भाषाविद न्यौपानेलाई अभिनन्दन गरिने

धरान । भाषाविद् प्रा.डा. टङ्क न्यौपानेलाई नागरिकस्तरबाट अभिनन्दनको गरिने भएको छ । डा.न्यौपानेलाई अभिनन्दन गर्न धरान र इटहरीका विभिन्न संघसंस्थाहरु सक्रिय भएको छ । डा.न्यौपानेलाई अभिनन्दन गर्न मुल समारोह समिति गठन भएको छ भने समिति मातहतमा विभिन्न समितिहरु गठन गरिएको छ । मोती जयन्तीको अवसर पारेर यही भदौ १६ गते डा न्यौपानेलाई उनकै कद बराबरको ताम्रपत्रले अभिनन्दन गरिन लागेको समितिले जनाएको छ । न्यौपाने नेपालेली भाषामा उच्च योगदान पु¥याएका व्यक्तित्वकोरुपमा परिचित छन् । डा न्यौपानेले ०६० सालमा आठपरिया राई भाषामा विद्यावारिधि गरेका थिए । उनी हाल इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।
व्यवस्थापन समितिका संयोजक गोपीकृष्ण खतिवडाका अनुसार भदौ १६ गते इटहरीको जनता क्याम्पसबाट ¥याली निस्किनेछ । इटहरीबाट उक्त समुह धरान आउनेछ । धरानमा पञ्चेबाजा र साँस्कृतिक झाँकीसहित नगर परिक्रमा गराइने खतिवडाले जानकारी दिए । ‘भाषा वाङमयमा उहाँले पु¥याउनु भएको योगदानलाई सम्मान गर्न अभिनन्दन गर्ने तयारीमा लागेका छौं, यो शुभ कार्यमा सबैबाट सहयोगको अपेक्षा गरेका छौं’–खतिवडाले भने ।
अभिनन्दन समारोहमा विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका डा न्यौपानेको विषयमा लेखिएको अभिनन्दन ग्रन्थसमेत विमोचन गरिनेछ । अभिनन्दनको लागि धरानमा क्रियाशील आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, दलित समन्वय समिति, नेवार एकता समाज, तामाङ घेदुङलगायतका विभिन्न जातीय सङ्घ–संस्थाहरुलाई पनि सम्मानित सदस्यका रुपमा व्यवस्थापन समितिमा मनोनित गर्ने निर्णय भएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे