धरानमा प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप हुने

धरान । साहसिक खेल पर्यटनलाई पुर्वमा पनि व्यावसायिकरुपमा प्रर्वद्धन एवं विकास गर्ने उद्देश्यले धरानमा तीन दिने राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप २०१६ को तयारी भइरहेको छ । चौथो माउण्टेन स्पोटर््स फेस्टिवलअन्र्तगत यही चैत १२, १३ र १४ गते प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना हुन लागेको हो ।
नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङ्गग्लाइडिङ एशोसिएशनले आयोजना गर्दै आएको यो फेस्टिवल यसअघि भने तीन पटक पोखरामा मात्रै भएको थियो । फेस्टिबलअन्र्तगत पहिलो बर्ष साइक्लिङ, दोस्रो बर्ष र्याफ्टिङ र तेस्रो बर्ष कायाकिङ गरेको एशोसिएशनले यो बर्ष भने प्याराग्लाइडिङ च्याम्पियनसिप गर्दैछ । एक्स्ट्रीम धरान स्थानीय संयोजक रहेको च्याम्पियनसिपमा स्वदेशी र विदेशी गरि ७० भन्दा बढी प्याराग्लाइडर(पाइलट)हरु सहभागी हुने आयोजक कमिटिले जनाएको छ । एक्सट्रीम धरान साहसिक पर्यटनसम्बद्ध साइक्लिङ, प्याराग्लाइडिङ, र्याफ्टिङ, रोयल इन्फिल्डलगायत संस्थाहरुको सञ्जाल हो ।
‘च्याम्पियनसिप भएपनि पुर्वको लागि यो पर्यटन उत्सव नै हो । पहिलो पटक पुर्वमा यति धेरै संख्यामा प्याराग्लाइडिङको उडान हुदैछ । यसले धरानको मात्रै होइन, पुर्वाञ्चलकै पर्यटन प्रर्वद्धन र विकासमा योगदान पुग्छ भन्ने विश्वास लिएका छौं’–च्याम्पियनसिपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक कमिटिका संयोजक एवं बुढासुब्बा प्याराग्लाइडिङ प्रालिका अध्यक्ष लेखमणी जिमीले भने । उनका अनुसार केही पाइटलले धरानमा अनुभव लिएपनि अधिकांशको लागि नयाँ गन्तव्य भएकोले धेरै नै उत्साहित छन् । धरानको विष्णुपादुकास्थित रमाइलो(चिण्डे) डाँडा र छोटीमोरङबाट उडान गर्ने र ल्याण्डिङ(अवतरण) गर्ने ठाउँबारे अध्ययन गर्न एक प्राविधिक टोली च्याम्पियनसिपअघि धरान आउनेछन् । तीन दिन धरानको आकाशमा सोलो र टेण्डम पाइलटहरुले प्याराग्लाइडिङ उडान गर्नेछन् । यो अवधिमा इच्छुकले तोकिएको रकम तिरेर उडानको मजा पनि लिन सक्ने संयोजक जिमीले बताए ।
धार्मिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको धरानमा ०६७ देखि नियमित परीक्षण उडान भएको थियो । धरानका पहिलो प्याराग्लाइडिङ उडान गर्ने पाइटल तारामणी राई हुन् । नेपालमा प्याराग्लाइडिङ शुरु भएको झण्डै दुई दशकमा गत असोजमा सरकारले पहिलो पटक पाइलटलाई लाइसेन्स दिदा पुर्वका ६ जनाले पनि पाएका थिए । जसमा देवविर जिमी, मणिराज तामाङ, एरोन राई(प्रज्वल), जीवनकुमार थेवे, लाक्पा शेर्पा र नरेश राई हुन् । हाल धरान स्काई एड्भेञ्चर प्रालिले धरानमा व्यावसायिक उडान शुरु गरिसकेको छ भने बुढासुब्बा प्याग्लाइडिङ प्रालिले पनि उडान अनुमतिको अन्तिम प्रक्रियामा रहेको जनाएको छ । स्काईका सञ्चालक एवं च्याम्पियनसिपका सह संयोजक रोशन अधिकारी यो उत्सवले धरानलाई एड्भेञ्चर सिटिकोरुपमा चिनाउने अपेक्षा लिएको बताए । ‘यहाँ साहसिक पर्यटनको धेरै सम्भवना छ । हामीले व्यावसायिक उडान शुरु गरेपछि धेरैले नै चासो दिएका छन्’–उनले भने–‘यो उत्सवले एड्भेञ्चर सिटि, फन सिटिकोरुपमा धरानलाई चिनाउनेछ ।’
च्याम्पियनसिपमा ल्याण्डिङ गर्न निश्चित स्थान तोकिएको हुन्छ । त्यहाँ सही तरिकाले ल्याण्डिङ गर्ने पाइलटमध्येलाई प्रथम, दोस्रो र तेस्रो पुरस्कार दिइनेछ । प्रथम हुनेले नगद २५ हजार, दोस्रो हुनेले नगद १५ हजार र तेस्रो हुनेल नगद १० हजारसहित ट्रफी, मेडल पाउनेछन् । करिब ५ लाख खर्च हुने भनिएको च्याम्पियनसिपलाई धरान १८, बुद्धचोकस्थित मंगोलियन कफी आवरले सह प्रायोजन गर्ने आयोजकले जनाएको छ । पोखरामा सरकारले अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने भएकोले अबको केही बर्षमा त्यहाँबाट धेरै प्याराग्लाइडिङ व्यावसायी विस्थापित हुने अवस्था छ । यो उत्सवले ती कम्पनी र पाइलटलाई पोखराको उत्तम विकल्प पुर्वको धरान हो भनेर जानकारी पनि हुने संयोजक जिमीले बताए । ‘पोखरामा भन्दा धरानमा धेरै र राम्रो थर्मलहरु छन्, यहाँ घण्टौंसम्म पनि आकाशमा उडिरहन सकिन्छ । यहाँबाट पाइटलहरु क्रस कन्ट्री गर्दै इलाम पनि पुगेका छन्’–उनले थपे ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे