मैत्रीपुर्ण खेलमा पत्रकार विजयी(फोटोफिचर)

धरान । १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको फाईनल खेलको एक दिनअघि शुक्रबार खेलकुद पत्रकार मञ्च सुनसरी र आयोजक धरान फुटबल क्बल बीच आयोजित मैत्रीपुर्ण खेलमा पत्रकार टोली विजयी भएको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न खेलमा पत्रकार टोलीले आयोजकलाई ३–० गोलअन्तरले हरायो । पत्रकार टोलीले तीनै गोल पहिलो हाफमा गरेको थियो । पहिलो गोल रंजित राईले गरेका थिए भने दोस्रो गोल सुमन श्रेष्ठ र तेस्रो गोल धिरेन्द्र लिम्बुले गरे । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेन ।
एनप्याबसन र प्याब्सनका पदाधिकारीसहित आयोजक टोली मैदानमा उत्रेको थियो । खेलअवधिभर आयोजकले पनि पत्रकारको गोलपोष्टमा थुप्रै आक्रमण गरेपनि गोल गर्न भने सकेन । पहिलो हाफमा आयोजकले पाएको पेनाल्टी अवसरमा पनि गोल गर्न चुकेको थियो । पत्रकार मञ्चको तर्फबाट धरानका विभिन्न संचारगृहमा कार्यरत पत्रकारहरु मैदानमा उत्रिएका थिए ।
रोमाञ्चक मैत्रीपुर्ण खेलमा आयोजकबाट एनप्याब्सनका सुनसरी अध्यक्ष गणेश राईको कप्तानीमा मैदानमा उत्रेको थियो भने पत्रकार टोली सञ्चारकर्मी रामकृष्ण खड्काको कप्तानीमा थियो । मैत्रीपुर्ण खेलले पत्रकार र आयोजकबीचको सम्बन्ध सुदृढ हुने अपेक्षा रहेको पत्रकार मञ्च सुनसरीका अध्यक्ष रत्नप्रसाद आचार्यले बताए । आयोजक धरान फुटबल क्लबका अध्यक्ष किसोर राईले बुढासुब्बा गोल्डकपको प्रचार एवं भव्यरुपमा सफलता दिलाउन पत्रकार तथा सञ्चार क्षेत्रको बिशेष योगदान रहेकोले मैत्रीपुर्ण खेल आयोजना गरिएको बताए ।
मैत्रीपुर्ण खेलअघि प्रमुख अतिथी एवं क्लबका संरक्षक मिनकुमार सुब्बाले रेफ्री धनबहादुर राईलाई बल हस्तान्तरण गरेर खेलको शुरुवात गरेका थिए । गोल्डकपको फाईनल खेल शनिबार (आज) लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी र नेपाल पुलिस क्लब बिच दिउँसो ठिक २ बजे शुरु हुने आयोजकले जनाएको छ । विजेता टिमले ४ लाख र उपविजेताले २ लाख पाउने छन् ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे