बराहले वाईफाई र सिसिटिभी भएको डिलक्स बस चलाउने
धरान । स्थापनाको १९ औं बार्षिकोत्सवको अवसरमा बराह इष्डष्ट्रिज प्रालिले धरान काठमाण्डौं रुटमा बस सेवा पनि सञ्चालन गर्ने भएको छ ।
हाल सुनचादी, खाद्यान्न तथा कपडालगायतको व्यापार गरिरहेको प्रालिले इन्द्र बराह डिलक्स बस सेवा सञ्चालन गर्ने घोषणा गरेको हो । बुधबार १९ औं बार्षिकोत्सव मनाउदै प्रालिले ४ वटा डिलक्स बसबाट सेवा शुचारु गर्ने जनएको छ । धरानको तीनकुनेस्थित विश्वकर्मा मन्दिरमा पूजा गरेरबुधबार दुई वटा डिलक्स बसमा प्रालिले अतिथि एवं सदस्यहरुलाई यात्रासमेत गराएको थियो ।
प्रालिका धरानस्थित शाखा प्रबन्धक मानबहादुर बिकका अनुसार केही दिनमा थप दुई वटा डिलक्स बस थपिनेछ । ती सबै बसहरु यात्रुको सेवा सुविधालाई बिषेश ध्यान दिइएको प्रबन्धक बिकले बताए । ‘सबै बसमा वाईफाई सुविधा हुनेछ, यात्रुको सुरक्षाको लागि सिसिटिभी क्यामेरा हुन्छ र एलइडि टिभिको सुविधा पनि हुन्छ’–उनले भने । बुधबार उद्घाटन गरिएपनि रुटको केही प्रक्रिया बाँकी रहेको प्रालिले जनाएको छ । यसैगरि, बुधबार नै प्रालिले तीनकुनेस्थित महाकाल शनिदेव मन्दिर नजिकैको परिसरमा स्थापना गरेको इन्द्रेश्वर महादेवको मुर्तिको अनावरण पनि गरिएको थियो ।
प्रालिका संस्थापक अध्यक्ष स्वर्गीय इन्द्रबहादुर लामिछानेको स्मृतिमा उक्त मुर्ति स्थापना गरिएको प्रालिले जनाएको छ । मुर्तिको पूर्वाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारीले रिबन काटेर उद्घाटन एवं बालसन्त मोहनशरण देवाचार्यले अनावरण गरेका थिए । धरानबाट १९ बर्षअघि शुरु भएको बराहको व्यापारलाई देश र विदेशमासमेत विस्तार गर्न महत्पुर्ण योगदान पुर्याएकोले सम्मानस्वरुप संस्थापक अध्यक्षको नाममा मुर्ति स्थापना गरिएको धरान शाखा प्रबन्धक बिकले बताए ।
यस्तै, धरान १५ स्थित सदन सभा हलमा भव्यरुपमा १९ औं बार्षिकोत्सव समारोह आयोजना भएको थियो । सो समारोहमा बर्षभरिमा धेरै सुनचादी खरीद गर्ने तीन जना ग्राहकहरुलाई सुनको मेडल प्रदान गरिएको थियो । सुनको मेडल पाउने तीन जनामा धरान १६ की शोभा नेपाल, निर्मला ढकाल र धरान १७ की पवित्रा बस्नेत रहेका छन् । यस्तै, सोही समारोहमा नेपाल पत्रकार महासंघ सुनसरीलाई एउटा सभाहल बनाउन प्रालिले १० लाख रुपैयाको चेक प्रदान गरेको थियो । प्रालिका कार्यबाहक अध्यक्ष शिव लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं क्षेत्रीय प्रशासक शंकरप्रसाद लामिछाने रहेका थिए ।

Comments
Post a Comment