भाटभटेनीको गोदाममा सिल

म्याद गुज्रिएका सामाग्रीहरु कति परिमाणमा छन् भन्ने स्पष्ट खुल्न नसकेपछि तत्काललाई स्टोर सिल गर्ने निर्णय गरिएको खतिवडाले जानकारी दिए । उनका अनुसार टोली पुनः धरान आएर थप अनुसन्धान गर्ने जनाए । ‘के कति मात्रामा एक्स्पायर समानहरु छन् भन्ने रेकर्ड नै रहेनछ, हामीलाई अध्ययन गर्न पनि समय नभएकोले सिल गरेको हो’–खतिवडाले भने–‘कुन सामान एक्स्पायार हो, कुन फ्रेस हो भन्ने प्रष्ट नहुदा उपभोक्तालाई बिक्री हुनसक्छ नि ।’
भाटभाटेनीका कर्मचारीले एक्स्पायर सामान कम्पनीलाई फिर्ता गराउने भनेपनि अनुगमन टोलीलाई कति संख्या वा परिमाणमा छन् भनेर खुलाउन सकेनन् । स्टोरमा स्टक गरिएका समानहरु चेकजाँच गर्दा मिति नाघेका सामानहरु पनि भेटिएपछि भाटभटेनीले के कति सामान छन् भनेर रेकर्डसमेत देखाउन सकेन । भाटभटेनी कर्मचारीका अनुसार मिति नाघेको कोल्ड ड्रिंक्स, चकलेट छन् भने कुहिएको फर्चुनको आटा पनि छ ।
यसैगरि, अनुगमनको क्रममा धरान ४ छाताचोकस्थित शान्ति चिया तथा किराना पसलमा लेबल नभएको २ जार पानी फेला परेपछि टोलीले तत्काल नष्ट गरेको थियो । यस्तै, नापतौल तथा गुणस्तर कार्यालयबाट लाइसेन्स नलिई डिजिटल काँटा प्रयोग गरिरहेको पाएपछि टोलीले तीन दिनभित्र दर्ता गरेर प्रयोग गर्न लिखित निर्देशन दिएको छ छाताचोकको शान्ति चिया तथा किराना पसल, ललन किराना पसल र गंगोत्री डेरीमा लाइसेन्स नलिई डिजिटल काँटा प्रयोग भएको अनुगमन टोलीले फेला पारेको थियो । नयाँ डिजिटल काँटा नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय विराटनगरमा ३५ दिनभित्र दर्ता गरी अनुमति लिएर मात्र प्रयोग गर्न पाइन्छ ।

जिल्ला प्रशासनको नेतृत्वमा हिडेको अनुगमन टोलीमा पशुसेवा कार्यालयका डा.कमल गिरी, सुनसरी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष गिरीधारी सापकोटा, कृर्षि विकास कार्यालयका देवनारायण शाह, नापतौल क्षेत्रीय कार्यालय विराटनगरकी अनुजा घिमिरेसहित धरान उपमहानगरपालिकाका प्रतिनिधि, प्रहरीसमेत सहभागी थियो ।
Comments
Post a Comment