युवाहरु सृर्जनशील र उद्यमशील हुनुपर्नेमा जोड

धरान । युवाहरु सृर्जनशील एवं उद्यमशील हुन सकेमात्र मुलुक आर्थिक विकासमा अघि बढ्न सक्ने यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले जोडदिएका छन् । यसका लागि युवाहरु विदेश पलायन नभई स्वदेशमै आधुनिक कृर्षि तथा उद्यमशील कार्यमा जुट्न जोडदिएका छन् ।
१७ औं अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार धरानमा आयोजित आर्थिक विकासमा युवाको सहभागीता बिषयक अन्र्तक्रियामा यस्तो धारणा व्यक्त भएको हो । रुपान्तरण नेपाल सुनसरीले आयोजना गरेको अन्र्तक्रियाका प्रमुख वक्ताहरुले युवाहरु उत्पादनशील हुनुपर्नेमा पनि जोडदिए । राष्ट्रिय युवा नीतिबारे कार्यपत्र प्रस्तुत गर्दै सामाजिक अभियन्ता मुरारी सुवेदीले खेलकुदको दृष्टिकोणबाट मात्र युवा नीति बनिने गरेको टिप्पणी गरे । युवाको क्षमता खेलकुदमा पदक जित्यो कि जितेन भनेर मापन गर्ने सोचमा परिवर्तन आउन आवश्यक रहेको उनको भनाई थियो ।
नेपालमा १६ देखि ४० बर्ष उमेर समुहका युवाको संख्या ४०.३ प्रतिशत रहेको उल्लेख गर्दै उनले उत्पादनशील र आर्थिक समृद्धिबारे नसोचे डेढ दशकपछि उनीहरुको विचल्ली हुने उनले बताए । ‘हाम्रो मुलुकमा ४० बर्षसम्म युवा मान्ने गरिएको छ, जसले आमाबुबा र छोराछोरीको लागि एउटै नीति बनिरहेको अवस्था छ । अन्य देशमा यस्तो छैन’–उनले भने–‘अब युवाहरुलाई श्रमप्रति सम्मान गर्ने सँस्कार विकास गराउनुपर्छ, काम सानो ठुलो हुदैन, सबै समान हो भनेर युवाहरुले पनि बुझ्नुपर्छ ।’
युवा कृषक एवं अग्र्यानिक खेतीका अभियन्ता कृष्ण राईले देश विकास गर्नको लागि युवाहरुलाई आधुनिक कृर्षि पेशामा आकर्षित गर्नुपर्ने बताए । त्यसको लागि सरकारको सोच कृर्षिप्रति सकरात्मक हुनुपर्ने उनले जोडदिए । ‘कृर्षि प्रधान देशमा सरकार पनि सकारात्मक हुनुपर्छ र समाजले कृर्षिलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन आउनुपर्छ’–उनले भने–‘कसैलाई आर्शिवाद दिदा डाक्टर, इञ्जिनियर हुनु भन्छन्, तर असल कृषक हुनु है भनिदैन । कृर्षि पेशालाई सम्मान हुनुपर्छ ।’ उनले तल्लो तहदेखि नै कृर्षि शिक्षा लागु गर्नुपर्ने पनि बताए ।
निसुङ्मा ब्युटि सोलुसन प्रालिका प्रोपाइटर बिष्णु लिम्बुले सौन्दर्य व्यावसाय सहजरुपमा आम्दानी हुने पेशा भएको उल्लेख गर्दै धरानमा गृहणीहरु यो व्यावसायबाट आत्मनिर्भर भएको बताइन् । सीप सिकेर स्वदेशमै अवसर सृर्जना गरी सदुपयोग गर्नसकिने र स्वरोजगार हुनसकिने उनको भनाई थियो । ‘सिप सिकेको छ भने स्वदेशमा आत्मनिर्भर हुनसकिन्छ, विदेश गए पनि सिप सिकेको जनशक्तिले राम्रो काम पाउछ र राम्रो आम्दानी हुन्छ’–उनले भनिन् । डिप्लोमा ह्याण्डीक्रयाफ्ट तालिम केन्द्रकी प्रोपाइटर पुर्णकला मास्केले युवाहरुले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोडदिइन् । केही गर्ने सोच र हिम्मत गरेमा युवाहरुले आत्मनिर्भर हुनसक्ने उनको भनाई थियो । आयोजक संस्थाकी सचिव इन्द्रकला राई युवाहरुलाई उद्यमशील तथा उत्पादनशील बन्न उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । संस्थाकी अध्यक्ष सविता राईको अध्यक्षतामा आयोजित कार्यक्रममा ६० भन्दा बढी सहभागी थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे