साइकल सिटिमा ग्रिनह्विल्स बाइक शोरुमको तयारी

शोरुममा साइकल अभियनका युवाहरु हेम लिम्बू, कृष्ण केसी, डा.समीर चौधरी र शिक्षक दिपक राईको लगानी छ । उनीहरु नियमित साइक्लिङमा गाउँघरतिर डुल्ने पनि गर्छन् । यो शोरुम कम्मेन्सल र चेन ब्राण्डको माउण्टेन बाइक उत्पादक कम्पनीको पूर्वाञ्चलको एक मात्र आधारिक डिलर र ठुलो शोरुम हुने ग्रिनह्विल्सका प्रमुख कार्यकारी अधिकृत हेम लिम्बूले बताए । उनका अनुसार यो शोरुम ललितपुरको झम्सीखेलस्थित इपिक माउण्टेन बाइक प्रालिको पूर्वाञ्चल क्षेत्रीय डिलरकोरुपमा रहनेछ । इपिक नेपालको लागि विश्वविख्यात बाइक ब्राण्ड कम्मेन्सल र चेनको एकमात्र आधारिक बिक्रेता हो ।
‘पछिल्लो समयमा पूर्वमा साहसिक पर्यटनरुपमा माउण्टेन बाइकिङको आर्कषण बढ्दै गइरहेको छ, त्यसैलाई ध्यान दिएर लगानी गर्न उत्साहित बनेका हौं’–सिइओ लिम्बूले भने–‘हामी कम्मेन्सल र चेन ब्राण्डको बाइक र साइक्लिङलाई आवश्यक पर्ने हेल्मेट, ड्रेस, पञ्जा, टि सर्ट, हेडलाइटलगायत सबै ब्राण्डेड सामग्रीहरु उपलब्ध गराउछौं ।’ उनका अनुसार शोरुममा काली, एक्जष्टर, म्याक्सिस, फन, सिग्मा, अल्पाइन स्टार, फक्सलगायत साइकल उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीका ब्राण्डेड सामानहरु राखिनेछ । जहाँ डाउनहिल, अल माउण्टेन, फन राइड, पम्प राईड, बिएमएक्स, सिटि बाइक, एक्स ओ बाइकलगायत विभिन्न प्रकारका बाइक उपलब्ध हुनेछ । ती बाइकको मुल्य कम्तीमा २० हजारदेखि साढे ३ लाखसम्मको हुने व्यावस्थापक एवं मार्केटिङ अफिसर कृष्ण केसीले जानकारी दिए । ‘पूर्वमा कम्प्लिट बाइक सपको आवश्यकता थियो । यहाँबाट हामी ग्राहकहरुलाई बैकसँग सहकार्य गरेर भविष्यमा किस्ताबन्दीमा पनि उपलब्ध गराउनेछौं’–व्यावस्थापक केसीले भने । एक बर्षमा सय वटा बाइक बिक्री गर्ने लक्ष्य राखिएको उनले बताए । उनका अनुसार धरानबाहिर पनि बाइक बिक्रीको लागि प्रर्वद्धन गरिनेछ ।

साइक्लिङप्रति आर्कषण बढाउन वातावरणमैत्री एवं स्वास्थ्यबारे जनचेतनामुलक कार्यक्रमहरु गर्ने ग्रिनह्विल्सले जनाएको छ । स्कुलका विद्यार्थीहरुबीच प्रतियोगिता आयोजना, साइक्लिङ सम्बन्धि विभिन्न गोष्ठीहरु पनि आयोजना हुने अर्का लगानीकर्ता डा.समिर चौधरीले बताए । स्कुलहरुमा विद्यार्थीहरुको क्लब गठन गर्ने तथा माउण्टेन बाइकिङलाई खेलकोरुपमा विकास गराउन राम्रो राइडरलाई कम्पनीमार्फत र आफैले पनि प्रायोजन गर्ने चौधरीले खुलाए । ‘राम्रो सम्भावना भएका प्रतिभालाई हामी आफै पनि स्पोन्सर गछौं र कम्पनीमा पनि पहल गछौं’–डा.चौधरीले भने ।

................
डि राइडर्स समुह गठन

डि राइडर्समा डिपोटका कक्षा ११ का विद्यार्थी निकेश बिकको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा शुकराज लिम्बू, सचिवमा राजिव राई, सहसचिवमा पुरन राई, कोषाध्यक्ष अबिर राई र सदस्यहरुमा दिपहांग राई, शिखर राई, दिव्य राई, मनन राई, विशु राई र अर्जुन राई छन् । समुहले प्याकेज बनाएर नियमितरुपमा राइडमा जाने र चेतनामुलक कार्यमा युवाहरुलाई सहभागी गराउने सिइओ लिम्बूले बताए ।
(०७० साउन २९ गतेको नागरिक दैनिकको पूर्वेली सँस्करणमा प्रकाशित समाचार)
Comments
Post a Comment