फोटोमा उहिलेको धरान

‘अपुई, त्यहाँ त छाता जस्तै पो थिएछ त’–उनीसँगै उनका साथीहरुमा पनि अचम्मित भए । विश्व फोटोग्राफी दिवसको अवसरमा सोमबार र मंगलबार धरानमा आयोजित दुई दिने साँस्कृतिक फोटो प्रर्दशनीले उहिलेको धरानबारे गोविन्द जस्ता थुप्रै धरानेहरुको जिज्ञासा मेटाएको थियो । उहिले त्यहाँ छाता आकारको काठको चौतारी थिएछ । अहिले त्यसको नामनिसान छैन । वरीपरी पक्कीघरहरु ठडिएको छ । तर, छाताआकारको संरचना ठिक पछाडिको भवन भने अझै पुरानो अवस्थामै छ । ‘धरानको पुरानो फोटोहरु हेर्न पायौं, पहिला धरान कस्तो थिएछ भनेर थाह पाउदा ज्यादै खुशी लागेको छ’–युरेका उच्चमाविमा कक्षा ७ मा अध्ययनरत अभिषेक पण्डितले भने ।

दुलर्भ ती फोटोहरुमा हाल भानुचौकस्थित घण्टाघरको भुकम्प स्मारक निर्माण भएको ठाउँमा रहेको घरेलु शिल्पकला बिक्री भण्डारको फोटो छ । त्यस्तै, धरान नगर पञ्चायतको कार्यालय, पुलिस थाना, भानुचौक, धुलो उडाउदै गुडेको जीप, धरानको पहिलो महिला भलिवल टिम, तीनकुनेको पुरानो स्वागत गेट, ब्रिटिश घोपा क्याम्पलगायतको दुलर्भ श्यामश्वेत तस्वीर हेर्दा आँखाभरि उहिल्येको धरान झल्किन्छ । ‘पुरानो धरानबारे जिज्ञासा मेटाउन सक्यौं, खुशी छौं’–जुनियर जेसिजका कार्यकारी उपाध्यक्ष एवं प्रर्दशनीका संयोजक सरोज श्रेष्ठले भने ।

दुई दिने फोटो प्रर्दशनीको अवलोकन गर्न धरानका विभिन्न विद्यालयका विद्यार्थीहरुको घुँइचो लागेको थियो । नेपालको विभिन्न जाती, समुदाय र भुगोलको कला, सँस्कृति झल्काउने तस्वीरहरु राखिएकोले पनि धरानका स्कुलहरुले विद्यार्थीलाई अवलोकनमा पठाएको थियो ।
फोटो अवलोकन गर्न शिक्षकहरु पनि आएका थिए । कला, सँस्कृति झल्कने फोटोहरुले विद्यार्थीहरुमा ज्ञान र सँस्कृतिप्रति चासो बढाउने युरेका आवासिय उच्चमाविका शिक्षक दामोदर अधिकारीले बताए । प्रर्दशनीमा राखिएको चर्खा र पुरानो धरानको फोटोहरुले पनि विद्यार्थीहरुलाई थप आर्कषित गरेको थियो । ‘दुई दिनमा धरानका दुई हजार बढी विद्यार्थी र सर्वसाधारणहरुले अवलोकन गरे’–संयोजक सरोज श्रेष्ठले भने–‘कला, सँस्कृतिबारे जानकारी पनि पाएका छन् र फोटोग्राफीबारे पनि उनीहरुमा जिज्ञासा र रुचि जगाएको छ ।’

Dear Dai,
ReplyDeleteProud to be Dharan. If possible plz provide those photo to me.
Regards
BSU
kina chahiyoo hau??
Delete