विजयपुर पार्क सधै बन्द
धरान । ऐतिहासिक विजयपुर गढी(डाँडा) धरान घुम्न आउने पर्यटकहरुको प्रमुख गन्तव्य हो । पर्यटकहरुको पहिलो रोजाईकै विजयपुर चोकमा अवस्थित विजयपुर पार्क भने सधै बन्द हुन्छ । धरान १४ विजयपुर चोकस्थित पार्क सधै बन्द हुदा पर्यटकहरुको नजरबाट सधै ओझेलमा छ ।
उपमहानगरपालिकाले पार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्न नसक्दा पार्कको सौन्दर्य खेर गइरहेको छ भने प्रवेश शुल्कमार्फत आर्थिक लाभको प्रशस्त सम्भावना भए पनि पार्कको उपयोग हुन सकेको छैन । न्युन संख्याका पर्यटकहरु मात्र पार्क बाहिरबाट फोटो खिचेर जान्छन् । प्रमुख पर्यटकीय गन्तव्यकै पार्क पर्यटकको पहुँचमा नभएको स्थानीयको गुनासो छ । ‘धरान आउने पर्यटकहरु विजयपुर नै जाने हो, तर ती पर्यटकहरु विजयपुर पार्कमा प्रवेश गर्न भने पाउदैनन्’–स्थानीयबासी एवं भाषाविद् डा.टंक न्यौपाने भन्छन्–‘पार्क सधै बन्द हुन्छ । एउटा कुर्सी, टेवल र रसीद राखेर न्युनतम शुल्क लिने व्यवस्था भए राम्रो हुन्छ ।’
विजयपुर क्षेत्रमा ऐतिहासिक तथा पौराणिक महत्वका मठमन्दिरहरु छन् । ती मन्दिरहरुमा बार्षिक लाखौं धार्मिक पर्यटकहरु आउछन् । तर, उनीहरु विरलै विजयपुर पार्क प्रवेश गर्छन् । पार्कको रेखदेख गर्न उपमहानगरले स्थानीय गीता श्रेष्ठलाई मालीकोरुपमा जागिर दिएका छन् । उनले फुलबारी गोडमेल गर्नमात्र पार्क खोल्ने गरेकी छिन् । यद्यपी, कसैले फोटो खिच्न, भिडियो सुटिङ गर्न आग्रह गर्दा गेट खोलिदिने गरेको उनले बताइन् । ‘टिकट लिने व्यावस्था छैन, जो कोही पसेर विगार गर्छ भनेर पनि ताला लगाएको हो’–उनले भनिन् ।
पार्क वरीपरी विराट क्षेत्र पर्यटक विकास समितिले फलामे फलैचा बनाइदिएको छ । पार्कभित्र सुन्दर फुलबारी छ । मध्यभागमा श्रष्टा विभूति स्मारक छ । यो स्तम्भ ०६९ फागुन पहिलो साता उद्घाटन भएको हो । तीन दिने अन्तर साँस्कृतिक सद्भाव तथा भयवाद विमर्श कार्यक्रमको क्रममा भयवाद अध्ययन केन्द्रको पहलमा स्तम्भ निर्माण भएको हो । स्मारकको फेदमा कला, साहित्य, संगीतको सम्मानमा प्रतिकात्मक चिन्ह् स्थापना गरिएको छ । भयवाद अध्ययन केन्द्रका अध्यक्ष डा. टंक न्यौपानेका अनुसार पुस्तक(ज्ञानको प्रतिक), आँखा(श्रष्टाको प्रतिक) र दियोको आभा(एकताको प्रतिक) रहेको छ भने अग्लो स्मारकको शिरमा पुस्तकमाथि मुर्तिकारको हथौडा, संगीतकारको सारङ्गी, चित्रकारको पेन्टिङ ब्रस, इञ्जिनियरको पेन्सिल, साहित्यकारको कलम राखिएको छ । सबैभन्दा माथि स्वतन्त्रताको प्रतिक स्वरुप उडिरहेको पंक्षी भएको न्यौपानेले बताए ।
स्मारकको महत्व यतिमा सिमित छैन । यसको चारै पाटोमा सुनसरी जिल्लामा अवस्थित प्रमुख धार्मिकस्थलहरु सुन्दर ढंगले कुँदिएका छन् । स्मारकमा बराहक्षेत्र मन्दिर, रामधुनी मन्दिर, पञ्चकन्या मन्दिर, पिष्णुपादुका मन्दिर, बुढासुब्बा मन्दिर, दन्तकाली र पिण्डेश्वर मन्दिर कुँदिएको छ । धार्मिक पर्यटकीय गन्तव्यहरुको एकैठाउमा पर्यटकहरुलाई सुचना दिनको लागि ती मन्दिरहरु कुँिदएको डा.न्यौपानेको भनाई छ । तर, पर्यटकहरुको लागि खुला नहुदा भने पार्कको महत्व र सौन्दर्य फिका भएको उनले बताए । पार्कमा श्रष्टा स्मारक निर्माण हुनुअघि भने पञ्चायतकाली रजत जयन्ती स्मारक थियो । पञ्चायतको रजत जयन्ती अवसरमा ०४२ सालमा स्तम्भ निर्माण गरिएको थियो । स्तम्भमाथि गोलाकारमा राजदण्ड तथा राजनिशान छाप भएको जानकारहरु बताउछन् । ०६२÷०६३ सालको जनआन्दोलनताका पञ्चायत रजत स्तम्भ तोडफोड भएको थियो । भयवाद अध्ययन केन्द्रको पहलमा त्यही स्तम्भलाई परिवर्तन गरी श्रष्टा स्मारक बनाएको हो ।
पार्कलाई व्यवस्थित गरेर पर्यटनको आयस्रोत बनाउन नसकेको स्वीकार गर्दै धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले स्थानीयलाई नै सञ्चालनको जिम्मा दिएर व्यवस्थित गर्ने अवधारणा बनाएको जानकारी दिए । ‘हेरचाह गर्ने माली अवकाश हुने बेला भएको छ, उनको अवकाश पछि स्थानीयलाई जिम्मेवारी दिएर व्यवस्थितरुपमा सञ्चालन गछौं’–खतिवडाले भने । स्थानीय एवं भाषाविद् न्यौपाने त अझ विजयुरक्षेत्रका अधिकांश घरमा भएका सेनकालीन ढुंगा, ओखल, झ्यालको अवशेषहरुलाई पनि संकलन गरेर पार्कमा सुरक्षित राख्नुपर्ने धारणा राख्छन् । त्यसो गर्दा लोपोन्मुख ऐतिहासक वस्तुहरुको संरक्षण हुने र पार्क पर्यटकहरुको नजरमा पर्ने उनको भनाई छ । यसको लागि उपमहानगरपालिकाले नै पुरात्तत्व विभागसँग समन्वय गर्नुपर्ने न्यौपानेको सुझाव छ ।

Comments
Post a Comment