमा फस्ने उमेरका विद्यार्थीलाई पनि सचेत गराउन कलेज, स्कुलमा पनि सचेतना कार्यक्रम गरिने राईले बताए । समुदाय र स्कुल, कलेजमा अन्र्तक्रिया, अनुभव बाँड्ने र समस्याको पहिचान भएपछि समाधान पनि गरिने उनले बताए । ‘दुव्र्यसन के हो, कोही दुव्र्यसनी भएमा के गर्ने, कस्तो व्यहावर गर्ने, कहाँ लैजानेलगायत विविध बिषयमा अन्र्तक्रिया गछौं’–उनले भने ।
समाजलाई दुव्र्यसनबाट मुक्त गर्ने उद्देश्यसँगै दुव्र्यसन त्यागेर घरपरिवारमा पूर्नस्थापित हुन चाहिरहेका युवाहरुप्रतिको नकरात्मक दृष्टिकोण परिवर्तन गर्ने पनि उद्देश्य रहेको रिकभरिङ्ग धरान अध्यक्ष सन्तोष राईले बताए । उनका अनुसार घरपरिवार र समाजले सकरात्मक वातावरण र व्यवहार नगरे सुध्रिएकाहरु पनि पुनः दुव्र्यसनमा फस्ने खतरा हुन्छ । अभियानले पूर्वदुव्र्यसनीहरुलाई सामाजिकीकरण गर्ने पनि उनले बताए । ‘आफैले भोगेको पीडा,दुःख र समस्या बताउदा जति प्रभावकारी हुन्छ, अरुले भन्दा हुदैन । उपचार गरेमा लागुऔषध त्यागेर सुध्रिन सकिन्छ भन्ने उदाहरण पनि अभिभावकहरुले देख्नसक्नुहुन्छ’–उनले भने–‘हामी पूर्वदुव्र्यसनीलाई हेर्ने नकरात्मक दृष्टिकोणलाई पनि परिवर्तन गर्न पनि चाहन्छौं ।’






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे