नारायणगढमा पनि नारायणी बराह ज्वेलरी

धरान । सुनचादीको व्यापारबाट ख्याति कमाएको धरानस्थित बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालिले चितवन जिल्लामा पनि नयाँ कम्पनी सञ्चालनमा ल्याएको छ । व्यापार व्यावसाय विस्तार गर्ने क्रममा बराहले शनिबार चितवनको नारायणगढस्थित हङकङ बजारमा आप्m्नै भवनबाट व्यापार थालेको हो ।
नारायणी बराह ज्वेलरी प्रालि नाम दिएको यो कम्पनीले शनिबारदेखि सुनचादी व्यापार शुरुवात गरेको छ । पछि अन्य व्यापार क्रमशः थप्दै जाने प्रालिले जनाएको छ । प्रालिको एक समारोहबीच वाणिज्य तथा आपुर्ति विभागका महानिर्देशक शम्भुप्रसाद कोइरालाले गरेका थिए । विभिन्न जातीय सँस्कृतिअनुसारको सुनचादीका गरगहनाका साथै आधुनिक शैलीका पनि गहनाहरु उपभोक्ताहरुलाई उपलब्ध हुने प्रालिले जनाएको छ ।
करिब ६ करोड लगानीमा नयाँ कम्पनी शुरु गरेको प्रालिका अध्यक्ष शिवकुमार लामिछानेले जानकारी दिए । रोजगारीको अवसर सृर्जना गर्दै मुलुकलाई समृद्ध पार्ने उद्देश्यले चितवनमा पनि नयाँ कम्पनी सञ्चालनमा ल्याएको उनको भनाई छ । ‘मौलिक एवं परम्परागत गरगहना संरक्षण गर्ने र रोजगारी अवसर सृर्जना गरेर समृद्ध मुलुक बनाउने उद्देश्य हो’–अध्यक्ष लामिछानेले भने–‘मौलिक गरगहनालाई अन्र्तराष्ट्रिय बजारसम्म पु¥याउने हाम्रो अभियान हो ।’ भवनको भुईतल्लामा सुनचाँदीको गरगहना शोरुम हुनेछ भने पहिलो तलामा कार्यालयसहित आर्थिक कारोबारको शाखा रहनेछ । यस्तै, तेस्रो तलामा सहकारी र चौथो तलामा सुनचाँदीका गरगहना बनाउने कारखाना रहने अध्यक्ष लामिछानेले जानकारी दिए ।
२०५२ साल भदौ ५ गते धरानमा सामान्य सुनपसलबाट शुरुवात भएको बराहले दुई दशकमा फड्को मार्दै मुलुक भित्र मात्र होइन, विदेशमा पनि आफ्नो व्यापार विस्तार गरिसकेको छ । बराहले यसअघि काठमाण्डौ, पोखरा, बेलायत, चीन र हङकङमा पनि व्यापार विस्तार गरेको थियो । बराहले सुनचादी व्यावसायसँगै यातायात, सहकारी, डिपार्टमेन्ट स्टोरसँगै ट्राभल एण्ड टुर्स व्यावसाय पनि सञ्चालन गरेको छ । प्रालिका सञ्चालक समिति सदस्य एवं धरान शाखा प्रमुख मानबहादुर दियालीका अनुसार प्रालिले हालसम्म ५ सय बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । ‘हामी देशभित्रै केही गरौं भनेर आफ्नो व्यापार विस्तार गर्ने क्रममा छौं, यसले रोजगारी सृर्जना गरेको छ’–उनले भने–‘हामी नाफा कमाउने मात्र गर्दैनौं, सामाजिक उत्तरदायित्व वहन गर्न पनि सचेत छौं ।’










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे