मृतकको जग्गा कर्ते प्रकरणःविभाग तानिए कर्मचारी

मृतक महिलाको जग्गा किर्ते गरी किनबेच प्रकरण सार्वजनिक भएपछि मालपोत भुमिसुधार तथा व्यावस्था विभाग र नापी विभागले छानबिन शुरु गरेको छ । खगेन्द्र कुमारीको साविक धरान ११ ग को कित्ता नं ३६ को जग्गा किर्ते हकवाला खडा गरी नामसारी गराउन मुख्य भुमिका खेल्ने मालपोत अधिकृत फडिन्द्र भट्टराई, मुद्दा फाँटका नायब सुब्बा डिल्ली अधिकारी र नापीका सर्वेक्षक योगेन्द्रप्रसाद यादवलई विभागले तानेर छानबिन शुरु गरेको हो ।
आइतबार विभागबाट मालपोत अधिकृत भट्टराई र नायब सुब्बा अधिकारीलाई २४ घण्टाभित्र उपस्थित हुन निर्देशनसहितको पत्र पठाएको थियो । सोही पत्रको आधारमा दुवै मंगलबार विभागमा हाजिर भइसकेको मालपोत प्रमुख भीमप्रसाद गौतमले जानकारी दिए । थप बिषयमा भने आफुलाई केही थाह नभएको उनले बताए ।
यस्तै, किर्ते प्रकरणका मुख्य योजनाकार नापीका सर्वेक्षक योगेन्द्रप्रसाद यादवलाई पनि विभागमा तानेको छ । विभागले सोमबार पत्र पठाएर तत्काल उपस्थित हुन भनेपछि यादव पनि मंगलबार काठमाण्डौंतर्पm हिडेका छन् । नापी विभागका सुचना अधिकारी एवं योजना प्रमुख अनिल मरासिनीका अनुसार पत्रपत्रिकामा समाचार प्रकाशन भएको र बिषयको गम्भीरतालाई हेरेर सम्बन्धित कर्मचारीलाई नै विभागमा झिकाइएको हो । ‘पत्रपत्रिकामा निरन्तर समाचारहरु आयो, र बिषयको पनि गम्भीरता हेरेर कर्मचारी स्वयमलाई झिकाएको हो’–टेलिफोन सम्पर्कमा मरासिनीले भने–‘विभागले छानबिन शुरु गरेको छ, सत्यतथ्य के हा बुझ्छौं र दोषी देखिए कार्वाही हुन्छ ।’ उनका अनुसार यो प्रकरणका सबै कागजपत्रहरु पनि विभागले माग गरेको र कार्यालय प्रतिक्रिया पनि माग गर्ने निर्णय भएको जानकारी दिए ।
नापी सर्वेक्षक यादवको योजनामा थर नखुलेकी खगेन्द्र कुमारीको साविक धरान ११ ग को कित्ता नम्बर ३६ को ११ कट्ठा ५ धुर जग्गा किर्ते हकवाला(छोरा) कर्णबहादुर राईको नाममा नामसारी भएको थियो । सर्वेक्षक यादव आफैले किर्ते फिल्ड सर्जमिन गरेका थिए भने विचौलियाकोरुपमा इनरुवा १ का सुरेश पोद्दार र लेखान्दास प्रह्लाद कुँवरलाई परिचालन गरेका थिए । यादवलाई यो प्रकरणमा मालपोतका अधिकृत फडिन्द्र भट्टराई र मुद्दा फाँटका नायब सुब्बा डिल्ली कोइरालाले पनि प्रत्यक्ष सघाएका थिए ।

                                   खगेन्द्र कुमारी ‘गिरी कि राई ?’

कर्णबहादुर राईले करिब ३ बर्षअघि मात्र आफ्नी आमा भनेर मृत्यु दर्ता गरेकी धरान १ की खगेन्द्र कुमारीको अर्को थरमा पनि मृत्यु दर्ता भएको भेटिएको छ । हाल इटहरी २ बस्ने गोपालचन्द्र गिरीले तत्कालीन धरान नगरपालिकाका स्थानीय पञ्जिकाधिकारीबाट ०५६ चैत १५ गते खगेन्द्र कुमारी गिरीको मृत्यु दर्ता प्रमाणपत्र लिएको भेटिएको छ । उक्त मृत्यु दर्ता प्रमाणपत्र अनुसार खगेन्द्र कुमारीको मृत्यु ६५ बर्षको उमेरमा २०३९ चैत ६ गते भएको हो । मृत्य दर्ता ०५६ सालमै गराए पनि गोपालचन्द्रले २०७२ चैत २९ गते मात्र इटहरी उपमहानगरपालिकाबाट स्वर्गीय खगेन्द्र कुमारी गिरी आफ्नी आमा भएको नाता प्रमाणित गराएको देखिन्छ । तर, उनले पनि थर नखुलेकी खगेन्द्र कुमारीसँगको नाता प्रमाणित भने गराएका छैनन् ।
खगेन्द्र कुमारीको छोरा भनिएका कर्णबहादुर राईले ०७० चैत १६ गते मात्र ‘राई’ थर थपेर मृत्यु दर्ता गरेका छन् । उनले आमा खगेन्द्र कुमारी राईको मृत्यु २०३७ असार १५ गते भएको उल्लेख गरेका छन् भने ०७१ बैशाख ५ गते धरान उपमहानगरपालिकाबाट बुबा रामबहादुर राई र आमा खगेन्द्रकुमारी राईसँग छोराको नाता प्रमाणित गराएका छन् । तर, फिल्डबुकको कैफियतमा नाम उल्लेख भएकी ‘खगेन्द्र कमारी’सँगको नाता खुलेको कुनै प्रमाण भने कर्णबहादुर राईसँग पनि छैन ।
गोपालचन्द्र गिरीका अनुसार साविक धरान ११ ग मा कित्ता नं ३५ र ३६ उनकी हजुर आमा सेवा गिरीको जग्गा थियो । हजुरआमा मृत्यु हुनुपुर्व उक्त जग्गा आफ्ना बुबा पदमलाल गिरीकी श्रीमति खगेन्द्र कुमारीलाई वकस दिएकी उनको दाबी छ । सेवा गिरीको नाममा तिरो तिरेको रसिद भएपनि खगेन्द्र कुमारीलाई वकस दिएको पत्र भने उनीहरुसँग छैन । उनको भनाई अनुसार हजुरआमाले नै २०११ सालतिर कर्णबहादुरका बुबा रामबहादुर र उनकी श्रीमतिलाई त्यहाँ रेखदेख गर्न राखेकी थिइन् । आफ्नी आमाको मृत्यु पछि २०४१ साल र ०५३ सामा सर्जमिन गराएको उनले दाबी गरे पनि त्यसको प्रमाण भने छैन । ‘कित्ता नं ३६ को जग्गामा शिवजी र कालभैरवको मन्दिर थियो । हरेक साल हामी अष्टमीमा काल भैरवमा कुल पुजा गथ्यौं’–गोपालचन्द्रले भने–‘रातारात त्यो मन्दिरहरु पनि भत्काइएछ ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे