प्याराग्लाइडिङको टेष्ट फ्लाइट(फोटोफिचर)


धरान । पुर्वमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित चौथो माउण्टेन स्पोटर््स फेस्टिवलअन्र्तगत प्रथम प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपको बिहिबार टेष्ट फ्लाइट सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद र नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ एशोसिएशनको आयोजना तथा एक्स्ट्रीम धरानको संयोजनमा शुरु च्याम्पियनसिपको बिहिबार सफलरुपमा टेष्ट फ्लाइट भएको हो ।

च्याम्पियनसिपअन्र्तगत पोखराबाट आएका पाइटलहरुले टेष्ट फ्लाइट गरेका थिए । टेष्ट फ्लाइट गरेका एक पाइलटले राष्ट्रिय झण्डासमेत बोकेर उडेका थिए । मुख्य स्पर्धा भने शुक्रबार र शनिबार हुने च्याम्पियनसिपका संयोजक लेखमणी जिमीले बताए । च्याम्पियनसिपको लागि सोलो र टेण्डम पाइलटहरु धरान आइपुगिसकेका छन् भने टेक अफ र ल्याण्डिङको सबै तयारी भइसकेको संयोजक जिमीले बताए ।

धरान २४, चिण्डे(रमाइलो) डाँडास्थित टेक अफबाट उडेर पाइलटहरु धरान १७ स्थित सर्दु किनारको मैदानमा ल्याण्डिङ गरेका थिए । टेष्ट प्mलाइटमा सहभागी पाइलट संग्राम थापाले प्याराग्लाइडिङको लागि धरान उपयुक्त थलो भएको धारणा राखे । च्याम्पियनसिपमा पाइलटहरुलाई ल्याण्डिङ गर्न निश्चित स्थान तोकिएको हुन्छ । त्यहाँ सही तरिकाले ल्याण्ड गर्ने पाइलटलाई पहिलो, दोस्रो र तेस्रो घोषित गरिनेछ । पहिलोले नगद २५, दोस्रोले १५ र तेस्रोले १० हजार, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे