‘धरानबासीको खेलभावनालाई राज्यले सम्बोधन गर्नुपर्छ’

‘धरानबासीहरुको खेलकुदप्रति जुन लगाव र रुचि छ, त्यस भावनालाई राज्यले उच्च प्राथमिकता दिनुपर्छ तर, अहिलेसम्म त्यसो हुन सकेको छैन’–एकमहिने जुनियर ब्याडमिन्टन प्रशिक्षण शिविरको समापन समारोहमा श्रेष्ठले भने–‘राज्यले खेलकुदको क्षेत्रमा धरानलाई सम्बोधन गर्न जरुरी छ । अहिले खेलकुदमा ५० करोड रुपैया छुटिएको छ, त्यसबाट धरानको लागि पनि आवश्यक बजेट विनियोजन गर्न म सरकार र राखेपसँग आग्रह गर्दछु ।’ पूर्वाधार विकास हुन सक्यो भने मात्रै खेलकुदको समग्र विकास हुनसक्ने भन्दै उनले जनताले संरक्षण, स्याहार सम्भार हुनसक्ने ठाउँमा मात्रै संरचना निर्माण हुनुपर्ने धारणा राखे ।
सरकारले सुनसरीमा बनाउने भनेको क्षेत्रीयस्तरको रंगशालामा स्थान विवाद हुँदा संरचना बन्न नसक्नुलाई उनले दुर्भाग्यपुर्ण भएको बताए । ‘ठाउँ विवादले क्षेत्रीय रंगशाला बन्न नसक्नु ज्यादै दुःखद र दुर्भाग्यपुर्ण हो, जहाँ उचित संरक्षण र स्याहार हुनसक्छ, त्यही बनाउनुपथ्र्यो’–पूर्व राखेप सदस्य सचिव श्रेष्ठले वीरगञ्जको उदाहारण दिदै भने–‘वीरगञ्जमा पनि क्षेत्रीयस्तरको रंगशाला छ, तर संरक्षण छैन । त्यस्तो ठाउँमा बनाएर हुदैन ।’ नेपाल ओलम्पिक कमिटिले राष्टिय झण्डा अन्र्तराष्टियस्तरमा पुर्याउने प्रयास गरिरहेको भन्दै उनले खेलाडी तथा प्रशिक्षकहरुलाई आधुनिक प्रविधियुक्त बनाउन लागिपरेको बताए ।
........................
जुनियर ब्याडमिन्टन प्रशिक्षण शिविर सम्पन्न
क्षमतावान जुनियर ब्याडमिन्टन खेलाडी उत्पदान गर्ने उद्देश्यले आयोजित एक महिने जुनियर ब्याडमिन्टन प्रशिक्षण शिविर शनिबार सकिएकोछ ।

यसैगरि, पुरुषतर्फ १२ बर्ष उमेर समुहको स्पर्धामा लोटस विद्या विहारका आयुष लिम्बु पहिलो, होलि गार्डेन एकेडेमीका अनिकेत पलिखे दोस्रो र जुनियर पायनियरका निसान्त मेन्याङ्वो तथा युरेका आवासिय उच्चमाविका राहुलमान श्रेष्ठ तेस्रो भएका थिए । यस्तै, महिलातर्फ १५ बर्षमुनिका खुला स्पर्धामा विजयपुर उच्चमाविकी रिया कर्मचार्य प्रथम भईन भने ज्ञानोदय बोर्डिङकी सिमा राई दोस्रो र पूर्वक्षेत्रीय प्रहरीकी किरण तामाङ तथा युरेकाकी सुष्मिता लिम्बू तेस्रो भईन् । विजेता खेलाडीहरुलाई धरान ब्याडमिन्टन क्लबका अध्यक्ष मनोज मेन्याङ्बो, प्रमुख अतिथि एवं नेपाल ओलम्पिक कमिटिका महासचिव जीवनराम श्रेष्ठ, राष्टिय ब्याडमिन्टन संघका अध्यक्ष विरेन्द्र श्रेष्ठलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।


Comments
Post a Comment