अलस्टर च्याम्पियन(फोटोफिचर)

धरान । पाँचौ मनमोहन अधिकारी स्मृति कप फुटबल प्रतियोगितामा धरान १५ स्थित अलस्टर क्लब च्याम्पियन बनेको छ । धरान ८ स्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सोही वडाको बाँझगरा फुटबल क्लबलाई २–१ गोलअन्तरले हराउदै अलस्टर च्याम्पियन बनेको हो । खेलमा रोशन भुजेल र सुमन राईले गोल गर्दै अलस्टरलाई जित दिलाए । रोशनले पहिलो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने शुभम कार्कीको पासमा दोस्रो हाफको अन्तिम मिनेटमा सुमनले विजयी गोल गरेका थिए ।
एक गोलले पछि परेकोस्थितिमा दोस्रो हाफमा बाँझगराका निराजन खड्काले बराबरी गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । ए डिभिजन क्लबका खेलाडी खड्काको कर्नर प्रहार अलस्टरका गोलकिपर कृष्ण कार्कीले रोक्ने प्रयास गर्दा आत्मघाती गोल भएको थियो । बाँझगराबाट खड्कासँगै ए डिभिजन क्लबका प्रकाश बुढाथोकी, गोलकिपर विनय श्रेष्ठ र सागर घिमिरे मैदानमा उत्रिए पनि उपाधि जित्न भने सकेन । च्याम्पियन अलस्टारले नगद २५ हजार र च्याम्पियन ट्रफी हात पार्यो भने उपविजेता बाँझगराले नगद १५ हजारमै चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ दि म्याच अलस्टारका मिलन राई घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी स्काई क्लबका शुभम श्रेष्ठ घोषित हुदै साढे ४ तोला चादीको वल पुरस्कार पाए । यसैगरि, उत्कृष्ट स्ट्राइकर अलस्टारका शुभम कार्की, उत्कृष्ट गोलकिपर अलस्टरका कृष्ण कार्की, उत्कृष्ट मिडफिल्डर बाँझगराका निराजन खड्का, उत्कृष्ट डिफेन्डर बाँझगराका सुवास केसी घोषित भए । प्रतियोगितामा ६ गोल गरेका भोटेपुल क्लबका शम्भु तामाङले हाइ स्कोररको पुरस्कार थापे ।
विजेता टिम तथा खेलाडीहरुलाई युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवं पूर्वाञ्चल इञ्चार्ज पर्शुराम बस्नेत, केन्द्रीय सदस्य एवं सुनसरी इञ्चार्ज ज्ञानदिप लिम्बू, केन्द्रीय लेखा आयोग सदस्य हेम लिम्बू, एमाले नेता मुरारी सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए । सुर्यमुखी युवा क्लबको आयोजनामा बैशाख १३ गतेदेखि शुरु भएको प्रतियोगितामा धनकुटाको एक क्लबसहित २४ वटा क्लबहरुले सहभागीता जनाएको थियो ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे