तेस्रो लिङ्गीको प्रतिभालाई सबैको ताली

धरान । केही बर्षअघिसम्म दिउँसो घरबाट बाहिर निस्कदा विराटनगरकी विलासा चौधरीलाई निक्कै आपत आइपथ्र्यो । सडकमा उनलाई अनौठो मानेर हेर्थे । कतिले अपाच्य शब्दले दुव्र्यवहार गर्थे । सोमबार दिउँसो उनै चौधरी धरान १० स्थित सैनिक भवनमा र्याम्पमा उत्रदा भने उनले ताली पाइन् । क्याटवक गर्दा उनले अपाच्य शब्द होइन, सम्मानको वचन पाइन् ।
    लैगिक तथा यौनिक अल्पसंख्यक समुदायको हकअधिकारको लागि कार्यरत निलहिरा समाज सुनसरीले सोमबार धरानमा ट्यालेण्ट तथा फेशन शो कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा विलासा जस्ता पूर्वका दर्जन तेस्रो लिंगीहरु मोडलकोरुपमा विभिन्न सिक्वेन्समा क्याटवक गरेका थिए । आफ्ना अभिभावक, आफन्त र समाजका भद्रभलाद्मीहरुबाट उनीहरुले विगतमा जस्तो गाली होइन, ताली र हौसला पाए । ‘समाज पहिलाभन्दा विस्तारै हामीप्रति सकारात्मक हुदै गइरहेको छ, यस्तो कार्यक्रमले हामीलाई पनि समाजको सामु खुलेर हिड्ने हिम्मत दिन्छ’–फेशन शो पनि विलासाले भनिन् ।
    उनले जस्तै धरानकी दिपिका राईले पनि सडकमा हिड्दा निक्कै सास्ती भोग्नुपथ्र्यो । उनले पनि कार्यक्रममा आकर्षक नृत्य प्रस्तुत गरेर आफ्नो प्रतिभा देखाइन् । ‘पहिला त तेस्रो लिंगी भन्न पनि सकिदैनथ्यो, अवसर पाउदा हामी पनि आफ्नो प्रतिभा देखाउन सक्छौं’–उनले पनि भनिन् । कार्यक्रममा सुहानी राजधामी, कुमारी परियार, वचन राई, विलासा चौधरी, विपाशा राई, लिजा सुब्बा, गुञ्जन लामा, अनुसा लामा,रेजल विक, शवनम राई, सिम्रन चौधरी र निशा राई मोडलकोरुपमा क्याटवक गरेका थिए । उनीहरुले सारी, समर र गाउन सिक्वेन्समा क्याटवक गरे । यस्तै, दिपिका राई, सल्मा वेगम, खुशी राई र अवन्तिका घर्ती मगरले नृत्य प्रस्तुत गरेका थिए ।
    लैंगिक तथा यौनिक अल्पसंख्यकमाथि हुने भेदभाव र दुव्र्यवहारलाई अन्त्य गरौं भन्ने नाराका साथ आयोजित कार्यक्रम सेभ द चिल्ड्रेन ग्लोबल फष्डको सहयोगमा भएको थियो । तेस्रो लिंगीलाई लाञ्छना नलगाउ, भेदभाव नगरौं भनेर भाषण गर्नुभन्दा उनीहरुको नै प्रतिभा देखाउदा प्रभावकारी हुने लैंगिक तथा यौनिक अल्पसंख्यक महासंघका केन्द्रीय उपाध्यक्ष सञ्जय शर्माको भनाई छ । ‘भाषण गरेर आग्रह गर्दा कसैले सुन्दैनन्, बरु उनीहरुले के गर्न सक्छन् भनेर देखाउदा नै नराम्रो धारणा परिवर्तन हुनसक्छ’–उनले भने । निलहिरा समाज सुनसरीका कार्यक्रम संयोजक विनोद वाग्लेका अनुसार सुनसरीमा साढे १० हजारको हाराहारीमा तेस्रो लिंगीहरु रहेको अनुमान गरिएपनि हालसम्म साढे ३ हजारको संख्यामा मात्रै सम्पर्कमा छन् । ‘अझै पनि घरपरिवार र समाजदेखि डराएर खुल्न सकेको छैनन्, उनीहरुलाई पनि सहज वातावरण बनाउने उद्देश्यले कार्यक्रम गरेका हौं’–वाग्लेले भने ।
    सन् १९९० सम्म तेस्रो लिंगीहरुलाई मानसिक रोगीको सुचीमा राखिएको थियो । तर, विभिन्न अध्ययनअनुसन्धानबाट तेस्रो लिंगी प्राकृतिक हो भन्ने पुष्टि भएपछि मात्रै संयुक्त राष्ट्रसंघले १९९० मे १७ मा मानसिक रोगीको सुचिबाट तेस्रो लिंगीलाई हटाएको थियो । यसै दिनको सन्र्दभ पारेर पनि ट्यालेण्ट र फेशन शो आयोजना गरिएको वाग्लेले बताए ।




















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे