सानै पर्दामा रमाउने छुल्टिमको रहर

धरान । ठुलो पर्दामा देखिएपछि चलचित्रकर्मी एवं कलाकारहरु त्यही रमाउछन् । उनीहरुमा एकपछि अर्को फिल्म कसरी हात पार्ने भन्ने चिन्ता हुन्छ । हाल देशभर प्रर्दशनमा रहेको नोभेम्बर रेन चलचित्रकी नायिका छुल्टिम डोल्मा गुरुङ भने पुनः सानो पर्दामा फर्कने निर्णय गरेकी छिन् ।
    डेब्यु चलचित्र नोभेम्बर रेनको सफलताले उनी उत्साहित छिन् । नयाँ फिल्मको अफर पनि नआएको होइन । तर, उनको मन ठुलो पर्दामा अडिन सकेको छैन । रेडियो,टिभीमा कार्यक्रम प्रस्तोताको भुमिका नै उनको पहिलो रोजाई हो । त्यससँगै म्युजिक भिडियोमा पनि उनी रमाउनेछिन् । ‘डेब्यु चलचित्र नै मेरो अन्तिम फिल्म हो, म अब रेडियो,टिभीमा नै फर्कदैछु’–फिल्म प्रर्वद्धनको क्रममा सोमबार धरान आइपुगेकी छुल्टिमले भनिन्–‘मान्छेको आआफ्नो रोजाई र सोचाई हुन्छ, म मिडिया क्षेत्रलाई छोड्न चाहदिन ।’

    फिल्म सुटिङको लागि हप्तौंसम्म अल्झिनु पर्दा आफ्नो पहिलो रोजाईको क्षेत्र(रेडियो, टिभि)बाट टाढिनुपर्ने भएकोले पनि फिल्म क्षेत्रलाई छोड्न लागेको उनको भनाई छ । तथापी, ठुलो पर्दा होस वा सानो पर्दा दुवै आममानिससँग जोड्ने माध्यम भएकोले कुनै फरक नपर्ने उनको बुझाई छ । ‘सानो वा ठुलो पर्दा भन्ने होइन, मुख्य कुरा पब्लिकसँग जोडिने हो । मलाई सानो पर्दामा काम गर्न नै मनपर्छ’–उनले भनिन्–‘अहिलेको सन्दर्भमा अर्को फिल्म गर्न चाहदिन, नोभेम्बर रेनकै ह्याङओभर छदैछ ।’ विगतमा उनी गोर्खा एफएम र नेपाल वान टेलिभिजनमा कार्यक्रम प्रस्तोता थिइन् । साथै, उनले ४ दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।
    फिल्म क्षेत्र छोड्न लागेपनि डेब्यु चलचित्र नोभेम्बर रेनलाई दर्शकले औधी रुचाएको छुल्टिमको भनाई छ । आफुले चलचित्रको भुमिकामा न्याय गर्न सकेको उनको ठम्याई छ । ‘दर्शकहरुले मेरो अभिनयलाई मन पराईदिनुभएको छ, म आफैले पनि ३ पटक फिल्म हेरिसके, मेरो चरित्रलाई न्याय गर्न सकेको छु कि जस्तो महसुस भइरहेको छ’–उनले भनिन् ।
..........

          अब मुनाफा कमाउछ: निर्माता

साठी प्रतिशत छाँयाकन धरानमा भएको फिल्म नोभेम्बर रेनका निर्माता सुवास गिरीले फिल्मले लगानी उठाइसकेको बताएका छन् । गत शुक्रबार रिलिज भएको यो फिल्मले शनिबारसम्ममा सम्पुर्ण लगानी १ करोड ६५ लाख संकलन गरिसकेको निर्माता गिरीको दाबी छ । अब जति रकम संकलन हुन्छ, त्यो सबै आफ्नो खुद मुनाफा हुने उनले बताए । ‘फिल्म निर्माणदेखि हलसम्मको सम्पुर्ण खर्च १ करोड ६५ लाख हो, यो शनिबारसम्म लगानी उठिसकेको छ’–सोमबार धरानको गणेश टाँकिज हलमा उनले भने–‘अब जति उठ्छ, त्यो मेरो मुनाफा हुन्छ ।’
गत शुक्रबार रिलिज भएको यो फिल्म दोस्रो साता चलिरहेको छ । धरानको गणेश टाकिजमा भने सोमबार मात्रै रिलिज भएको थियो । राम्रो फिल्म बन्यो भने दर्शकले मन पराइदिन्छन् भन्ने उदाहरण नोभेम्बर रेन बनेको निर्माता गिरीको दाबी छ । यो फिल्ममा आर्यन सिंग्देल, नम्रता श्रेष्ठ र छुल्टिम डोल्मा गुरुङको मुख्य भुमिका छ । निर्माता गिरी र नायिका छुल्टिम प्रर्वद्धनको क्रममा सोमबार धरान आएका थिए । अर्की नायिका नम्रता श्रेष्ठ र निर्देशक दिनेश राउत भने पश्चिम क्षेत्रमा प्रर्वद्धनको क्रममा छन् । यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बनेको हो ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे