बीपी प्रतिष्ठानमा डाक्टर र विरामीबीच किन सधै तनाव !?
धरान । विरामीका लागि डाक्टर भगवान सरह मानिन्छ । चिकित्सा पेशा र विरामीबीचको सम्बन्ध विश्वासको जगमा अडेको हुन्छ । तर, पछिल्लो केही बर्षलाई हेर्ने हो भने डाक्टर र विरामीको सम्बन्धमा तिक्त्तता छाएको छ । अविश्वास यति बढेको छ कि डाक्टरहरु तनावमा रहेर काम गर्छन् भने विरामी तथा तिनका आफन्तहरु भवितव्य घटना भइहालेमा लापरवाही भएको भन्दै डाक्टरमाथि खनिन्छन् । कतिपयले स्वास्थ्य संस्थामा तोडफोड पनि गर्छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो चार महिनामा तीन वटा घटनाले उग्ररुप लियो । गत वैशाख अन्तिम साता पिसाब नलीमा पत्थरी भएकी धरान ११ की ३० बर्षीय मनमाया तामाङको शल्यक्रिया पछि उपचारको क्रममा मृत्यु भयो । उपचारमा लापरवाही भएको भन्दै स्थानीयले आन्दोलन गर्दै प्रतिष्ठानमा धर्ना बसेपछि छानबीन समिति गठन भयो । यस्तै, जेठ २३ गते पित्तथैलीमा पत्थरी भएकी ताप्लेजुङकी ६० बर्षीय धनमाया लिम्बूको पनि शल्यक्रिया पछि उपचारको क्रममा मृत्यु भयो । यो घटनामा लापरवाही भएको भन्दै आफन्तजनले शव बुझ्न नमानेपछि छानबीन समिति बन्यो । यस्तै, साउन दोस्रो साता वेड अभावमा भर्ना नपाएर बीपीको प्रसुती वार्ड बाहिरै मृत बच्चा जन्मिएको घटनाले त चिकित्सक एवं स्वास्थ्य संस्थालाई ठुलो विवादमा तान्यो । ‘डाक्टरहरुमा मानवीय संवेदना पनि नभएको’ भन्दै चिकित्सा पेशामाथि टिप्पणीहरु भए ।
बीपी प्रतिष्ठानमा जे जति घटनाले विवाद अथवा उग्ररुप लियो छ, ती सबैमा चिकित्सकले लापरवाही गरेको, राम्रो उपचार नपाएको भन्ने विरामीका आफन्तजनहरुको आरोप छ । दक्षिण एसियाकै नमुना मानिएको स्वास्थ्य संस्था र दक्ष चिकित्सक उत्पदान हुने बीपी प्रतिष्ठानप्रति सर्वसाधारणहरुमा किन यत्रो अविश्वास ? स्वास्थ्य जस्तो संवेदनशील पेशाप्रति किन सर्वसाधारणहरुको किन आक्रोश ? यसको जवाफमा जनस्तरबाट करिब तीन बर्षअघि गठन भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिकी संयोजक सविता राई भन्छिन्–‘यसको कारण ठुलो होइन, विरामीहरुले मनोवैज्ञानिक परामर्श र उपचार नपाएर मात्रै हो । डाक्टरले विरामी र उसको आफन्तलाई रोगको बारेमा राम्रोसँग सम्झाउन र चित्त बुझाउन नसक्दा घटनाले उग्ररुप लिएको हो ।’
बीपीमा उपचार गर्न आउने विरामी र तिनका आफन्तजनहरु पनि यस्तै गुनासो पोख्ने गर्छन् । ‘डाक्टर, नर्सहरुले राम्रोसँग हेरेनन्, केही सोध्यो भने झर्किन्छन् भन्ने धेरै गुनासो छ’–सरोकार समितिकी संयोजक राईले थपिन्–‘डाक्टर, नर्सहरुलाई विरामीसँग कसरी डिल गर्ने, कस्तो व्यहावर गर्ने भनेर पनि सिकाउन आवश्यक छ ।’ प्रतिष्ठानमा विरामीको रोग र अवस्था बारेमा जानकारी दिने छुट्टै परामर्श डेस्क राख्न सके यस्तो घटनामा कमी आउने उनको सुझाव छ । ‘उपचारमा संलग्न डाक्टरसँग सिधै बुझ्न नपरोस्, विरामी र रोगको बारेमा जे जति बुझ्न चाहेको हो, त्यही डेस्कले सम्पुर्ण जानकारी दिनसकोस्’–उनले भनिन्–‘भारतको कतिपय अस्पतालमा यस्तो सेवा दिएको रहेछ, यसले चिकित्सक र सर्वसाधारणबीच तनाव पनि कम गराउन सक्छ ।’
प्रतिष्ठानस्थित जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष एवं डाक्टर विकास गौचनको भनाई पनि मिल्दो छ । प्रतिष्ठानमा दैनिक आउने विरामीको चापले गर्दा डाक्टरहरुले विरामीलाई चित्त बुझ्दो गरि सम्झाउन, बुझाउन नसकेको उनी स्वीकार गर्छन् । ‘विरामीको चाप यस्तो हुन्छ कि हामीसँग एक जना विरामीलाई राम्रोसँग बुझाउने समय नै हुदैन । ब्यस्तता, विरामीको चापले गर्दा हामी नै तनावमा रहेर काम गर्नुपर्छ’–डा.गौचन भन्छन्–‘यसले डाक्टर र विरामीबीच ठुलो ग्याप छ । तलमाथि भइहाल्यो भने विरामीका परिवार, आफन्तजनहरु विरामीको अवस्था, रोगको जटिलताबारे नबुझीकनै हामीमाथि जथाभावी आरोप लगाउछन् ।’
अञ्चल अस्पताल, जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा उपचार गर्दा निको हुने विरामीहरु पनि रिफर भएर आउने गरेकोले बीपीमा घुँइचो हुन्छ । कतिपय विरामीहरु आफै रिफर गरिमाग्छन् भने कतिपयलाई त्यहाँका डाक्टरहरुले रिस्क लिन नचाहेर पठाइदिने गरेका छन् । ‘केही भइहाल्यो भने हुलदंगा हुन्छ भनेर पूर्वका सबै जिल्लाबाट विरामीहरु बीपीमा रिफर भएर आउछन्’–डाक्टर गौचन भन्छन्–‘यो क्रमलाई रोक्न जरुरी छ, जिल्ला अस्पताल, अञ्चाल अस्पताल र प्राथमिक स्वास्थ्य चौकीमा के के उपचार हुनसक्छ ? र ती उपचार गर्दा के जटिलता, समस्या आउन सक्छ भनेर वडापत्र नै राख्नुपर्छ । त्यसबारेमा विरामीलाई पनि पहिल्यै बुझाउन जरुरी छ ।’ साथै, कुनै घटना भइहालेमा विरामीको अवस्था र जटिलताबारेको वास्ताविकता तत्कालै प्रष्टयाउन वा बुझाउन सकेका तनावपुर्ण घटनामा कमी हुने उनको भनाई छ । उनले थपे–‘पहिलो कुरा त अस्पताललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्छ, सर्वसाधारणले पनि हुलदंगा गर्दा अरु विरामीको उपचारमा असर पुग्छ भनेर संवेदनशील भइदिनुपर्छ ।’
प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर बिक्रम श्रेष्ठ पनि विरामीसँग चिकित्सकले समय समयमा कुरा गरेर बुझाउन सक्यो भने आधा समस्या त्यसै समाधान हुने बताउछन् । तर, उपचारमा आउने विरामीहरुको अव्यावहारिक अपेक्षाले गर्दा समस्या निम्तिने उनको भनाई छ । ‘विरामीको अवस्था जटिल हुन्छ, बाँच्न नसक्ने हुनसक्छ वा उपचार गर्ने क्रममा थप विभिन्न जटिलताहरु आउनसक्छ’–शिक्षाध्यक्ष श्रेष्ठ भन्छन्–‘तर, विरामीका आफन्तहरु डाक्टरले छोएपछि निको हुनैपर्छ भन्ने अपेक्षा अव्यावहारिक हो, त्यसैले केही भइहाल्यो भने विवाद निम्त्याउछ ।’ समय नभएर विरामी र आफन्तजनलाई रोगको बारेमा बुझाउन नसकेको भन्ने भनाईमा असहमत हुदै उनले कुरुवा र भेट्न आउनेहरु दैनिकजसो फेरिने गरेकोले समस्या हुने उनको भनाई छ । ‘डाक्टरले राम्रोसँग बुझाएको हुन्छ, तर आज दुई तीन जनालाई बुझायो, भोली अर्कै व्यक्ति बुझ्न आउछन्, पर्सी फेरि अर्को आउछन् । कतिजनालाई बुझाई राख्ने ? यो समस्या छ’–उनले भने–‘लापरवाही भएको लागेमा सर्वसाधारणहरु कुन निकायमा जाने ? भन्ने अन्यौलताले गर्दा पनि अस्पताल र डाक्टरप्रति आक्रोश पोख्छन् ।’ विदेशमा जस्तो रोगको उपचार शुरु गर्नुअघि नै आउनसक्ने समस्या र जटिलताहरुबारे बुझाउने पद्दती नेपालमा पनि शुरु गरे डाक्टर र विरामीबीच तनाव कम हुनसक्ने उनले अपेक्षा गरे । साथै, धराने जनता मुखले बीपी प्रतिष्ठानलाई राम्रो भन्ने गरेपनि मन र व्यवहारले भने आफ्नोपन नदेखाउदा पनि समस्या भएको उनको भनाई छ ।
अस्पताल प्रशासनका अनुसार पूर्वाञ्चलभरिबाट बीपीमा थेगिनसक्नु गरि विरामीहरु रेफर भएर आउछन् । ओपिडीमा दैनिकरुपमा दुई हजारदेखि २५ सयको विरामीहरु जचाउन आउछन् भने आकस्मिक कक्षमा डेढ सयको हाराहारीमा विरामीहरु आउछन् । दैनिकजसो एक सय बढी विरामीहरु वेड भर्ना हुन्छ । हाल बीपीमा ७ सय शैया छ । प्रतिष्ठानमा फ्याकल्टिज, सिनियर रेसिडेन्ट, हाउस अफिसर, जुनियर रेसिडेन्ट, नर्सिङका गरी करिब ७ सय सय बढी हाराहारीमा स्वास्थ्यकर्मीहरु छन् । ओपिडीमा प्रत्येक विभागमा बढीमा ७ जना चिकित्सक विरामी जाँच्न खटिएका हुन्छन् र विरामी चाप अनुसार एक जनाले कम्तीमा पनि ३० जना विरामी दैनिक जाँच्नु पर्छ । ‘गाइनो, मेडिसिन, इर्मेजेन्सी, ल्याउ, रेडियोलोजीजस्ता विभागमा अत्यधिक विरामीको चाप छ’–अस्पताल निर्देशक डा.अरबिन्द सिन्हा भन्छन्–‘विरामीको चापअनुसार जनशक्ति र भौतिक संरचनाको अभाव छ, त्यसैले हामी सबै विरामीलाई वेड भर्ना गर्न सक्दैनौं र नर्सिङ होम, निजी क्लिनिकमा जस्तो लामो समय दिएर विरामीसँग कुरा गर्न पनि पाउदैनौं ।’ विरामी चापले गर्दा एक जना विरामीसँग डाक्टरले बढीमा १० देखि १५ मिनेट जति मात्रै समय दिनसक्ने बाध्यात्मक परिस्थिति रहेको उनले बताए ।
बीपी रेफरल सेन्टर भएकोले सानातिना रोग तथा स्वास्थ्य समस्याहरु अञ्चल अस्पताल, जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रमै उपचार गर्ने र जटिल समस्या भएका विरामीमात्रै बीपीमा रेफर भएमा अहिलेको समस्या धेरै हदसम्म समाधान हुने अस्पताल निर्देशक सिन्हाको भनाई छ । ‘ती स्वास्थ्य संस्था(अञ्चल, जिल्ला र स्वास्थ्य केन्द्र)हरुको स्तरोन्नति गराउन राज्यले गम्भीर बन्नुपर्छ, त्यसो भयो भने धेरै जसो विरामी र रोगको उपचार स्थानीयतहमा नै हुन्छ । बीपीमा जटिल खालको मात्रै विरामीहरु आउछन् र चाप पनि कम हुन्छ’–उनले भने ।
............................
सम्बन्ध सुधार्ने प्रयास
बीपी प्रतिष्ठान र धराने जनताबीच सम्बन्ध सुधारको प्रयास एक दशकअघिदेखि नै भएको हो तर, अहिलेसम्म पनि जनस्तरमा सम्बन्ध सुमधुर बन्न सकेको छैन । बीपी प्रतिष्ठान स्थापनाको चारब बर्षपछि नै तत्कालीन उपकुलपति डा.सुन्दरमणी दिक्षितले फ्रेण्डस् अफ बीपीकेआइएचएस गठन गरेका थिए । उपकुलपति संयोजक रहने यो संयन्त्रमा धरानका विभिन्न संघसंस्थाका प्रतिनिधि एवं लब्धप्रतिष्ठितहरु सदस्य रहन्छन् । तर, यसले प्रभावकारी काम गर्न सकेन र निक्कै बर्ष निष्क्रिय रह्यो । अहिले पुनः यो संन्त्रयलाई सक्रिय बनाइएको छ । ‘बीपी र जनस्तरमा राम्रो सम्बन्ध बनाउछ र खाडल पुर्छ भन्ने आशा छ, जनताको सुझाव पनि पाउन सकिन्छ भन्ने अपेक्षा लागेर फेरि फ्रेन्ड्स अफ बिपिकेआइएचएसलाई सक्रिय बनाएका हौं’–शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठले भने ।
जनस्तरबाट पनि बीपी प्रतिष्ठानप्रति चासो नदिएको भने होइन । करिब तीन बर्षअघि जनस्तरबाट सरोकार समिति बन्यो र प्रतिष्ठानको आन्तरिक समस्या समाधान गर्न महत्वपुर्ण भूमिका पनि खेल्यो । तर, अहिले भने समिति निष्क्रिय झै बनेको छ । समितिकी संयोजक सविता राई बीपीलाई जनतासँग जोड्न खोजिए पनि प्रतिष्ठानबाट सकारात्मक सहयोग नपाएको गुनासो पोख्छिन् । उनले भनिन्–‘हामीले समितिको सचिव बीपीबाट कोही बस्नुपर्छ भनेर नाम माग्यौं, बीपीबाट रेस्पोन्स नै भएन । हाम्रो समस्या आफै मिलाउछौं भनेर विश्वास गनै गरेनन् ।’ तर, अस्पताल निर्देशक डा.सिन्हा भने अब नागरिक समाज, विभिन्न संघसंस्था एवं जनस्तरमा पनि सहकार्य गरेर अघि बढ्ने बताए ।
प्रतिष्ठानकै चिकित्सक एवं मृगौला रोग विशेषज्ञ डा. सञ्जिव शर्मा बीपी प्रतिष्ठान र धराने जनताबीच सम्बन्धको सेतुमा एक उदाहरण नै बनेका थिए । उनले जनस्तरमा टोल टोलमा पुगेर मृगौला रोग हुन नदिनबाट सर्बसाधारणलाई जोगाउन केएचडिसि कार्यक्रम चलाएका थिए । धरानसँगै पूर्वका विभिन्न जिल्लामा यो कार्यक्रममार्फत बीपीको छवि सुधार्न महत्वपुर्ण भुमिका खेलेका उनी करिब तीन बर्षअघि अध्ययन गर्न भरतपुर गएपछि प्रभावकारीरुपमा यो कार्यक्रम सञ्चालन हुन सकेको छैन । अहिले पुनः शिक्षाध्यक्ष डा. श्रेष्ठको पहलमा सुनसरी उद्योग वाणिज्य संघसँग सहकार्य गरेर प्रत्येक शनिबार स्वास्थ्य सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम गरिरहेका छन् । प्रत्येक शनिबार बिशेषज्ञ चिकित्सकले कुनै एउटा रोग र बच्ने उपाय, उपचार पद्दतीबारेमा सर्वसाधारणहरुलाई विस्तृत जानकारी दिन्छन् । सर्वसाधरणहरुले पनि खुलेर अन्र्तक्रियामा भाग लिन्छन् । यो कार्यक्रम दशौं हप्तामा पुगेको छ । ‘जनता सचेत भएमा रोग लाग्दैन, र बीपीमा पनि चाप कम हुन्छ’–शिक्षाध्यक्ष डा.श्रेष्ठले भने–‘यो कार्यक्रमले बीपी प्रतिष्ठानप्रतिको धारणा जनस्तरमा परिवर्तन गराउन पनि मद्दत पुग्छ भन्ने आशा लिएका छौं ।’
(०७० साउन २८ गतेको नागरिक दैनिकमा प्रकाशित समाचार)

Comments
Post a Comment