बुद्धिसागरलाई के नलेख्ने भन्ने चिन्ता

धरान । साहित्यका विधाहरुमा यति धेरै कलम चलिसक्यो कि लेखक, आख्यानकारहरुलाई के बिषयमा लेख्ने भन्ने चिन्ता हुनु स्वाभाविक हो । तर, युवा लेखक तथा उपन्यासकार बुद्धि सागरलाई भने यस्तो चिन्ता रहेनछ । उनलाई त बरु के नलेख्ने भन्ने पो चिन्ता रहेछ ।
भर्खरै बजारमा आएको कृर्ति फिरफिरेको प्रर्वद्धन गर्न प्रकाशकको टोलीसहित मंगलबार धरानका पाठकसँग संवाद गर्न आइपुगेका लेखक बुद्धि सागरले भने–‘के बिषयमा लेख्ने भन्ने चिन्ता हुनसक्ला, तर मलाई के नलेख्ने होला भन्ने लाग्छ ।’ उनका अनुसार समाजमा हेपिएका, दबिएका पात्रहरु छन्, जसको आवाज कसैले पनि सुन्दैन । त्यस्ता पीडित पात्रहरुलाई कवि, लेखकहरुले ठाउँ दिनुपर्ने उनको तर्क छ । ‘जो सँग शक्ति छैन, पीडित भएर दबिएर, हेपिएर बसेका छन् । लेखकहरुले तिनको बारेमा लेख्नुपर्छ । शक्तिमा भएकाहरुले त आफ्नो अटोबायोग्राफी लेखिहाल्छन् नि’–पाठकसँग लेखक बुद्धिसागरले भने–‘म ति पात्रहरुलाई लेख्छु, जसले अटोबायोग्राफी लेख्न सक्दैनन् । मलाई के लेख्ने भनेर चिन्ता होइन, के नलेख्ने होला भन्ने पो लाग्छ ।’
पहिलो कृर्ति कर्णाली ब्लुज आफ्नो भोगाईलाई मिलाएर हृदयबाट लेखेको कारण पाठकले स्वीकारेको भन्दै उनले त्यसपछि लेखकको समाजप्रति पनि दायित्व हुन्छ भन्ने महसुस गरेको खुलाए । फिरफिरेमा समाजप्रतिको दायित्वबोध रहेको उनको भनाई छ । ‘कर्णाली ब्लुज निस्केपछि पाठकले मलाई लेखककोरुपमा स्वीकारिदिनुभो । लेखक भएपछि लेख्ने र आफ्नो कृर्ति मात्रै बेच्ने हो कि समाजप्रति पनि दायित्व हुन्छ भन्ने लाग्यो । फिरफिरे समाजप्रतिको दायित्वबोध हो भन्ने म ठान्छु’–बुद्धिसागरले भने ।
फिरफिरे बजारमा आएपछि केही समालोचक र पाठकहरुले पुस्तक मोटो भएको, पात्र धेरै भएको टिप्पणी गरेछन् । तर, लेखक स्वयम भने लेख्दै गर्दा लगाम छुटेर अटिएका पात्र नभई आफुले सोचविचार गरेरै राखिएको बताए । फिरफिरेका करिब दुई दर्जन पात्रहरु भए पनि मुख्य विन्दुमा गासिएको उनको तर्क छ । समाज बुभ्mन सजिलो होस भने एकै क्षेत्रका विभिन्न पेशाका पात्रहरुलाई एउटै डोरीमा बाधेको उनको भनाई छ ।
पाठकहरु लेखन शैली पढ्ने र कथा पढ्न दुई खालका हुने भन्दै उनले कथा पढ्ने पाठकहरुको लागि भने फिरफिरे जटिल हुनसक्ने बताए । ‘म कथा लेख्ने भन्दा पनि सुनाउन मनपराउछु, त्यही शैली छ फिरफिरेमा’–उनले कृर्तिबारे भने–‘फिरफिरेमा कथा केही छैन, पत्रिकाको अघिल्लो पृष्ठमा हुने ठुलो कथा धरैले समात्छन्, तर म पत्रिकाको भित्रि पानाको सानो कुनामा भएको कथा समातेको छ । समाजमा हुने अन्धविश्वास, कमजोर महिला, हिंसामा प्रयोग भएको बालबालिका, बाल्यकालिन मित्रताको कथा छ ।’ पात्रहरुमार्पmत लेखक हावी हुन नहुने भन्दै उनले आफ्नो पुस्तकमा घटना वर्णन गर्दा मात्र आफ्नो विचार लुकाएर राख्ने गरेको सुनाए । पुस्तकले पाठकलाई उत्तर दिने नभई प्रश्न गर्न सिकाउनुपर्ने उनको धारणा थियो । प्रकाशक फाइन प्रिन्ट्सका अतिज बरालले काठमाण्डौं केन्द्रीत पुस्तक विमोचनदेखि समीक्षा, छलफलजस्ता साहित्यिक कार्यक्रम गर्ने चलनलाई तोड्दै लेखक र पाठकबीच साक्षात्कार गराउन संवाद कार्यक्रम गरिएको बताए । ‘मोफसलमा पनि पाठक छन्, तपाईहरु बाहिर पनि आउनुपर्छ भन्ने आवाज निक्कै उठेकोले यस्तो कार्यक्रम बनायौं । लेखक र पाठक सक्षात्कार गर्ने अवसर पाउछन् । लेखकले मोसपलको पठन सँस्कृति पनि बुझ्ने मौका पाउछन्’–उनले भने । मंगलबारै इटहरीमा पनि फिरफिरेका लेखक र पाठकबीच संवाद कार्यक्रम भएको थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे