मनाङ बुढासुब्बा गोल्डकपको फाइनलमा(फोटोफिचर)

धरान । डिफेन्डिङ च्याम्पियन एपिएफ क्लबलाई ३–२ को झिनो गोलअन्तरमा पराजित गर्दै लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब धरानमा जारी १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा एपिएफलाई हराउदै मनाङले गत बर्षको फाइनलमा भोगेको पराजयको वदला पनि लिएको छ ।
मनाङको जितमा अफिज ओलावले, अनिल गुरुङ र अनन्त तामाङले गोल गरे भने एपिएफको लागि रमेश दंगाल र अञ्जन विष्टले मात्रै गोल गरे । मनाङले बुढासुब्बाको उपाधि दुई पटक जितेको छ । गत बर्ष फाइनलमा एपिएफसँग मनाङ १–० ले हार व्यहोरेको थियो । बिहिबार नेपाल पुलिस र रुपन्देही ११ बीचको सेमीफाइनलको विजेतासँग मनाङले शनिबार उपाधिको लागि फाइनल खेल्नु पर्नेछ ।
मनाङका एफिज ओलावलेले पहिलो हाफको खेल शुरु भएको पहिलो मिनेटमै गोल गरेका थिए भने २६ औं मिनेटमा मनाङका अनिल गुरुङले दोस्रो गोल गरेका थिए । मनाङको लागि विजयी गोल भने दोस्रो हाफको १३ औं मिनेटमा अनन्त तामाङले गरेका थिए । एपिएफको लागि रमेश दंगालले पहिलो हाफको ७ औं मिनेटमा गरे भने १३ औं मिनेटमा अञ्जन विष्टले दोस्रो गोल गरेका थिए । पहिलो हाफको ४३ औं मिनेटमा पेनाल्टी प्रहारमा मनाङका सुजल श्रेष्ठ गोल गर्न चुकेका थिए । एपिएफका सरोज कोइरालाले अफिजलाई डिबक्सभित्र लडाएपनि रेफ्री सुदेश पाण्डेले मनाङलाई पेनाल्टी दिने निर्णय गरेका थिए । खेलको म्यान अफ दि म्याच मनाङका विराज मर्हजन घोषित हुदै नगद ५ हजार थापे ।
हार पछि एपिएफका प्रशिक्षक जनक सिंहले योजना अनुसार नखेल्दा तिनवटै गोल आफ्नै खेलाडीको गल्तीमा खाएकोले स्वभाविक हार भएको बताए । म्यान टु म्यान नखेल्दा दुइटा कर्नर र एउटा फ्रिकिकमा गोल खानु परेको उनले बताए । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले जित हात पारे पनि डिफेन्सको लापरवाहीले गोल खानु परेको र खेलाडीहरुले क्षमताअनुसार खेल्न नसकेको बताए । प्रतियोगितामा बिहिबार तीन पटकको विजेता नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच दोस्रो सेमीफाइनल खेल हुनेछ ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे