धरान,साउन १४ । न आफन्त, न चिनजानको व्यक्ति । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धनकुटा आहालेका २० बर्षीय जैसन राईको उपचारमा खर्च अभाव भएको थाह पाएपछि सहयोग जुटाउन धरानका ८ महिलाहरु ब्यानरसहित सडकमै आए । करिब तीन सातादेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धनुकटा आहालेका १८ बर्षीय जैसन राईको उपचार खर्च थिएन । खर्च अभावले उपचारबाट बञ्चित हुनपर्ने अवस्था आएपछि धरानका महिलाहरुले सामाजिक सञ्जालमार्फत सहयोग जुटाउदै आएका थिए । त्यतिले पनि नपुगेपछि उनीहरु साउन १० गते ब्यानर लिएर सडकमा आउनु पर्यो । यसको नेतृत्व लिइन्, धरान १७ की चन्द्रकला राईले । उनको अभियानलाई धरान १८ की रिता राई, धरान १७ की रिमला राई, जीवनकला राई, अनु राई, धरान ८ की बिनिता बेघा, धरान १६ की मनिषा राई र १५ की सरस्वती साह आचार्यले साथ दिए । ‘मेरो भदैनीको मःम पसलमा काम गर्न आएको रहेछ । भदैनीले अस्पतालमा ब्लड चाहियो भनेर फोन गरेपछि पुगे, उसको हालत देखेपछि चुपलागेर बस्नै सकिन,’ चन्द्रकलाले भनिन्,‘मानवताको नाताले पनि फेसबुकमा पोष्ट गर्दै सहयोग जुटाउन थाले । औषधीमा खर्च ज्यादै हुने । पुग्दै ...
Comments
Post a Comment