सुनसरीमा कृर्षि पर्यटनको अवधारणा
धरान । सुनसरी उद्योग वाणिज्य संघले सुनसरी जिल्लालाई कृर्षि पर्यटनको केन्द्र बनाउने अवधारणा अघि सारेको छ । एक जिल्ला एक उत्पादन कार्यक्रमअन्र्तगत संघको यो अवधारणालाई नेपाल उद्योग वाणिज्य महासंघले समेत स्वीकृत गरेको छ ।
यसअघि एक गाउँ एक उत्पादन कार्यक्रमअन्र्तगत संघले साविक विष्णुपादुका गाविस(हाल धरान उपमहानगरपालिका)लाई बेसार खेतीको पहिचान दिलाएको थियो । विष्णुपादुका बेसार खेती एवं उत्पादनको ख्याति कमाएको गाउँ हो । यो कार्यक्रम सञ्चालनकै क्रममा जिल्लामा कृर्षि पर्यटनको सम्भावना देखेपछि संघले छाता संगठन(महासंघ)मा प्रस्ताव पेश गरेको थियो । कृर्षिको माध्यमबाट गाउँमा नै पर्यटक आउने वातावरण तयार गर्ने संघको प्रस्तावलाई पनि स्वीकृति दिएको महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले बताइन् । ‘कृर्षि अर्थतन्त्रको महत्वपुर्ण क्षेत्र हो । यही सुनसरीमा कृर्षि पर्यटनको प्रशस्तै सम्भावना छ’–संघको साताव्यापी ५३ औं बार्षिकोत्सव समापन समारोहलाई सोमबार सम्बोधन गर्दै राणाले भनिन्–‘संघले पठाएको कृर्षि पर्यटनको प्रस्तावलाई महासंघले स्वीकृत गरिसकेको छ, सुनसरी कृर्षि पर्यटनको नमुना जिल्ला हुन्छ भन्ने आशा लिएकी छुँ ।’
वरिष्ठ उपाध्यक्ष राणाले निर्वाहमुखी नेपालको कृर्षि क्षेत्रलाई अब व्यावसायीकरण गरेर अघि बढाउन अतिआवश्यक भएको बताइन् । साथै उनले यसअघिको एक गाउँ एक उत्पादनअन्र्तगतको बेसारलाई ब्राण्डिङ गरेर प्रर्वद्धन गर्न पनि सुझाइन् । ‘नेपालको कृर्षि क्षेत्र व्यावसायीकारणमा गयो भने निर्यात गर्न नसके पनि कृर्षि उत्पादनको आयातलाई रोक्न सक्ने अवस्थामा पुग्छौं’–उनले भनिन् ।
सुनसरी जिल्लाको मुख्य पेशा कृर्षि नै हो । यहाँका ५८.६४ प्रतिशत जनता कृर्षिमा संलग्न रहेको तथ्यांक छ । कुल क्षेत्रफल १ लाख २७ हजार ७७ हेक्टरमध्ये ७५ हजार ५ सय ४१ ह्ेक्टर खेतीयोग्य जमिन छ । यसमध्ये २० हजार हेक्टरमा बाह्रै महिना सिचाई सुविधा छ भने १५ हजार हेक्टरमा मौषम अनुसार सिचाई हुन्छ । बाँकी ३९ हजार ५ सय ४१ ह्ेक्टरमा सिचाई सुविधा छैन । यहाँको मुख्य कृर्षि उपजहरुमा धान, गहुँ, दलहन, तेलहन, उखु, जुट र सुर्ति नगदेबालीकोरुपमा छ । यद्यपी, महासंघले स्वीकृत गरेको संघको प्रस्तावमा पाँचकन्या क्षेत्र, विष्णुपादुका तथा भेडेटार क्षेत्र, हाँसपोशा बक्लौरी क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्ष आसपास क्षेत्रलाई कृर्षि पर्यटनको प्राथमिकतामा राखेको छ । संघले प्राथमिकता दिएको पाँचकन्या क्षेत्रको वसन्तटार अग्र्यानिक खेतीको लागि प्रख्यात छ । युवा कृषक कृष्ण राईको अगुवाईमा वसन्तटार गाउँभरिका कृषक अग्र्यानिक खेती गर्छन् । देशभरका किसानहरु यो नमुना गाउँ भ्रमणमा आउने गर्छन् ।
यस्तै, विष्णुपादुका तथा भेडेटार क्षेत्र तरकारी एवं मसलावालीको लागि उपयुक्त ठाउँ हो । विष्णुपादुकालाई यसअघि नै संघले एक गाउँ एक उत्पादन कार्यक्रमअन्र्तगत वेसार उत्पादनको लागि पहिचान गराएको थियो । हाँसपोशा बक्लौरी क्षेत्र खाद्यान्न वाली उत्पादनको उर्बर भुमि हो भने कोशी टप्पु आरक्ष चरा र अर्ना हेर्नको लागि पर्यटकहरु आउने मुख्य गन्तव्य हो । ‘पाँचकन्या क्षेत्रको वसन्तटारमा अग्र्यानिक खेती छ, विष्णुपादुकामा वेसार र अन्य वाली छ । यीलगायत अन्य क्षेत्रमा कृर्षि उत्पादन बढाएर प्रर्वद्धन गर्ने र त्यसको माध्यमबाट पर्यटक भित्र्याउने योजना हो’–संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठले भने–‘एक जिल्ला एक उत्पादनअन्र्तगत सुनसरीलाई कृर्षि पर्यटनको नमुना जिल्ला बनाउने प्रस्ताव स्वीकृत भएकोछ, यो ज्यादै खुशीको कुरा हो ।’
संघका अनुसार कृर्षि पर्यटनको नुमना जिल्ला बनाउन सचेतना अभिवृद्धि, उद्यमशिलता विकास तालिम, व्यावसायिक योजना निर्माण तथा तालिम, आधुनिक कृर्षि औजार सामग्री वितरण, प्रशोधन तथा लेबलिङ प्याकेजिङ सामग्री वितरण गरिनेछ भने उद्यमीहरुको अवलोकन भ्रमण पनि गराइने छ । साथै, वृहतरुपमा अग्र्यानिक खेती गर्ने, कृर्षि वस्तु उत्पादन पश्चात बिक्री वितरण गरिनेछ । कृर्षि पर्यटनको व्यावस्थापन एवं सञ्चालन गर्ने तथा कृर्षि उपजको बजारीकरण तथा प्रर्वद्धन गर्ने संघको भनाई छ । ‘सञ्जाल विस्तार गर्नका लाग बाह्य जिल्लाहरुका उद्योग वाणिज्य संघहरुसँगको सम्बन्ध विस्तार गर्दै एक जिल्लामा आएका पर्यटकलाई अर्को जिल्लामा घुम्न प्रोत्साहित गर्ने र बजार सञ्जाल निर्माण गर्ने’–संघको प्रस्तावना पत्रमा भनिएको छ–‘जिल्ला तथा स्थानीयस्तरमा पर्यटकीय आवास स्थापना गरी त्यहाँमार्फत पर्यटकलाई होमस्टेकोरुपमा सेवा पु¥याउने ।’
जिल्लाको मुख्य पेशा कृर्षि नै भएपनि परम्परागत कृर्षि प्रणालीले गर्दा किसानहरुप्रति नै रुचि छैन । युवा जनशक्तिको कृर्षिप्रति लगाव नहुदा दैनिक एक हजार ५ सयको हाराहारीमा विदेशिने गरेको संघको अनुमान छ । जसले गर्दा कृर्षि, पशुपालन, उद्योग र व्यापार व्यावसाय खस्कदो छ भने कृर्षियोग्य जमिन प्लटिङमा परिणत भइरहेको छ । यसलाई सुधार गरी युवा जनशक्तिलाई स्वदेशमै आत्मनिर्भर बनाउन एक जिल्ला एक उत्पादनअन्र्तगत कृर्षि पर्यटन कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने संघको अपेक्षा छ ।

Comments
Post a Comment