हरियो तरकारीको अभाव, भाउ आकासियो
धरान । निरन्तरको बर्षाले तराईमा डुबान र पहाडी क्षेत्रको तरकारी वालीमा क्षति पुग्दा शहर बजारमा हरियो तरकारीको अभाव भएको छ । माग वमोजिम आपुर्ति हुन नसकेपछि उपभोक्ताको ढाड सेक्ने गरी हरियो तरकारीको भाउ आकासिएको छ ।
लामो समय खडेरीले रुवाएको किसानलाई असार लगत्तै शुरु भएको बर्षात पनि थप मारमा पारेको व्यापारीहरुको भनाई छ । सबैभन्दा बढी सर्वसाधारण उपभोक्ताले महंगीको मार खेप्नु परेको स्वयम् व्यापारीहरु स्वीकार गर्छन् । ‘लामो समय खडेरीले गर्दा खेती भएन । जेठमा अलिअलि परेको पानीमा किसानले वाली लगाएका थिए । फल लाग्ने बेला असारतिर बर्षाले क्षति पुगिहाल्यो’–कृर्षि उपज बजारस्थलका अध्यक्ष एवं व्यापारी प्रतिनिधि काजी गिरीले भने–‘किसानलाई क्षति भयो, महंगीको मार भने उपभोक्तालाई परेको छ । गरिबले त एक मुठा साग किन्न सक्ने अवस्था पनि भएन ।’ उनका अनुसार गएको असोजदेखि जेठ दोस्रो सातासम्मको खडेरीले किसानले अन्नवाली लगाउन सकेनन् । जेठमा भएको हल्का बर्षामा किसानले थोरै भएपनि वाली लगाएका थिए । त्यसलाई पनि असारदेखिकै बर्षाले क्षति पु¥याएको गिरीको भनाई छ ।
बर्षा अघिको तुलनामा अधिकांश हरियो तरकारीको भाउ अहिले दोब्बर भएको छ । धरान १३ स्थित कृर्षि उपज बजारस्थलका अनुसार हरियो तरकारीको थोक मुल्य नै एक महिना यता आकासिएको छ । खुद्रा बजारमा त उपभोक्ताले झन् महंगोमा खरीद गर्न बाध्य छन् । बजारस्थलको अनुसार थोक मुल्यमा नै फुलकोपीको भाउ प्रतिकेजी ३५-४० थियो भने अहिले गुणस्तर हेरिकन ७०देखि १०० रुपैया किलो पुगेको छ । टमटर प्रतिकेजी २५-३० बाट बृद्धि भएर ४५-५० पुगेको छ । हरियो खोर्सानी प्रतिकिलो ५०-६० रुपैया थियो भने अहिले प्रतिकिलो १५० छ । गाँजरको थोक मुल्य प्रतिकेजी ५०-६० बाट बढेर प्रतिकेजी १००-१२० पुगेको छ । ‘बिहे भोज, कुनै ठुलो कार्यक्रम आयोजना हुदा गाँजर अभावले ४०० रुपैया प्रतिकिलोको दरमा पनि बिक्री भएछ’–बजारस्थलका व्यावस्थापक लक्ष्मण भट्टराईले भने–‘हरियो तरकारीको मुल्य नियन्त्रण बाहिर गुसिक्यो भन्दा नि हुन्छ ।’
हरियो सिवीको थोक मुल्य प्रतिकिलो ३५-४० बाट बढेर अहिले ६०-७० रुपैया पुगेको छ । मुलाको थोक मुल्या प्रतिकिलो १५ -२० रुपैयाबाट बृद्धि भएर ३५-४० रुपैया पुगेको छ । सिम्लाको मुल्य ६०-७० रुपैया प्रतिकिलो थियो । अहिले १०० देखि १५० सम्म थोकमा बिक्री भइरहेको छ । यस्तै, स्कुसको मुन्टा थोकमा ६०-७० रुपैया प्रतिकिलो बिक्री भइरहेको छ भने डउठे निगुरो प्रतिकिलो ८० रुपैयामा बिक्री भइरहेको छ । ‘यहाँबाट थोकमा किनेर लगेका व्यापारीहरुले कम्तीमा पनि २० देखि ५० रुपैया थपेर खुद्रामा बिक्री गर्छन् । यसहिसाबले सय रुपैया भन्दा कम दाममा कुनै पनि सब्जी किन्न पाइदैन’–व्यावस्थापक भट्टराईले भने–‘तरकारीको उत्पादन ज्यादै कम छ, माग भने बढी । त्यसैले भाउ दोब्बर वृद्धि भएको हो । चाडपर्वको मुखमा मात्र यस्तो अवस्था आउथ्यो ।’
बजारस्थलका अनुसार सामान्य अवस्थामा यहाँबाट दैनिक एक सय टन हरियो तरकारीको कारोबार हुन्थ्यो । बर्षा लागेपछि घटेर ४० देखि ६० टनमा सिमित भएको छ । पानी परेको दिनमा ४० टन पनि तरकारी नआउने भट्टराईले जानकारी दिए । यो तथ्यांकले पनि बजारमा हरियो तरकारीको स्वत अभाव भएको देखाउछ । हरियो तरकारी मुख्य गरी धनकुटा, तेह्रथुम, संखुवासभा जिल्ला र मोरङ, सुनसरीको उत्तरी गाविसबाट बजारस्थल आउछ । पहाडी जिल्लाको हरियो तरकारी धरान हुदै पुर्वी शहर र भारतको छिमेकी शहरसम्म पुग्ने गरेको छ । यस्तै, भारतबााट आयात भएको आलु र प्याज धरान हुदै पहाडी जिल्ला जान्छ । धरान १३ स्थित थोक बजारमा धरानका मात्रै होइन, इटहरी, इनरुवा, विराटनगरदेखि झापाको दमक र पश्चिममा राजविराजसम्मका व्यापारीहरु हरेकदिन हरियो तरकारी लिन आउछन् । पहाडी क्षेत्रबाट तरकारी लिएको गाडी आइपुग्यो कि व्यापारीहरुमा तछाड मछाड र तानातान मच्चिछ । बर्षाले वाली नष्ट गरेपछि तराई क्षेत्रको माग त्यहीको उत्पादनले मात्रै थेग्दैन । जसले गर्दा तराईका जिल्लामा पूर्वी पहाडमा उत्पादन भएको हरियो सब्जीको माग अत्यधिक छ ।
व्यापारीहरुका अनुसार बजारमा हरियो तरकारी अभाव हुनुमा निरन्तरको भारी बर्षा नै प्रमुख कारण हो । बर्षाले तराई डुबानमा छ भने पहाडी क्षेत्रमा पहिरो र खराब बाटोले यातायात असुविधा छ । जसले गर्दा पहाडमा उत्पादन भएको हरियो तरकारी किसानले बजारसम्म पु¥याउन सकेका छैनन् । माग अनुसार हरियो तरकारी आपुर्ति नभएपछि बजार भाउ स्वत आकासिने गरेको भानुसब्जी व्यावसायी समितिका अध्यक्ष धर्मराज तिम्सिनाले बताए । ‘तराई त डुबानमा परिहाल्यो । पहाडमा उत्पादन भएको तरकारी पनि पहिरो र बाटोको समस्याले बजारसम्म आउन सकेको छैन । किसानको बारीमा कति तरकारी सडेको छ’–उनी भन्छन्–‘किसान पनि मारमा छन्, उपभोक्ता महंगीको मारमा । तरकारी नआएर पैसा भएर पनि किनेर खाने अवस्था पनि छैन ।’
बजारस्थलका व्यावस्थापक लक्ष्मण भट्टराई भने मुल्य नियन्त्रणको लागि एउटा संयन्त्र नै आवश्यक रहेको बताउछन् । तर, मुल्य नियन्त्रणमा कसैले पनि ध्यान नदिएको उनको गुनासो छ । ‘थोकमा कति रुपैयामा किनेको हो, उसको लागत कति प¥यो र खुद्रामा कति नाफा लिएर बेच्दैछ भनेर अनुगमन गर्ने संयन्त्र न चाहिन्छ’–भट्टराईले भने । भानु सब्जी व्यावसायी समितिका अध्यक्ष धर्मराज तिम्सिना भने तरकारी नपाएर हाहाकार भइरहेको अवस्थामा मुल्य नियन्त्रण गर्न सम्भव नहुने बताउछन् । ‘पैसा हालेर खान पाउने अवस्था छैन । एउटा तरकारीको बोरामा पहाडबाट आउदा व्यापारीहरुमा हारालुछ हुन्छ । यस्तोमा भाउ नियन्त्रण सम्भवै छैन’–उनी भन्छन् ।
लामो समय खडेरीले रुवाएको किसानलाई असार लगत्तै शुरु भएको बर्षात पनि थप मारमा पारेको व्यापारीहरुको भनाई छ । सबैभन्दा बढी सर्वसाधारण उपभोक्ताले महंगीको मार खेप्नु परेको स्वयम् व्यापारीहरु स्वीकार गर्छन् । ‘लामो समय खडेरीले गर्दा खेती भएन । जेठमा अलिअलि परेको पानीमा किसानले वाली लगाएका थिए । फल लाग्ने बेला असारतिर बर्षाले क्षति पुगिहाल्यो’–कृर्षि उपज बजारस्थलका अध्यक्ष एवं व्यापारी प्रतिनिधि काजी गिरीले भने–‘किसानलाई क्षति भयो, महंगीको मार भने उपभोक्तालाई परेको छ । गरिबले त एक मुठा साग किन्न सक्ने अवस्था पनि भएन ।’ उनका अनुसार गएको असोजदेखि जेठ दोस्रो सातासम्मको खडेरीले किसानले अन्नवाली लगाउन सकेनन् । जेठमा भएको हल्का बर्षामा किसानले थोरै भएपनि वाली लगाएका थिए । त्यसलाई पनि असारदेखिकै बर्षाले क्षति पु¥याएको गिरीको भनाई छ ।
बर्षा अघिको तुलनामा अधिकांश हरियो तरकारीको भाउ अहिले दोब्बर भएको छ । धरान १३ स्थित कृर्षि उपज बजारस्थलका अनुसार हरियो तरकारीको थोक मुल्य नै एक महिना यता आकासिएको छ । खुद्रा बजारमा त उपभोक्ताले झन् महंगोमा खरीद गर्न बाध्य छन् । बजारस्थलको अनुसार थोक मुल्यमा नै फुलकोपीको भाउ प्रतिकेजी ३५-४० थियो भने अहिले गुणस्तर हेरिकन ७०देखि १०० रुपैया किलो पुगेको छ । टमटर प्रतिकेजी २५-३० बाट बृद्धि भएर ४५-५० पुगेको छ । हरियो खोर्सानी प्रतिकिलो ५०-६० रुपैया थियो भने अहिले प्रतिकिलो १५० छ । गाँजरको थोक मुल्य प्रतिकेजी ५०-६० बाट बढेर प्रतिकेजी १००-१२० पुगेको छ । ‘बिहे भोज, कुनै ठुलो कार्यक्रम आयोजना हुदा गाँजर अभावले ४०० रुपैया प्रतिकिलोको दरमा पनि बिक्री भएछ’–बजारस्थलका व्यावस्थापक लक्ष्मण भट्टराईले भने–‘हरियो तरकारीको मुल्य नियन्त्रण बाहिर गुसिक्यो भन्दा नि हुन्छ ।’
हरियो सिवीको थोक मुल्य प्रतिकिलो ३५-४० बाट बढेर अहिले ६०-७० रुपैया पुगेको छ । मुलाको थोक मुल्या प्रतिकिलो १५ -२० रुपैयाबाट बृद्धि भएर ३५-४० रुपैया पुगेको छ । सिम्लाको मुल्य ६०-७० रुपैया प्रतिकिलो थियो । अहिले १०० देखि १५० सम्म थोकमा बिक्री भइरहेको छ । यस्तै, स्कुसको मुन्टा थोकमा ६०-७० रुपैया प्रतिकिलो बिक्री भइरहेको छ भने डउठे निगुरो प्रतिकिलो ८० रुपैयामा बिक्री भइरहेको छ । ‘यहाँबाट थोकमा किनेर लगेका व्यापारीहरुले कम्तीमा पनि २० देखि ५० रुपैया थपेर खुद्रामा बिक्री गर्छन् । यसहिसाबले सय रुपैया भन्दा कम दाममा कुनै पनि सब्जी किन्न पाइदैन’–व्यावस्थापक भट्टराईले भने–‘तरकारीको उत्पादन ज्यादै कम छ, माग भने बढी । त्यसैले भाउ दोब्बर वृद्धि भएको हो । चाडपर्वको मुखमा मात्र यस्तो अवस्था आउथ्यो ।’
बजारस्थलका अनुसार सामान्य अवस्थामा यहाँबाट दैनिक एक सय टन हरियो तरकारीको कारोबार हुन्थ्यो । बर्षा लागेपछि घटेर ४० देखि ६० टनमा सिमित भएको छ । पानी परेको दिनमा ४० टन पनि तरकारी नआउने भट्टराईले जानकारी दिए । यो तथ्यांकले पनि बजारमा हरियो तरकारीको स्वत अभाव भएको देखाउछ । हरियो तरकारी मुख्य गरी धनकुटा, तेह्रथुम, संखुवासभा जिल्ला र मोरङ, सुनसरीको उत्तरी गाविसबाट बजारस्थल आउछ । पहाडी जिल्लाको हरियो तरकारी धरान हुदै पुर्वी शहर र भारतको छिमेकी शहरसम्म पुग्ने गरेको छ । यस्तै, भारतबााट आयात भएको आलु र प्याज धरान हुदै पहाडी जिल्ला जान्छ । धरान १३ स्थित थोक बजारमा धरानका मात्रै होइन, इटहरी, इनरुवा, विराटनगरदेखि झापाको दमक र पश्चिममा राजविराजसम्मका व्यापारीहरु हरेकदिन हरियो तरकारी लिन आउछन् । पहाडी क्षेत्रबाट तरकारी लिएको गाडी आइपुग्यो कि व्यापारीहरुमा तछाड मछाड र तानातान मच्चिछ । बर्षाले वाली नष्ट गरेपछि तराई क्षेत्रको माग त्यहीको उत्पादनले मात्रै थेग्दैन । जसले गर्दा तराईका जिल्लामा पूर्वी पहाडमा उत्पादन भएको हरियो सब्जीको माग अत्यधिक छ ।
व्यापारीहरुका अनुसार बजारमा हरियो तरकारी अभाव हुनुमा निरन्तरको भारी बर्षा नै प्रमुख कारण हो । बर्षाले तराई डुबानमा छ भने पहाडी क्षेत्रमा पहिरो र खराब बाटोले यातायात असुविधा छ । जसले गर्दा पहाडमा उत्पादन भएको हरियो तरकारी किसानले बजारसम्म पु¥याउन सकेका छैनन् । माग अनुसार हरियो तरकारी आपुर्ति नभएपछि बजार भाउ स्वत आकासिने गरेको भानुसब्जी व्यावसायी समितिका अध्यक्ष धर्मराज तिम्सिनाले बताए । ‘तराई त डुबानमा परिहाल्यो । पहाडमा उत्पादन भएको तरकारी पनि पहिरो र बाटोको समस्याले बजारसम्म आउन सकेको छैन । किसानको बारीमा कति तरकारी सडेको छ’–उनी भन्छन्–‘किसान पनि मारमा छन्, उपभोक्ता महंगीको मारमा । तरकारी नआएर पैसा भएर पनि किनेर खाने अवस्था पनि छैन ।’
बजार भाउ नियन्त्रणमा उदासिन
उत्पादन कमी भएको मौकामा बजारमा हरेक खाद्यान्नको भाउ एक्कासी वृद्धि हुने गरेको छ । प्रशासनले बेला बेला खाद्यान्न खानयोग्य भए नभएको अनुगमन गरेपनि हरियो तरकारीको मुल्य आकासिदा नियन्त्रण गर्न कहिल्यै चासो दिदैन । बर्षाले कम उत्पादन भएको र माग वमोजिम तरकारी बजारमा आपुर्ति नभएपछि उपभोक्ताले महंगीको मार खेपीरहेका छन् । तर, प्रशासन, उपभोक्ता अधिकारका संस्था, नागरिक समाजलगायत सबै मौन छ । ‘अनुगमन गर्ने निकायहरु नै सबै मौन छ । जनतालाई जे जस्तो समस्या होस, उनीहरु बेखबर छन्’–कृर्षि उपज बजारस्थलका अध्यक्ष काजी गिरीले भने ।बजारस्थलका व्यावस्थापक लक्ष्मण भट्टराई भने मुल्य नियन्त्रणको लागि एउटा संयन्त्र नै आवश्यक रहेको बताउछन् । तर, मुल्य नियन्त्रणमा कसैले पनि ध्यान नदिएको उनको गुनासो छ । ‘थोकमा कति रुपैयामा किनेको हो, उसको लागत कति प¥यो र खुद्रामा कति नाफा लिएर बेच्दैछ भनेर अनुगमन गर्ने संयन्त्र न चाहिन्छ’–भट्टराईले भने । भानु सब्जी व्यावसायी समितिका अध्यक्ष धर्मराज तिम्सिना भने तरकारी नपाएर हाहाकार भइरहेको अवस्थामा मुल्य नियन्त्रण गर्न सम्भव नहुने बताउछन् । ‘पैसा हालेर खान पाउने अवस्था छैन । एउटा तरकारीको बोरामा पहाडबाट आउदा व्यापारीहरुमा हारालुछ हुन्छ । यस्तोमा भाउ नियन्त्रण सम्भवै छैन’–उनी भन्छन् ।
Comments
Post a Comment