बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अख्तियारको ‘क्लिन चिट’
धरान,भदौ ५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवेश परीक्षा नतिजाबारे छानबीन शुरु गरेपछि रोकिएको एमबिबिएस र बिडिएसको भर्ना प्रक्रिया सुचारु हुने भएको छ ।
उजुरी परेपछि छानबीन शुरु गरेको आयोगले मंगलबार प्रतिष्ठानलाई पत्र पठाउदै भर्ना प्रक्रिया शुरु गर्न भनेपछि नयाँ शैक्षिक सत्रको लागि अवरुद्ध भएको भर्ना प्रक्रिया शुरु हुने भएको हो । अख्तियारले मंगलबार प्रतिष्ठानलाई पत्र पठाउदै योग्यता क्रम(मेरिट)को सुचिको आधारमा भर्ना प्रक्रिया शुरु गर्न फुकुवा गरेको थियो । त्यसअघि, गत साउन ३२ गते अख्तियारले प्रतिष्ठानबाट प्रवेश परीक्षा र नतिजाको कागजात नियन्त्रणमा लिदै भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो । भर्ना प्रक्रिया स्थगित गरेको चार दिन पछि नै अख्तियारले मेरिट सुचिको आधारमा भर्ना प्रक्रिया सुरु गर्न पत्र पठाएको जियो । अख्तियारको फुकुवा पछि बिहिबारदेखि भर्ना प्रक्रिया शुरु गरिने प्रतिष्ठानले जनाएको छ ।
‘आयोगबाट नै मंगलबार योग्यता क्रम(मेरिट) सुचिको आधारमा भर्ना प्रक्रिया शुरु गर्नु भन्ने पत्र आयो, त्यसैले बिहिबारदेखि भर्ना शुरु गछौं’–प्रतिष्ठानका उपकुलपति डा.बलभद्रप्रसाद दासले भने । अख्तियारबाट भर्ना प्रक्रिया शुरु गर्नु भन्ने व्यवहोराको पत्र आएपछि प्रतिष्ठानको पदाधिकारी र प्रवेश परीक्षा समितिको संयुक्त वैठक बसेको थियो । सो वैठकले बिहिबारदेखि नै भर्ना प्रक्रिया सुचारु गर्ने निर्णय गरेको थियो । सो वैठक पछि परीषा समितिले जारी गरेको विज्ञप्तीमा पहिलो नतिजा प्राविधिक त्रुटी भएकोले सोलाई सच्याएर पुनः मेरिट लिष्टको आधारमा नतिजा प्रकाशन गरिदा प्रतिष्ठानको गरिमा आँच पुग्ने गरि समाचार सम्प्रेषण गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख छ ।
एमबिबिएस र बिडिएस तहको एक सय २० जनाको कोटाको लागि प्रतिष्ठानले अगष्ट ३ मा प्रवेश परीक्षा लिएको थियो । प्रवेश परीक्षा लिएको तीन दिनपछि अगष्ट ६ मा पहिलो पटक परीक्षा समितिले नतिजा प्रकाशित गरेको थियो । नतिजाबारे असन्तुष्टी र निवेदश परेपछि परीक्षा समितिले जाँच गरेर पुनः नजिता सच्याएको भन्दै अगष्ट १३ तारिखमा दोस्रो पटक नजिता प्रकाशन गरेपछि विवाद निम्तिएको थियो । शिक्षाध्यक्ष अध्यक्ष रहेको परीक्षा समितिले नियतबश नभई कम्प्यालिङ को क्रममा प्रविधिक त्रुटीले पहिलो नतिजामा त्रुटी भएकोले सच्याएर दोस्रो पटक नतिजा प्रकाशन गर्नुपरेको दाबी गरेको थियो ।
त्यसैबिषयमा अख्तियारमा उजुरी परेपछि गत शुक्रबार अख्तियारले प्रवेश परीक्षा र नतिजाको सम्पुर्ण कागजात नियन्त्रणमा लिएको थियो भने उपकुलपति र प्रवेश परीक्षा समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष, परीक्षा डिन, सहायक डिनलगायतसँग वयान लिएको थियो । अनुसन्धानको क्रममा पहिलो नतिजा प्रकाशनमा प्राविधिक त्रुटी भएको भन्ने निष्कर्षमा अख्तियार पुगेकोले दोस्रो पटक संशोधन गरेर प्रकाशन भएको नतिजालाई नै मान्यता दिएको प्रतिष्ठानका प्रवक्ताको कार्यालयका सुचना अधिकृत एवं कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले जानकारी दिए । ‘पहिलो पटकको नतिजा प्रकाशन प्राविधिक त्रुटी भएकोले दोस्रो पटक सच्याएर मेटिर लिष्टको आधारम प्रकाशन गर्नुपरेको थियो, त्यसलाई आयोगले सदर गरेको हुनाले नै भर्ना प्रक्रिया सुचारु गर्नु भन्ने पत्र आएको हो’–उनले भने ।

Comments
Post a Comment