घर आउदा साथमा न श्रीमति न कमाई
न्यायको खोजीमा भौतारिदै धरान आइपुगेका मृतक संगीताका श्रीमान् युवराज भुजेल । |
तर, घर आउछु भनेर फोन गरेकै भोलिपल्ट उनलाई यस्तो खबर आयो कि उनी एकछिन पनि कतारमा अडिन सकेनन् । तीन दिनमै घरको आगनमा पाइला टेके । उनको श्रीमति घरमा सुतेकै अवस्थामा मृत भेटिएकी थिइन् । चार बर्षे छोरो हुर्काउने सम्पुर्ण जिम्मेवारी अब उनको मात्र काँधमा थियो । घर फर्किएको एक दुई दिनमै उनी छागोबाट खसे झै भए । श्रीमतिको प्रहरी जवान सनोज राईसँग एक बर्षदेखि अफेयर चलेको रहेछ । प्रहरी चौकी विसंखेमा कार्यरत राई उनको घरमा आउने, खाना खाने र रात बिताउने क्रम विगत एक बर्षदेखि शुरु भएको रहेछ । माघ १८ गते बिहान मृत भेटिएको अघिल्लो साँझमा श्रीमान् श्रीमतिको फोनमा कुरा भएको हो । त्यतिबेला विसन्चो भएको कुनै छनक दिएकी थिइनन् । छरछिमेकसँग बुझ्दा श्रीमतिको देब्रे आँखामाथि चोट भएको, रगत आँखाबाट बगेर अर्कोपटिको आँखासम्म पुगेको भन्ने उनले थाह पाए ।
आरोपित प्रहरी जवान सनोज राई(प्रहरीको पोशाकमा) |
सबै घटनाक्रम थाह पाएपछि ‘त्यो रात के भएको थियो’ भनेर उनले ४ बर्षीय छोरालाई फकाएर सोधे । छोराको जवाफबाट उनलाई जे आशंका थियो, त्यही वास्तविकता हो भन्ने लाग्यो । ‘छोराले डाडु अंकल आएको थियो, आमासँग झगडा भयो भन्यो’–भुजेलले भने–‘मैले चाडै आउदैछु भनेर फोनमा भनेपछि संगीताले डरले सनोजलाई बोलाइ होला, अनि पैसाको हिसाब बारे झगडा हुदा कुटेर मारेको हुनुपर्छ ।’छोराले प्रहरी जवान सनोजलाई डाडु अंकल भनेर बोलाउने गरेको उनले बताए । पोष्टमार्टमको रिपोर्ट भने अझै नआएको प्रहरीले बताउने गरेको छ । सबै घटना बुझेपछि उनले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा सनोज राईको विरुद्धमा ज्यान मुद्दामा किटानी जाहेरी दिन गए । प्रहरीले जाहेरी लियो मात्रै, दर्ता गरेन ।
प्टक पटक धाउदा पनि छानबिन हुदैछ भन्ने जवाफ आएपनि उनी सप्तरीस्थित पुनरावेदन अदालतमा ‘जाहेरी दर्ता गराईपाउ’ भन्दै रिट हाल्न झरे । दुई साता लाग्ने भनेपछि एक जना वकिललाई भेटेर जिम्मा दिएर उनी पत्रकार र अधिकारकर्मी खोज्दै धरान आएका थिए । ‘प्रहरी जवानको विरुद्ध भएकोले मेरो जाहेरी दर्ता नै गरेको छैन, दोषी हो होइन भनेर अनुसन्धान गर्दा भइहाल्यो नि’–भुजेलले भने–‘मुद्दा दर्ता भएर कारबाही होस्, र प्रमाण पुगेको मात्रै भएपनि मेरो पैसा फिर्ता होस् भन्ने चाहन्छु ।’ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपेन्द्र साहले आरोपित प्रहरी जवान राईलाई जिल्लामा तानेर वस्तुस्थिति बुझ्ने काम भइरहेको बताए । प्रहरी जोडिएको र पैसाको बिषय पनि भएकोले घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
Comments
Post a Comment