उद्योग वाणिज्य संघले तीन दिनसम्म स्वर्ण महोत्सव मनाउने
धरान । स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा सुनसरी उद्योग वाणिज्य संघले भदौ ११ देखि १३ गतेसम्म विविध कार्यक्रम गरि स्वर्ण महोत्सव मनाउने भएको छ ।
महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न संघका निवर्तमान अध्यक्ष मोहनकाजी शाक्यको संयोजकत्वमा ३ सय १ सदस्यीय मुल समारोह समिति तथा सल्लाहकार समिति गठन गरिएको संघले जनाएको छ । ‘संघ स्थापनाको ५० बर्षपुग्नु आफैमा गर्विलो इतिहास हो, त्यसैले यो अवधिमा हामीले के काम गर्यौं र कस्तो उपलब्धीहरु हासिल गर्यौं भनेर समुदायसम्म पुर्याउनेछौं’–संयोजक शाक्यले भने । यसको लागि स्वर्ण स्मारिका प्रकाशन गरिने उनले बताए । संघको स्थापना २०२० साल भदौ १३ गते व्यापार प्रबन्ध समितिको नाममा भएको थियो । पछि ०५२ सालमा नाम फेरेर उद्योग वाणिज्य संघ सुनसरी बनाइएको थियो भने गत बर्ष पुनः विधान संसोधन गरेर नामको अघि सुनसरी थपेर सुनसरी उद्योग वाणिज्य संघ बनाइएको थियो ।
पहिलो दिन भदौ ११ गते सुनसरी जिल्लामा पर्यटन विकासका सम्भावना तथा चुनौतीहरु ीबषयक क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता आयोजना हुने प्रचारप्रसार समितिका संयोजक उपेन्द्र चाम्लिङले जानकारी दिए । प्रतियोगिताको विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पाउनेछन् । ‘भदौ ११ र १२ गते एक गाउँ एक उत्पादन सामग्रीको प्रर्दशनी संघको सभाहलमा हुन्छ, यसले गाउँको उत्पादनहरुको बजारीकरण गर्न र व्यवसायीहरुबीच सम्बन्ध बढाउन भुमिका खेल्छ’–मंगलबार पत्रकार सम्मेलन गर्र्दै प्रचार संयोजक चाम्लिङले भने ।
सरकारले एक जिल्ला एक उत्पादन भनेर घोषणा गरेको विभिन्न २२ जिल्लामा उत्पादन भएका कृर्षिजन्य सामग्रीहरुलाई हरसम्भव प्रर्दशनीमा राख्न प्रयत्न भइरहेको स्वर्ण महोत्सव मुल समरोहका संयोजक शाक्यको भनाई थियो । ‘सामग्री ल्याउन नसकिएको जिल्लाबाट त्यहाँ उत्पादन हुने सामग्रीको फोटो मात्रै भएपनि प्रर्दशनीमा राख्छौं’–उनले भने । यस्तै, भदौ ११ र १२ गते राष्टियस्तरका कलाकारहरुको चित्रकला प्रर्दशनी हुनेछ भने भदौ १२ गते फिस्टुला स्वास्थ्य परीक्षण र इ लाइब्रेरी संचालनको शुभराम्भ पनि गरिनेछ । त्यसै दिन दिउँसो नेपाल पर्यटन बोर्डको सहयोगमा पर्यटन गोष्ठी पनि आयोजना हुनेछ ।
भदौ १३ गते संघको वेभसाइड र श्रम बजारको उद्घाटन, धरानलाई प्लाष्टिक झोलामुक्त नगरको घोषणा र सिसि टिभि क्यामेरा उद्घाटन गरिने कार्यक्रम रहेकोछ । योग्यता र सीप भएर पनि बेरोजगार बस्न बाध्य युवाहरुलाई रोजगार दिलाउन रोजगारदातासँग पुलको काम गर्न श्रमबजार सञ्चालनमा ल्याउन लागिएको संयोजक शाक्यले बताए । ‘बेरोजगार युवाको सबै विवरण हामी राख्छौं र कही अवसर भएको खबर आइहाल्यो भने योग्यता, सीम अनुसार ती जनशक्तिलाई पुर्याउछौं’–उनले भने । यस्तै, धरानको छाता चोकदेखि भानुचौकसम्मका महत्वपुर्ण चोक र स्थानमा १० वटा सिसि टिभी क्यामेरा जडान गरिने पनि संघले जनाएको छ । कुल २० लाख खर्च हुने अनुमान गरिएको स्वर्ण महोत्सवमा १० लाख जति खर्च सिसि टिभि जडानमै हुने संघले जनाएको छ । ‘आर्थिक गतिविधि बढी हुने १० स्थानमा सिसिटिभी राख्दैछौं, यसले २ सय मिटर परसम्मको गतिविधि कैद गर्छ’–शाक्यले भने ।
व्यावसायीलाई संघमा दर्ता गर्ने सुविधा
व्यावसायीहरुलाई सुविधा दिन सुनसरी उद्योग वाणिज्य संघले धरानमा व्यावसायी प्रमाणपत्र वितरणको काम शुरु गर्ने भएको छ । स्थापनाको स्वर्ण महोत्सव मनाउने तयारीमा रहेको संघले यही भदौ १३ गतेदेखि यो काम शुरु गर्ने जानकारी दिएको हो ।
हालसम्म व्यावसायी दर्ता र प्रमाणपत्र नगरपालिकामा मात्रै हुदै आइरहेको छ । व्यावसायीहरुलाई धेरै झञ्झट र समय खर्च गर्न नपरोस् भनेर एकद्धार प्रणालीबाट सेवा सुविधा दिलाउन व्यावसायी दर्ताको सेवा पनि शुरु गर्न लागेको स्वर्ण महोत्सव मुल समारोहका संयोजक मोहनकाजी शाक्यले बताए । ‘अहिलेसम्म व्यावसायी प्रमाणपत्र वितरण नगरपालिकाले मात्र गर्दै आइरहेको थियो, भदौ १३ गतेदेखि त्यो काम हामीबाट पनि हुन्छ’–शाक्यले भने–‘व्यावसायीहरुको धेरै समय खेर नजाओस् र झञ्झट पनि व्यहोर्न नपरोस् भनेर सेवा शुरु गर्न लागेको हांै ।’ भदौ १३ गते संघको ५० औं स्थापना दिवस हो ।
उनका अनुसार व्यावसायी आफै नगरपालिकामा गएर पनि दर्ता प्रमाणपत्र लिन सक्नेछन् भने संघको धरान १ स्थित कार्यालयमा आएर पनि त्यो सुविधा लिन सक्नेछन् । व्यावसायी दर्ता प्रमाणपत्रको शुल्क संघले आफै राख्न पाउनेछैन । ‘हामीले व्यावसायीहरुको सुविधाको लागि मात्रै यो काम गर्न लागेका हौं, शुल्क जे जति हो सबै नगरपालिकामै जान्छ’–सुनसरी उवासंघका अध्यक्ष सरोज श्रेष्ठले भने । संघले यसअघि नै व्यावसायीहरुलाई अस्थायी पान नम्बर(इ पान) वितरणको सुविधा पनि दिदै आइरहेको थियो । ‘कसैले व्यावसाय शुरु गर्न चाहन्छ भने संघमा दर्ता हुन आउछन्, त्यसैबेला धेरै सरकारी कार्यालय चार्हन नपरोस् भनेर यी सेवा,सुविधा यही नै उपलब्ध गराएका हौं’–अध्यक्ष श्रेष्ठले भने । पान नम्बर, व्यावसाय प्रमाणपत्र नलिएको भएपनि कतिपय व्यावसायीहरु संघमा आवद्ध भएका हुन्छन् ।
नगरपालिकाका करअधिकृत खगेन्द्रप्रसाद खतिवडाले पनि दर्ता प्रमाणपत्र वितरणको काम संघबाट हुदा व्यावसायीहरुलाई राहत पुग्ने बताउछन् । ‘नगरपालिकामा त्यो मात्रै काम हुदैन, अरु विभिन्न काम हुदा समय लाग्छ, पर्खनुपर्ने हुन्छ’–उनले भने–‘संघमै त्यो सुविधा हुदा छिटो काम हुन्छ, नगरपालिकामा आइरहनै परेन ।’
.................
तीन दिन उपभोक्तालाई बिषेश छुट
सुनसरी उद्योग वाणिज्य संघको तीन दिन स्वर्ण महोत्सव मनाउने क्रममा धरान र इटहरीका विभिन्न व्यावसायीहरुले ग्राहक एवं उपभोक्ताहरुमा बिशेष छुट दिने भएका छन् । इटहरीस्थित गोर्खा डिपार्टमेन्ट स्टोरले आफ्ना सदस्य ग्राहकहरुलाई मात्रै २ प्रतिशत छुट दिदै आएकोमा तीन दिनसम्म सबै ग्राहकहरुलाई ३ प्रतिशत छुट दिने भएको छ भने धरानस्थित बराह इष्ड्रष्टिज प्रालिले कपडाको सामग्री खरीद गर्दा १५ प्रतिशत छुट दिने घोषणा गरेको महोत्सव मुल समारोहका संयोजक शाक्यले जानकारी दिए । ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको लाइफ केयर औषधि पसलले सबै विरामीको औषधि खरीदमा तीन दिन ५ प्रतिशत छुट दिने भएको छ’–संयोजक शाक्यले भने–‘अरु धेरै होटल, रेष्टुरेष्ट, खाद्यान्न र जुत्ताचप्पल पसलहरुले पनि छुट दिने भएका छन्, हामी सबैको नाम संकलन गरिरहेका छौं ।’

Comments
Post a Comment