बीपीद्धारा दुर्गमका एक हाउस अफिसरको करार भंग, स्नातकोत्तरको प्रवेश परीक्षाबाट बञ्चित

धरान । स्वीकृति विना छात्रावासको कोठामा लगाएको ताल्चा फुटाएर बसेको आरोप लगाउदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाउस अफिसर(मेडिकल अफिसर) पदको करार भंग गरेपछि डा.मोहन नाथ भविष्य बिग्रने डरले चिन्तित छन् ।
स्नातकोत्तर(एमडि÷एमएस)को प्रवेश परीक्षाको मुखैमा डा.नाथको करार भंग गरिएपछि प्रतिष्ठानले पूर्वाग्रही भएर कारबाही गरेको भन्दै उनी न्याय पाउनुपर्ने माग गर्दै भौतारिएका छन् । आटिचौर ६, बाजुराका डा. नाथ(ब्याच ००७) दुर्गम जिल्लाको आरक्षण कोटामार्फत प्रतिष्ठानबाट एमबिबिएस उर्तीण गरेका हुन् । उनलाई साथ दिदै दुर्गमका विद्यार्थी एवं डाक्टरहरुले कारबाहीको निर्णय फिर्ता नलिने प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
एम्सको प्रवेश परीक्षा पत्र देखाउदै डाक्टर मोहन नाथ ।
एमबिबिएस उर्तीण भएकाले एक बर्ष काम गरेको अनुभव लिएपछि मात्रै स्नातकोत्तर(एमडि÷एमएस)को प्रवेश परीक्षामा सहभागी हुन पाउछन् । हाउस अफिसरकोरुपमा काम गरेकाले प्रवेश परीक्षामा थप १० नम्बर पाउने व्यवस्था छ । उनीसँगैका हाउस अफिसरहरु भारतको एम्स कलेजमा प्रवेश परीक्षा दिन बुधबार त्यसतर्फ गएका छन् । उनको करार भंग भएपछि भने उनी प्रवेश परीक्षामा सामेल हुन भारत जान सकेनन् । ‘एक बर्षको करारनामा थियो, छात्रावासको ताला फोडेर बसेको भनेर करार भंग भएको पत्र आयो’–तनावमा रहेका नाथले बुधबार पत्रकारहरुसँग भने–‘यही कारणले अरु साथीहरु एम्समा प्रवेश परीक्षा दिन गए, म भने जानै सकिन ।’ उनलाई प्रतिष्ठानले कारारनामाको बुदा नं १०.४ मा व्यवथा भएवमोजिम बैशाख १६ गतेदेखि लागु हुने गरि हाउस अफिसरको पदको करार भंग गरिएको पत्र थमाएको थियो ।
डाक्टर नाथ विगत ८ महिनादेखि प्रतिष्ठानको पेडियाट्रिक विभागमा हाउस अफिसरकोरुपमा कार्यरत थिए । डाक्टर नाथले भने आफुले जस्तरी नै अन्य हाउस अफिसरले पनि प्रतिष्ठानभित्र बसेपनि आफुलाई मात्रै अन्यायपुर्णतरिकाले करार भंग गरेको बताए । ताला फोडेको आरोप सत्य नभएको दाबी गरे । ‘म तीन महिनादेखि बस्न थालेको थिए, अरु ८ महिनादेखि नै त्यसरी बसेका छन् । पहिला नै यस्तो कदम किन चालिएन ?’–उनले भने । निर्णय फिर्ता गराउन २ पटक निवेदन दिएपनि सुनुवाई नभएको उनले बताए । अर्का चिकित्सक डाक्टर विकास गौचनले करार भंग गरिनुअघि चेतावनी दिने वा स्पष्टीकरण सोध्ने प्रक्रियासम्म पनि नअपनाई एकैचोटी भंग गरिनु अन्याय भएको बताए । सत्यतथ्य नबुझि भएको यो निर्णय तत्काल फिर्ता गराउन उनले प्रतिष्ठानसँग माग गरेका छन । अर्का चिकित्सक डाक्टर कुम्भराज जोशीले निर्णय सच्याउदै डाक्टर नाथको करार कायम नगरे प्रतिष्ठान पदाधिकारीको कक्षमा तालाबन्दीसम्मको कडा आन्दोलन गर्ने चेतावनी दिए ।
 प्रतिष्ठानका सहायक प्रवक्ता एवं डेपुटी डाइरेक्टर डा.पशुपति चौधरीले भने प्रतिष्ठानमा हाउस अफिसरलाई छात्रावास उपलब्ध नगराउने भनेर दुई बर्षअघि नै कार्यकारीरिणी समितिले निर्णय गरेको र करारनामा गराउदा पनि आवास आफै व्यवस्था गर्नुपर्ने बँुदा उल्लेख गरिएको बतए । त्यसविपरीत डाक्टर नाथले ताला फोडेर छात्रावासमा बसेको भनेर होस्टल प्रशासनबाटै कुरा आएपछि उनलाई नियमअनुसार करार भंग गरिएको बताए । ‘उनलाई सच्चिने मौका पनि दिएको हो, तर गल्ती स्वीकार नगरी प्रतिष्ठानभन्दा पनि माथिल्लो निकायमा गएकोले व्यवस्थापनले अनुशासनहीन प्रवृत्तिविरुद्ध कडा कदम चालेको हो’–उनले भने–‘उनलाई होस्टल प्रशासनबाटै कारबाहीको सिफारिश भएको थियो, अरुले गलत गर्यो भन्दैमा आफु पनि त्यसै गर्नु हुदैन, अरुको बारेमा पनि छानबिन हुन्छ ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे