क्रिटिकल मास राइड: गर्वले साइकल चढौं
धरान । भानुचौकस्थित घण्टाघरको ठिक दक्षिणपटिको सडकमा अरुबेला रिक्सा र भाडाका टेक्सीहरु पार्क गरिएको हुन्थ्यो । हिजोआज त्यहाँ ट्राफिक प्रहरीले पार्किङ निषेश गरेको छ ।
त्यही ठाउँमा शुक्रबार बेलुकी करिब ५ बनेपछि भने साइकलको लाम लाग्यो । साना बच्चादेखि युवा, युवतीहरु साइकलमा लामवद्ध उभिएपछि केहीबेर रमिता बन्यो । सडकमा गुड्दै गरेका साइकलाई रोक्दै उनीहरुलाई पनि आफुसँगै सामेल गराए । यस्तो दृष्यले पैदल यात्रु, ट्राफिक प्रहरीदेखि मोटरसाइकल, रिक्सा चालकहरु पनि अचम्मित हुदै अडिए । ‘गर्वले साइकल चढौं’ भन्ने सन्देश दिदै शुक्रबारदेखि धराने साइक्लिष्ट युवाहरुले क्रिटिकल मास राइड नामको अभियान शुरुवात गरेका हुन् । भानुचौकबाट शुरु भएको साइकल र्याली नगरको विभिन्न चोकहरु परिक्रमा गर्दै पुनः त्यही ठाउँमा टुंगिएको थियो । राइडमा धरानका ३० भन्दा बढी साइकलप्रेमी बालबालिका तथा युवाहरु सहभागी थिए ।
विश्वभर अंग्रेजी महिनाको अन्तिम शुक्रबार साँझमा ‘क्रिटिकल मास राइड’ हुने गरेको छ । अगष्टको अन्तिम शुक्रबार पारेर त्यही अभियानलाई धरानका साइकलप्रेमीहरुले शुरुवात गरेका हुन् । अब प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार धरानमा क्रिटिकल मास राइड आयोजना गरिने राइडर्स एण्ड एमटिबि जोनका फरेन्द्र लिम्बूले बताए । ‘यो अभियान प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना गछौं, धरानलाई साइकल सिटि, स्पोर्टस टुरिज्म, वातावरणीय संरक्षणमा सचेतना गराउने उद्देश्य हो’–उनले भने । उनका अनुसार सबैभन्दा पहिला सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा २० जना साइक्लिष्टहरुले क्रिटिकल मास साइक्लिङको नाममा यो अभियान शुरुवात गरेका थिए । पछि, सन् २००३ मा विश्वका ३ सय शहरमा यो अभियान विस्तार भएको थियो । नेपालमा यसअघि यो अभियान काठमाण्डौंमा मात्रै थियो ।
शुक्रबार राइडमा धरानमा साइकल अभियानको सक्रिय संस्थाहरु धरान बाइकिङ क्लब(इष्र्टन ट्रेल), राइडर्स एण्ड एमटिबि जोन क्लब र भर्खरै खुलेको ग्रिनह्विल्स बाइक शोरुमले सहभागीता जनाएको थियो । त्यसबाहेक साइक्लिष्ट युवाहरुको आग्रहमा सडकमा साइकल चलाइरहेकाहरुले पनि उत्साहजनकरुपमा सहभागीता जनाएका थिए । ‘माउण्टेन बाइक चढ्ने मात्रै होइन, जस्तो खालको साइकल चलाउनेहरु पनि साइक्लिष्ट हुन्, वातावरण संरक्षक हुन्’–ग्रिनह्विल्सका व्यावस्थापक कृष्ण केसीले भने–‘त्यसैले यो अभियानमा सामान्य साइकल चढ्नेहरुलाई पनि समेट्छौं । जस्तो सुकै साइकल होस्, हिनताबोध नगरी गर्वले चढौं भन्ने सन्देश फैलाउन चाहन्छौं ।’ यो अभियानले सामान्य साइकल चढ्ने र माउण्टेन बाइक चढ्नेबीचको दुरीलाई पनि घटाउने उनले अपेक्षा व्यक्त गरे ।

Comments
Post a Comment