पूर्वको ठुलो माउण्टेन बाइक शोरुम ग्रिनह्विल्सको उद्घाटन

शोरुमको उद्घाटन गर्दै नेता बस्नेतले युवाहरु आयमुलक एवं व्यावसायिक काममा संलग्न हुनु स्वागतयोग्य काम भएको बताउनुभयो । साइकल शोरुमले पूर्वको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाई थियो । धरानलाई साइकल सिटि बनाउने अभियानका चार युवाहरु हेम लिम्बू, कृष्ण केसी, डा.समीर चौधरी र शिक्षक दिपक राईले यो शोरुम सञ्चालनमा ल्याएका हुन् । यो शोरुम विश्वप्रसिद्ध साइकल कम्मेन्सल र चेन ब्राण्डको माउण्टेन बाइक उत्पादक कम्पनीको पूर्वाञ्चल क्षेत्रको एक मात्र आधारिक डिलर हो । ललितपुरको झम्सीखेलस्थित इपिक माउण्टेन बाइक प्रालिको पूर्वाञ्चल क्षेत्रीय डिलरकोरुपमा यो शोरुम रहने सिइओ हेम लिम्बूले बताउनुभयो ।


हुकमेनलाई काली हेल्मेट
नियमिति साइक्लिङ गर्ने धरानका युवा हुकमेन राईले क्रम कन्टी काली हेल्मेट पुरस्कार जितेका छन् । इपिक माउण्टेन बाइक र काली प्रोटेक्टिभले फेसबुकमार्फत काली हेल्मेटको प्रर्वद्धन गर्ने प्रतियोगितामा सहभागी हुकमेन गोलाप्रथाद्धारा विजेता बनेका हुन् ।
विजेता हुकमेनले १ सय ८९ डलर बराबारको काली मरक्का क्रसकन्टी हेल्मेट जितेका छन् । उनलाई शनिबार ग्रिनह्विल्स धरानको उद्घाटन समारोहमा इपिक माउण्टेन बाइकका प्रज्वल श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए । सोही अवसरमा श्रेष्ठले ग्रिनह्विल्सका संस्थापकहरुलाई इपिकको आधिकारिक डिलरको प्रमाणपत्र पनि प्रदान गरेका थिए ।
Comments
Post a Comment