नमुना विद्यालय बन्दै माउण्ट हार्मोन

धरान । यहाँस्थित माउण्ट हार्मोन एकेडेमीले नेपाल पत्रकार महासंघ सुनसरीलाई नगद ६ हजार एक रुपैया आर्थिक सहयोग गरेको छ ।
धरान १८ स्थित एकेडेमीले आफ्नो विद्यार्थीहरुले प्रकाशन गर्दै आइरहेको किड्स टाइम्स त्रैमासिक बुलेटिनको तेस्रो बार्षिकोत्सवको अवसर शुक्रबार सहयोग गरेको हो । एकेडेमीका प्रिन्सिपल अनुप योञ्जनले महासंघका अध्यक्ष केशव घिमिरेलाई नगद प्रदान गरे । प्रिन्सिपल योञ्जनका अनुसार बालबालिकाको क्षेत्रमा कलम चलाउने २ पत्रकारलाई महासंघमार्फत पुरस्कृत गर्ने उद्देश्यले सहयोग गरेका बताए । तर, महासंघका अध्यक्ष घिमिरेले भने सो रकमले किड्स टाइम्स प्रकाशन गरिरहेका विद्यालयका विद्यार्थीहरुकै क्षमता अभिवृद्धि गर्न लगानी गर्ने बताए ।
सो विद्यालयका विद्यार्थीहरुको हार्मोनी किड्स क्लबले विगत तीन बर्षदेखि त्रैमासिक बुलेटिनकोरुपमा पत्रिका प्रकाशन गरिरहेको छ । विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले क्लब गठन र पत्रिका प्रकाशन गरिरहेको प्रिन्सिपल योञ्जनले बताए । ‘विद्यार्थीहरुको लेख, सृर्जनाहरु अभिलेखकोरुपमा रहोस भनेर पत्रिका प्रकाशनलाई निरन्तरता दिएका छौं, लेखनशैली परिष्कृत हुदैछ, विस्तारै सम्पुर्ण जिम्मेवारी विद्यार्थीहरुलाई नै दिने सोचमा छौं’–उनले भने । पत्रिका प्रकाशनको लागि विद्यार्थीहरुको एउटा टिम बनाएको र हाल शिक्षकहरुले सहयोग गरिरहेको उनले खुलाए ।
बार्षिकोत्सव समारोहमा पत्रकार महासंघका अध्यक्ष घिमिरेले पत्रिका प्रकाशनमा विद्यार्थीहरुको क्षमताले पत्रकारहरुलाई थप उर्जा मिलेको बताए । घोकन्ते शिक्षालाई छोडेर विद्यालयहरुले अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिए विद्यार्थीहरुको क्षमता, प्रतिभा प्रष्फुटन हुने अवसर पाउने उनले बताए । समारोहमा अग्रज पत्रकार हर्ष सुब्बा र गोपाल देवानले पत्रिकाको समीक्षम गर्दै विद्यार्थीहरुलाई पत्रकारिता एवं पत्रिका प्रकाशनको सुझाव दिएका थिए । विद्यार्थी स्वास्तिका घिसिङले भित्ते पत्रिकालाई ०६८ सालदेखि पत्रिकाको रुपमा प्रकाशन थालेको र यसमा शिक्षक, पत्रकार महासंघको सहयोग रहेको बताइन् ।
विद्यालयका निर्देशक नविन राईका अनुसार विद्यार्थीहरुलाई पढाईमा मात्रै सिमिति नराखी विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउदै आएको छ । हार्मोनी किड्स क्लबअन्र्तगत न्युज पेपर टिमले पत्रिका प्रकाशन गरिरहेको छ भने बुक क्लबले साहित्यको नयाँ नयाँ किताब पढ्ने र छलफल गराउने गर्छ । यस्तै, ग्रिन टिमले वातावरण र सरसफाईसम्बन्धि कामहरु गरिरहेको छ भने साइन्स एण्ड टेक्नोलोजी ग्रुपले विज्ञान तथा प्रविधिबारे प्रर्दशनी रअन्य कामहरु गरिरहेको उनले खुलाए । साथै, बर्षेनी वाल दिवसको अवसरमा विद्यार्थीहरुले आफ्नो क्षेत्रको सरकारी विद्यालयलाई सहयोग पनि गर्दै आइरहेको विद्यालयले जनाएको छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे