विदेशमा बस्नेलाई धरानेको कोसेली: सुकुटी
धरान । करिब चार बर्षदेखि कोरियामा रहेकी दिदीलाई कोसेली के पठाउने भनेर सोच्दा धरान ११ की माया लिम्बूलाई झट्ट सम्झना आयो, ‘दिदीलाई सुकुटी औधी मनपर्छ !’ तत्काल उनी बजार गइन्, र २ केजी सुकुटी पनि किनिहालिन् ।
‘दिदीको साथी जादैछ, उहाँलाई मनपर्ने भएकोले सुकुटी पार्सल पठाइदिन लागेको हो’–धरान ६, कुसुम बजार(छाप्रीलाइन)मा सुकुटी पसलमा भेटिएकी उनले भनिन् । मैया मात्रै होइन, विदेशमा रहेका आफन्तजनलाई यता(घर)बाट कोसेली(पार्सल)को रुपमा सुकुटी पठाउने चलन बढ्दो छ । स्थानीयस्तरमा उत्पादन हुने सुकुटीको माग यहाँको बजारमा त छदैछ, सात समुन्द्र पारी विदेशमा पनि अत्यधिक छ । विभिन्न कारणले विदेशिएका आफन्तजनहरुलाई परिवारले कोसेलीकोरुपमा सुकुटी पठाउने चलनले यसको कारोबार पनि बढ्दो छ ।
दिन ढल्दै गएपछि हरेक साँझ धरानका होटल, रेष्टुरेष्टहरुमा तोम्बाको चुस्कीसँगै सुकुटीको स्वाद लिने पारखीहरुको भीड लाग्छ । तर, सुकुटी व्यापारीहरु भने स्थानीय होटल, रेष्टुरेष्टमा भन्दा बढी विदेशमा पार्सल पठाउनेहरुले किनेर लैजाने गरेको बताउछन् । धरानको कुसुम बजार(छाप्रीलाइन) एक मात्र सुकुटी पाउने ठाउँ हो । यहाँ तीन पुस्ताअघिदेखि सुकुटीको व्यापार गर्ने आधा दर्जन व्यापारीहरु छन् । ‘विराटनगर, इटहरी, भेडेटारको होटल,रेष्टुरेष्टहरुले पनि लैजान्छन्, तर धेरैचाहिँ विदेशमा पठाउनेहरुले नै किन्छन्’–व्यापारी गीता तामाङले भनिन्–‘यहाँबाट पार्सलकोरुपमा पठाउछन्, कसैले कुरियर गर्छ, धेरैजसोले आफन्तको हातबाट पठाउछन् ।’
व्यापारी तामाङका तीन पुस्ताले सुकुटी व्यापारमा बिताएका छन् । उनका अनुसार एक पसलबाट दैनिकरुपमा कम्तीमा ३० केजी सुकुटी बिक्री हुन्छ । सुख्खा सुकुटीको प्रतिकेजी १३ सय रुपैयामा कारोबार भइरहेको छ भने चिसो सुकुटीको प्रतिकिलो १२ सय रुपैया पर्छ । सुकुटीको यो नयाँ मुल्य भर्खर बैशाख १ गतेबाट कायम भएको हो । त्यसअघि, प्रतिकेजी एघार सयमा कारोबार हुन्थ्यो । धरानका अधिकांश होटल, रेष्टुरेष्ट व्यावसायीहरुले आफ्नो होटलमा खपत हुने सुकुटी आफै बनाउने गर्नाले पनि सुकुटीको कारोबार विदेश निर्यातमा भर पर्ने गरेको व्यापारीहरु बताउछन् ।
धरानेहरुले विदेशमा रहेका आफन्तजनलाई कोसेलीकोरुपमा अत्यधिकरुपमा सुकुटी, छुर्पी र अकबरे खुर्सानी पठाउने गर्छन् । यी मध्ये छुर्पी र अकबरे यहाँको उत्पादन होइन, ब्राण्ड मात्रै धराने हो । पहाडी जिल्लाबाट आउने अकबरे र छुर्पी धरानमा प्याक भएर बिक्री हुन्छ । तर, सुकुटी भने खाटी धराने उत्पादन हो । यहाँका व्यापारीहरुले रागा, भैसीको राम्रो मासुबाट सुकुटी बनाउने गर्छन् । ‘सुकुटी पाउने ठाउँ यही मात्र हो, तर अचेल मासु पाउनै गाह्रो भएकोले सुकुटी बनाउन पनि धेरै दुःख छ’–सुकुटी बनाउदै गरेकी फुलकान्छी तामाङले भनिन् ।
व्यापारीहरुका अनुसार रागा र भैसीको मासु किनेर ल्याएपछि त्यसबाट नशा, बोसोलगायत अनावश्यक वस्तु छिलेर झिकिन्छ । त्यसपछि आगोमा ४८ घण्टा(पुरै २ दिन) सुकाएपनि मात्रै सुकुटी बन्छ । चार केजी राम्रो मासुको एक केजी सुकुटी बन्ने व्यापारीहरु बताउछन् । ‘मासुको आ आफ्नै ठेक्का हुन्छ, हामी प्रतिकिलो ३ सय रुपैयामा मासु ल्याउछौं, ४ केजीको एक किलो सुकुटी बन्छ’–व्यापारी गीताले भनिन् ।

Comments
Post a Comment