आवरणका निर्देशक र नायिका धरानमा

धरान । जेठ २ गतेदेखि प्रर्दशनमा आउन लागेको नेपाली फिल्म आवरणका नायिका र निर्देशक देश दौडाहामा छन् । फिल्मको प्रचार गर्न हिडेका निर्देशक सुवास कोइराला र नायिका प्रियंका कार्की बुधबार धरानमा आएका थिए ।
चलचित्र आवरण सस्पेन्स, थ्रिलर र हररको मिश्रण भएकोले दर्शकहरुले रुचाउने दुवैले दाबी गरेका छन् । विगतका हरर नेपाली फिल्म भन्दा यो प्राविधिक हिसाबले उत्कृष्ट भएको उनीहरुको भनाई छ । ‘आवरण एकदमै थ्रिलर र हरर फिल्म हो, नेपालमा उच्चकोटीको हरर फिल्म बन्यो भने त्यसको पनि मार्केट छ भन्ने देखाउन पनि यस्तो फिल्म बनाएका हौं’–निर्देशक कोइरालाले भने–‘यसअघिको हरर फिल्म हेरेर दर्शक हासेका थिए रे, तर यो फिल्म हेर्दा दर्शक साँच्चै नै डराउनेछन् ।’ हरर र थ्रिलरसँगै फिल्ममा सस्पेन्सले पनि दर्शकलाई रुचि बढाउने उनको दाबी छ ।
    फिल्म सुटिङको क्रममा प्राविधिक हिसाबले धेरै मेहनत गरिएको निर्देशक कोइरालाले बताए । उनका अनुसार एक जना कलाकारको मेकअपमा नै तीन चार घण्टा समय खर्चिनुपरेको थियो । ‘हरर थ्रिलर फिल्म रुचाउने दर्शकहरुलाई फुल इन्टरनेन्मेन्ट दिनेछ’–कोइरालाले दाबी गरे । उनले यसअघि अपवाद फिल्मको निर्देशक गरेका थिए भने उनको निर्देशन रहेको पुण्टे परेडको सम्पादन भइरहेको छ ।
    आवरणमा प्रियंका कार्की, दिव्य देव, सुशिलराज पाण्डे, राजन इशान, सिमोनजंग मल्ल, रश्मि भट्ट, अनुभव रेग्मीलगायत कलाकारहरुको अभिनय रहेको छ । ती मध्ये पनि चलचित्रमा नायिका प्रियंकाको भुमिका मुख्य छ । ‘मेरो भुमिका एकदमै भिन्न छ, कसैको हत्याको अनुसन्धानलाई समाधान गर्न मैले मद्दत गरिरहेको हुन्छु’–नायिका कार्कीले भने–‘मैले के देखिरहेको हुन्छु भन्ने मलाई नै थाह हुन्न, साइको टाइपको भुमिका छ, जुन एकदमै चुनौतीपुर्ण थियो ।’ कथा सामान्य भएपनि प्रस्तुती, प्राविधिक एवं ग्राफिक्स पक्ष मजबुत भएको उनले बताइन् ।
    फिल्म आवरणमा नायिका प्रियंका कार्कीले अभिनय मात्रै गरेकी छैनन्, उनले एउटा गीतमा स्वर पनि दिएकी छिन् । छोपिएको सत्य..बोलको टाइटल गीतमा उनले स्वर दिएकी छिन् । शैलेन्द्र सिंह र शैलेश श्रेष्ठको संगीत रहेको यो गीतमा यम बुद्धले फिचरिङ गरेका छन् ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे