पुर्व डिपोटियनद्धारा हातेमालो अक्षय कोषमा सहयोग

धरान । एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि स्थापना गरिएको हातेमालो अक्षय कोषमा डिपोट उच्चमाविका पुर्व विद्यार्थीहरुले सहयोग गरेका छन् । धरान १८ स्थित डिपोट उमाविका पुर्वविद्यार्थीहरुको संस्था पुर्वडिपोटियन विद्यार्थी संगठनले अक्षय कोषको लागि ४० हजार रुपैया सहयोग गरेका हुन् ।
शुक्रबार एक कार्यक्रमबीच विद्यार्थी संगठनका पदाधिकारीहरुले धरान पोजेटिम समुहका अध्यक्ष खगेन्द्र खड्कालाई नगद हस्तान्तरण गरेका थिए । संगठनको हङकङ समुह तथा पुर्व डिपोटिन मधुकुमार राईको पहलमा संकलित रकममध्ये ४० हजार कोषको लागि सहयोग गरिएको अध्यक्ष प्रविण राईले जानकारी दिए । उनका अनुसार हङकङबाट प्राप्त सहयोग यसअघि घोपा निमाविलाई ल्यापटप र शैक्षिक सामग्री दिइएको थियो ।
धरान पोजेटिम समुहका अध्यक्ष खड्काका अनुसार ५ सय संक्रमितहरु सदस्य छन् भने ३० जना बालबालिकाहरु एचआइभी संक्रमित छन् । प्रभावित बालबालिकाहरुको संख्या भने यकिन नभएको उनले बताए । संक्रमितसँगै प्रभावित बालबालिकालाई प्राथमिकतामा राखेर हातेमालो कोष स्थापना र सञ्चालन गरिएको उनले बताए । ‘संक्रमित बालबालिकाहरुलाई त केही सेवा सुविधा छ, तर प्रभावितहरुको लागि सुविधा छैन’–उनले भने–‘त्यसैल प्रभावित बालबालिकाहरुलाई बढी प्राथमिकता दिइरहका छौं । कोष जति बढ्दै गयो, त्यति धेरै बालबालिकालाई सेवा, सुविधा दिनसक्छौं ।’
अध्यक्ष खड्काका अनुसार संक्रमित बालबालिकाहरुलाई शिक्षाको लागि ग्लोबल फण्डबाट मासिक १ हजार रुपैया प्राप्त हुन्छ । तर, प्रभावित परिवारका बालबालिकाहरुलाई भने यो सुविधा छैन । कतिपय संक्रमित परिवारमा श्रीमान मृत्यु भइसकेको र संक्रमित आमाले मात्र परिवार धान्न सक्ने अवस्था छैन । प्रभावित भनिएकै बालबालिकाहरुको परीक्षण नभएको कारण उनीहरु वास्तविक प्रभावित मात्र हुन कि संक्रमित पनि हुन् भन्ने यकिन नभएको खड्काले बताए । ‘हामीले प्रभावित मात्र ठानेको बालबालिकाहरु संक्रमित भएका छन् भने त उनीहरुलाई पौष्टिक आहार चाहिन्छ । घरको नाजुक आर्थिक अवस्थाले पौष्टिक आहार पाइराखेका छैनन् र उनीहरुको जीवन छोटिदै गइरहेको छ’–उनले भने । पारिवारिक, सामाजिक दबाब एवं अवस्थाले गर्दाे प्रभावित बालबालिकाहरुको परीक्षण नभएको उनको भनाई छ ।
हातेमालो कोषको स्थापना तेस्रो नेवा च्यारिटी ८ के रनको आयोजकले डेढ लाख रुपैया उपलब्ध गराएर स्थापना भएको थियो । उक्त कोषलाई बराह ज्वेलरीले थप ५० हजार दिएको थियो । डिपोटिन विद्यार्थीले दिएको रकमसहित कोषमा जम्मा २ लाख ७१ ह्जार रुपैया भएको अध्यक्ष खड्काले जानकारी दिए । कोषको ब्याजले यसअघि २ चरणमा १५ जना बालबालिकाहरुलाई सहयोग गरिसकेको पनि उनले खुलाए । डिपोटिन विद्यार्थी संगठनका सल्लाहकार नविन राईले संक्रमित एवं प्रभावित बालबालिकाहरुको भविष्यको लागि समाजका सबै तह,तप्काबाट जिम्मेवारी लिइनुपर्ने धारणा राखेका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे