बास्केटवलमा काठमाण्डौंलाई धरानको टक्कर
०६४ सालमा काठमाण्डौंमा भएको यु १७ सेन्ट जेभियर अन्र्तराष्ट्रिय बास्केटवल च्याम्पियनसिपमा सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै धरानको डिपोट उच्चमावि सहभागी भएको थियो । यो च्याम्पियनसिपमा डिपोट सहभागीकोरुपमा मात्र सिमित भएन, उपाधि नै जितेर सनसनी मच्यायो । राजधानीका चर्चित स्कुलका वलियो टिमलाई हराएर च्याम्पियन बन्न मोफसलका स्कुललाई चानचुने कुरा थिएन । प्रतियोगितामा कुल सय वटा स्कुलले भाग लिएको थियो ।
दुई बर्षपछि ०६६ सालमा कलेजस्तरको यु १९ च्याम्पियनसिपमा पनि डिपोट सहभागी भयो । त्यो प्रतियोगितामा पनि फाइनल खेलेको डिपोट उपाधि उचाल्नबाट भने बञ्चित भयो । उपविजेतामा चित्त बुझाउनु परेपनि बास्केवटलमा राजधानीको एकलौटी वर्चश्वलाई तोड्न सफल भयो । ती दुवै च्याम्पियनसिपमा डिपोटका प्रशिक्षक विकास राई भन्छन्,–‘राजधानीका धेरै सेवा सुविधा पाएका एक से एक स्कुललाई हराउदै फाइनल खेल्नु सहज थिएन, उपाधि जित्नु त हाम्रो लागि झ्न ठुलो उपलब्धी नै हो ।’
त्यसयता एक दशक समय बित्न लागिसक्यो । त्यतिबेलाका किसोर खेलाडीहरु लक्का जवान भइसकेका छन् । उमेरसँगै ती खेलाडीहरुको बास्केटवल क्रेज झन् बढ्दो छ । फुटबल र क्रिकेट हावी भएको नेपाली खेलकुद क्षेत्रमा फरक विधाको खेलमा टिकिरहन पक्कै सहज छैन । तर, डिपोटबाट यु १७ र यु १९ खेलिसकेका २५ बर्षीय खेलाडी नविन राई भन्छन्,–‘स्टाटस र फिटनेशको लागि पनि हामी बास्केटवल खेलिरहेका छौं ।’ नविन कक्षा ४ पढ्दादेखि नै बास्केटवल खेल्न शुरु गरेका थिए । उनी धरानका मात्र होइन, पुर्व क्षेत्रकै प्रतिभावन खेलाडी मानिन्छन् । धरानमा उनी जस्ता थुप्रै युवा, विद्यार्थीहरु छन्, जो फिटनेशसँगै बास्केटवलमा क्यारियर बनाउने ध्याउन्नमा बिहान बेलुकी बास्केटवल कोर्टमा धाइरहन्छन् ।
निजी स्कुलबाहेक धरानमा सामुदायस्तरमा पनि थुप्रै बास्केटवल कोर्टहरु निर्माण भएको छ । डिपोट उच्चमाविमा त अन्र्तराष्ट्रियस्तरको कोर्ट बनिसकेको छ । जहाँ रातमा पनि अभ्यास गर्न र खेल्न सकिने गरी लाइटको प्रबन्ध गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ वटा कोर्ट छ भने धरान १७ क्षितिज टोलस्थित निम्न मावि र सप्तरंगी पार्कमा पनि कोर्ट छ । यस्तै, धरान ८ स्थित यलम्बर खेल मैदानमा, धरान १९ स्थित हरियाली सामुदायिक वन समुहमा, धरान १५ स्थित बाँझगरा, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पस धरान ८ र महेन्द्र बहुमुखी क्याम्पसमा पनि बास्केटवल कोर्ट छ । जिल्ला बास्केटवल संघको पहलमा विभिन्न कलेजमा खेलाडी विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको छ । यसले पनि बास्केटवलप्रति विद्यार्थीहरुको चासो र आकर्षण बढाएको हो ।
काठमाण्डौंलाई टक्कर दिनसक्नुमा धरानसँग बास्केटवलको इतिहास केलाउनुपर्ने हुन्छ । धरान र बास्केवटलको सम्बन्ध ६ दशक पुरानो भएको जानकारहरु बताउछन् । नेपालमा बास्केवटल खेलको शुरुवात धरानबाटै भएको कतिपयको दाबी छ । ‘धरानमा २०१० सालमा ब्रिटिश क्याम्प बसको हो, त्यतिबेलादेखि नै गोराहरुले मनोरञ्जन र फिटनेशको लागि घोपा क्याम्पमा बास्केटवल खेल्न थालेको थियो’–संघका केन्द्रीय सदस्य एवं पुर्व खेलाडी लामाले भने–‘त्यही कारणले नेपालमा धरानबाटै बास्केटवल खेल्न शुरु भएको हो कि भनिएको हो ।’
धरानमा ब्रिटिश क्याम्प स्थापना भएपछि ब्रिटिश नागरिकसँगै भर्ती भएका नेपालीहरु पनि खेल्न थाले । पछि भुपुहरुले समुदायमा कोर्ट बनाइदिएर बास्केटवल खेललाई सबैको पहुँचमा पु¥याइदिए । त्यसपछि त शारीरिक व्यायमको लागि खेल्नेहरुको संख्या बढ्दै गयो । क्लब बनाएर बास्केवटल खेल्ने चलन शुरु भयो । धरानमा ०४२–०४३ सालतिर बास्केवटल खेल लोकप्रिय बनेको थियो । पुर्व खेलाडीहरुका अनुसार त्यो समय धरानको बास्केटवलको लागि स्वर्णिम काल थियो । त्यस समय विनोद श्रेष्ठ, प्रभात श्रेष्ठ, सुजन श्रेष्ठ, कुवेर श्रेष्ठ, कृष्ण राई, सुरज लामा, सुनिल शंकर, शंकरमान श्रेष्ठ, निर्मल श्रेष्ठलगायत खेलाडीहरु बास्केटवलमा जमेका थिए । उनीहरु नै प्रतियोगिता खेल्ने धरानका पहिलो ब्याच भएको लामाले जानकारी दिए ।
०४६ सालमा इञ्जिनियरीङ क्याम्पसमा नगरस्तरीय खुल्ला बास्केवटल प्रतियोगिता आयोजना भएको थियो । त्यसअघि भने धरानमा मैत्रीपुर्ण खेलहरु मात्रै आयोजना हुने गथ्र्यो । ०५१ सालतिर धरानको बास्केटवल शिथिल हुन पुग्यो । तर, ०५८ सालमा धरान बास्केटवल संघ गठन भएपछि बास्केटवल खेल पनि जुर्मुराउन थाल्यो । यही समयमा भुपु सैनिक खेलकुद विकास संघले धरान १७, क्षितिज टोलमा, यलम्बर खेल मैदानले धरान ८ मा, अमर सेवा समाजले धरान १३ मा बास्केवटल कोर्ट बनायो । ‘नयाँ कोर्ट र क्लबहरु जन्मिन थालेपछि ०५८ सालपछि धरानमा पुनः बास्केटवल प्रतियोगिताहरु हुन थाल्यो र त्यसले बास्केटवल खेलको महौल फेरी बनायो’–धरान बास्केवटल संघका अध्यक्ष लामा भन्छन्–‘त्यसपछि धरानका धेरै क्षमतावान्, प्रतिभावान खेलाडीहरु जन्मिसकेको छ ।’
पुर्वखेलाडी तथा नेपाल बास्केटवल संघका केन्द्रीय सदस्य लामा भने बास्केटवल खेल लोकप्रिय हुदै गइरहे पनि व्यावसायिकरण भने हुन नसकेको टिप्पणी गर्छन् । निजी स्कुल, प्लस टु तथा कलेजहरुले भर्नासँगै खेलकुद शुल्क पनि लिने गरेको उल्लेख गर्दै उनले प्रत्येक स्कुलले प्रशिक्षक राख्ने व्यावस्था गर्नुपर्ने बताए । ‘स्कुलमा एक जना स्पोर्टस् टिचर राखेको हुन्छ, उसले जाने पनि नजाने पनि सबै खेल सिकाउनुपर्ने अवस्था छ, शुल्क लिएपछि छुट्टै प्रशिक्षक व्यवस्था गरे राम्रो हुन्छ’–लामाले भने–‘स्कुल, कलेजस्तरको प्रतियोगिताहरु पनि निरन्तर आयोजना भइरहनुपर्छ ।’ संघले स्कुल, कलेजहरुमा राम्रो प्रशिक्षक उपलब्ध गराउन सक्ने भएकोले समन्वय गरेर पहल गरिरहेको उनले जानकारी दिए । साथै, स्थानीय निकायहरुले पनि फुटबललाई मात्रे बजेट छुट्याउने गरेकोमा बास्केवटललागयत अन्य खेललाई पनि प्राथमिकता दिइनुपर्ने उनको भनाई छ ।
दुई बर्षपछि ०६६ सालमा कलेजस्तरको यु १९ च्याम्पियनसिपमा पनि डिपोट सहभागी भयो । त्यो प्रतियोगितामा पनि फाइनल खेलेको डिपोट उपाधि उचाल्नबाट भने बञ्चित भयो । उपविजेतामा चित्त बुझाउनु परेपनि बास्केवटलमा राजधानीको एकलौटी वर्चश्वलाई तोड्न सफल भयो । ती दुवै च्याम्पियनसिपमा डिपोटका प्रशिक्षक विकास राई भन्छन्,–‘राजधानीका धेरै सेवा सुविधा पाएका एक से एक स्कुललाई हराउदै फाइनल खेल्नु सहज थिएन, उपाधि जित्नु त हाम्रो लागि झ्न ठुलो उपलब्धी नै हो ।’
त्यसयता एक दशक समय बित्न लागिसक्यो । त्यतिबेलाका किसोर खेलाडीहरु लक्का जवान भइसकेका छन् । उमेरसँगै ती खेलाडीहरुको बास्केटवल क्रेज झन् बढ्दो छ । फुटबल र क्रिकेट हावी भएको नेपाली खेलकुद क्षेत्रमा फरक विधाको खेलमा टिकिरहन पक्कै सहज छैन । तर, डिपोटबाट यु १७ र यु १९ खेलिसकेका २५ बर्षीय खेलाडी नविन राई भन्छन्,–‘स्टाटस र फिटनेशको लागि पनि हामी बास्केटवल खेलिरहेका छौं ।’ नविन कक्षा ४ पढ्दादेखि नै बास्केटवल खेल्न शुरु गरेका थिए । उनी धरानका मात्र होइन, पुर्व क्षेत्रकै प्रतिभावन खेलाडी मानिन्छन् । धरानमा उनी जस्ता थुप्रै युवा, विद्यार्थीहरु छन्, जो फिटनेशसँगै बास्केटवलमा क्यारियर बनाउने ध्याउन्नमा बिहान बेलुकी बास्केटवल कोर्टमा धाइरहन्छन् ।
अधिकांश निजी स्कुल, कलेजमा कोर्ट
युवा विद्यार्थीहरुको बास्केवटलप्रतिको क्रेज देखेर नै होला, धरानका अधिकांश स्कुलले प्रांगणमा बास्केटवल कोर्ट बनाएको छ । बास्केटवल कोर्ट बनाउनेमा अधिकतर निजी स्कुल तथा कलेज छन् । विद्यार्थीहरु माझ लोकप्रिय हुदै गएको देखेर नै निजी स्कुलहरुले विद्यार्थीहरुलाई आकर्षित गर्न पनि कोर्ट बनाउने गरेको हो । अतिरिक्त खेलकुद गतिविधिमा धरानको निजी स्कुल तथा कलेजहरुमा बास्केटवल अनिवार्य जस्तै भएको छ । ‘धरानमा बास्केटवलको माहौल एकदम राम्रो छ, युवा विद्यार्थीहरु आकर्षित छन्’–सुनसरी जिल्लामा बास्केटवलका सहायक प्रशिक्षकसमेत रहेका विकास राई भन्छन्–‘आफ्ना स्कुल, कलेजमा विद्यार्थीको ध्यान तान्न पनि प्रायःजसो निजी स्कुलहरुमा बास्केटवल कोर्ट बनाएको छ । समुदायस्तरमा पनि थुप्रै छन् ।’निजी स्कुलबाहेक धरानमा सामुदायस्तरमा पनि थुप्रै बास्केटवल कोर्टहरु निर्माण भएको छ । डिपोट उच्चमाविमा त अन्र्तराष्ट्रियस्तरको कोर्ट बनिसकेको छ । जहाँ रातमा पनि अभ्यास गर्न र खेल्न सकिने गरी लाइटको प्रबन्ध गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ वटा कोर्ट छ भने धरान १७ क्षितिज टोलस्थित निम्न मावि र सप्तरंगी पार्कमा पनि कोर्ट छ । यस्तै, धरान ८ स्थित यलम्बर खेल मैदानमा, धरान १९ स्थित हरियाली सामुदायिक वन समुहमा, धरान १५ स्थित बाँझगरा, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पस धरान ८ र महेन्द्र बहुमुखी क्याम्पसमा पनि बास्केटवल कोर्ट छ । जिल्ला बास्केटवल संघको पहलमा विभिन्न कलेजमा खेलाडी विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको छ । यसले पनि बास्केटवलप्रति विद्यार्थीहरुको चासो र आकर्षण बढाएको हो ।
धरानसँग बास्केटवलको नाता
दशकअघि आयोजित यु १७ र यु १९ मा डिपोटको उपलब्धी तत्कालको प्रयासमा भएको थिएन । खेलाडीहरुको बर्षौंको खेलप्रतिको लगाव, मेहनत र तयारीको परिणाम थियो । तर, अनपेक्षित उपलब्धी पनि होइन । किनकि, बास्केवटलमा काठमाण्डौंलाई टक्कर दिने टिम धरानकै मात्र हो । नेपाल बास्केवटल संघका केन्द्रीय सदस्य एवं धरान बास्केटवल संघका अध्यक्ष सुरज लामा भन्छन्–‘राष्ट्रियस्तरको स्पर्धाहरुमा काठमाण्डौंलाई कसैले टक्कर दिन्छ भने त्यो पुर्वको धरान नै हो ।’काठमाण्डौंलाई टक्कर दिनसक्नुमा धरानसँग बास्केटवलको इतिहास केलाउनुपर्ने हुन्छ । धरान र बास्केवटलको सम्बन्ध ६ दशक पुरानो भएको जानकारहरु बताउछन् । नेपालमा बास्केवटल खेलको शुरुवात धरानबाटै भएको कतिपयको दाबी छ । ‘धरानमा २०१० सालमा ब्रिटिश क्याम्प बसको हो, त्यतिबेलादेखि नै गोराहरुले मनोरञ्जन र फिटनेशको लागि घोपा क्याम्पमा बास्केटवल खेल्न थालेको थियो’–संघका केन्द्रीय सदस्य एवं पुर्व खेलाडी लामाले भने–‘त्यही कारणले नेपालमा धरानबाटै बास्केटवल खेल्न शुरु भएको हो कि भनिएको हो ।’
धरानमा ब्रिटिश क्याम्प स्थापना भएपछि ब्रिटिश नागरिकसँगै भर्ती भएका नेपालीहरु पनि खेल्न थाले । पछि भुपुहरुले समुदायमा कोर्ट बनाइदिएर बास्केटवल खेललाई सबैको पहुँचमा पु¥याइदिए । त्यसपछि त शारीरिक व्यायमको लागि खेल्नेहरुको संख्या बढ्दै गयो । क्लब बनाएर बास्केवटल खेल्ने चलन शुरु भयो । धरानमा ०४२–०४३ सालतिर बास्केवटल खेल लोकप्रिय बनेको थियो । पुर्व खेलाडीहरुका अनुसार त्यो समय धरानको बास्केटवलको लागि स्वर्णिम काल थियो । त्यस समय विनोद श्रेष्ठ, प्रभात श्रेष्ठ, सुजन श्रेष्ठ, कुवेर श्रेष्ठ, कृष्ण राई, सुरज लामा, सुनिल शंकर, शंकरमान श्रेष्ठ, निर्मल श्रेष्ठलगायत खेलाडीहरु बास्केटवलमा जमेका थिए । उनीहरु नै प्रतियोगिता खेल्ने धरानका पहिलो ब्याच भएको लामाले जानकारी दिए ।
०४६ सालमा इञ्जिनियरीङ क्याम्पसमा नगरस्तरीय खुल्ला बास्केवटल प्रतियोगिता आयोजना भएको थियो । त्यसअघि भने धरानमा मैत्रीपुर्ण खेलहरु मात्रै आयोजना हुने गथ्र्यो । ०५१ सालतिर धरानको बास्केटवल शिथिल हुन पुग्यो । तर, ०५८ सालमा धरान बास्केटवल संघ गठन भएपछि बास्केटवल खेल पनि जुर्मुराउन थाल्यो । यही समयमा भुपु सैनिक खेलकुद विकास संघले धरान १७, क्षितिज टोलमा, यलम्बर खेल मैदानले धरान ८ मा, अमर सेवा समाजले धरान १३ मा बास्केवटल कोर्ट बनायो । ‘नयाँ कोर्ट र क्लबहरु जन्मिन थालेपछि ०५८ सालपछि धरानमा पुनः बास्केटवल प्रतियोगिताहरु हुन थाल्यो र त्यसले बास्केटवल खेलको महौल फेरी बनायो’–धरान बास्केवटल संघका अध्यक्ष लामा भन्छन्–‘त्यसपछि धरानका धेरै क्षमतावान्, प्रतिभावान खेलाडीहरु जन्मिसकेको छ ।’
व्यावसायिकताको खाँचो
कुनै समयका सफल खेलाडी विकास राई राष्ट्रिय खेलकुद परिषदअन्र्तगत सुनसरी जिल्लाका सहायक प्रशिक्षक छन् । उनी राखेपबाट नियुक्त भएका बास्केटवलको पुर्वाञ्चलका एक्ला प्रशिक्षक हुन् । धरानको डिपोट उमाविमा पनि उनी प्रशिक्षक छन् । तर, उनीसँगैका खेलाडीहरुले भने बास्केटवल खेलेपछिको जीवनमा प्रशिक्षककोे भुमिका निर्वाह गर्ने अवसर पाएनन् । ‘अब विस्तारै बास्केटवल पनि व्यावसायिक हुदैछ, निरन्तरता दिनेले जिम्मेवारी पनि पाउदैछन्’–राई भन्छन्–‘निजी कलेज, स्कुलहरुमा कोचको खाँचो छ, माग पनि हुन थालेको छ ।’पुर्वखेलाडी तथा नेपाल बास्केटवल संघका केन्द्रीय सदस्य लामा भने बास्केटवल खेल लोकप्रिय हुदै गइरहे पनि व्यावसायिकरण भने हुन नसकेको टिप्पणी गर्छन् । निजी स्कुल, प्लस टु तथा कलेजहरुले भर्नासँगै खेलकुद शुल्क पनि लिने गरेको उल्लेख गर्दै उनले प्रत्येक स्कुलले प्रशिक्षक राख्ने व्यावस्था गर्नुपर्ने बताए । ‘स्कुलमा एक जना स्पोर्टस् टिचर राखेको हुन्छ, उसले जाने पनि नजाने पनि सबै खेल सिकाउनुपर्ने अवस्था छ, शुल्क लिएपछि छुट्टै प्रशिक्षक व्यवस्था गरे राम्रो हुन्छ’–लामाले भने–‘स्कुल, कलेजस्तरको प्रतियोगिताहरु पनि निरन्तर आयोजना भइरहनुपर्छ ।’ संघले स्कुल, कलेजहरुमा राम्रो प्रशिक्षक उपलब्ध गराउन सक्ने भएकोले समन्वय गरेर पहल गरिरहेको उनले जानकारी दिए । साथै, स्थानीय निकायहरुले पनि फुटबललाई मात्रे बजेट छुट्याउने गरेकोमा बास्केवटललागयत अन्य खेललाई पनि प्राथमिकता दिइनुपर्ने उनको भनाई छ ।
Comments
Post a Comment