प्रवेश परीक्षामा अनियमितताको आशंकामा अख्तियारद्धारा बीपीमा छापा

आयोगको केन्द्रीय कार्यालयबाट निर्देशन आएपछि शुक्रबार जिल्लास्थित अख्तियार प्रमुख रहेका सुनसरीका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले प्रतिष्ठानमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको छ । अख्तियारबाट शुक्रबार नै निर्देशन आएकोले प्रवेश परीक्षासम्बन्धि सम्पुर्ण कागजातहरु नियन्त्रणमा लिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले जानकारी दिए । अख्तियारको टोलीले प्रवेश परीषाको प्रश्नपत्र, उत्तरपुस्तिका र परीषा शाखाको कम्प्युटरको सिपियुसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिएका सबै सामग्रीहरुलाई निर्देशन वमोजिम आयोगको केन्द्रीय कार्यालयमा पठाइने प्रजिअ थापाले बताए । ‘एमबिबिएस र बिडिएसको प्रवेश परीषाको प्रश्नपत्र, उत्तरपुस्तिका र सिपियु सबै नियन्त्रणमा लिएका छौं, माथिको आदेश वमोजिम नै पठाइदिन्छौं’–प्रजिअ थापाले भने । कागजात नियन्त्रणमा लिन प्रजिअ थापासँगै पूर्वक्षेत्रीय प्रहरी प्रमुख ए

बीपीले नयाँ शैक्षिक सत्रको लागि अगष्ट ३ तारिखमा एमबिबिएस र बिडिएस तहको प्रवेश परीषा लिएको थियो । कुल एक सय २० जनाको कोटामा लिइएको प्रवेश परीषाको नजिता तीन दिनपछि अगष्ट ६ मा प्रकाशित गरेको थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष अध्यक्ष रहेको परीषा समितिले पुनः नजिता सच्याएको भन्दै अगष्ट १३ तारिखमा दोस्रो पटक नजिता प्रकाशन गरेपछि विवाद निम्तिएको थियो । दोस्रो पटक नजिता प्रकाशन गर्दा पहिलो पटकमा पुर्ण सहुलियत(छात्रवृत्ति)मा परेका अनुदिप कँडेल कटौतीमा परेका थिए । पुर्णसहुलियतको १८ जनाको कोटामा उनी १८ औं नम्बरमा थिए । तर, दोस्रो पटकको नतिजा प्रकाशनमा भने अर्का परीषार्थी सविनकुमार घिमिरे १६ औं नम्बरमा थपिएपछि उनी १९ औं नम्बरमा परेर पुर्ण सहुलियत कोटाबाट बञ्चित भएका थिए । यस्तै, २७ जनाको कोटा रहेको आंशिक सहुलियतमा पनि हेरफेर भएपछि परीषार्थीहरुमा तीब्र असन्तुष्टी छाएको थियो । साथै, निवेदनको आधारमा नियमविपरीत पुर्नयोग गरिएको भन्दै कतिपय परीक्षार्थीहरु असन्तुष्ट थिए ।

परीक्षा समितिका अध्यक्षसमेत रहेका शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठले भने आर्थिक अनियमितता नभएको दाबी गर्दै कम्प्युटरमा नतिजाको नम्बर कम्प्याल गर्नेक्रममा त्रुटी भएकोले सच्याउनु पर्दा दोस्रो पटक नतिजा प्रकाशन गर्नुपरेको बताए । पहिलो पटक भएको गल्ती सच्याउन दोसो पटक नतिजा प्रकाशन गर्दा विवाद भएपनि अन्याय भएको विद्यार्थीलाई न्याय दिलाएको उनको दाबी थियो । ‘धेरै कुरा उठेपछि केही पो भयो कि भन्ने परीक्षा समितिलाई लाग्यो र हेर्दा साच्चै नै त्रुटी फेला पार्यौं, त्यही त्रुटी सच्याउदा विवाद भयो’–शिक्षाध्यक्ष डा.श्रेष्ठले भने–‘हामीले इमान्दारसाथ काम गरेका हौं, सच्याउदा पहिला कोटामा परेका विद्यार्थीलाई मार पर्यो, उनीसँग हामी क्षमाप्रार्थी छौं, तर नसच्याउदा झन् ठुलो अन्याय हुनेथियो ।’ परीक्षा शाखाका डिन डा.ध्रुव उप्रेतीले पनि परीक्षार्थीको नम्बर पुनः जाँच गर्दा ७ वटा परीक्षा केन्द्रमध्ये धरानको एक केन्द्रको एउटा समुहको नतिजामा कम्प्यालिङ हुदा प्राविधिक त्रुटीले गर्दा गडबड भएको भेटिएको थियो । तर, परीक्षा समितिले आर्थिक प्रलोभनमा परेर नतिजा फेरबदल गरेको आरोप झुटो भएको दाबी गर्दै उनले पारदर्शि रहेको बताए ।
Comments
Post a Comment