दौडमा उठेको रकम हस्तान्तरण

धरान । चौथो नेवा च्यारिटी रन÷वाक २०१६ को आयोजकले कार्यक्रमबाट संकलित रकम विभिन्न ६ जना वृद्ध, असहाय व्यक्ति एवं संस्थालाई हस्तान्तरण गरेको छ । आयोजक संस्था धरान रनले बिहिबार एक कार्यक्रम आयोजना गरी कार्यक्रममा दर्ता शुल्कबाट संकलित रकममध्ये ७५ प्रतिशत सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।
गत फागुन ८ गते आयोजित कार्यक्रममा सहभागी धावक एवं धाविकाहरुबाट दर्ता शुल्कवापत कुल ३ लाख २२ हजार ५० रुपैया संकलन भएको थियो । त्यसमध्ये ७५ प्रतिशत अर्थात २ लाख रुपैया व्यक्ति एवं संस्थाहरुलाई प्रदान गरिएको अध्यक्ष मनिष तामाङले बताए । रन कार्यक्रममा दौडन एक हजार ७ सय ४५ जना सहभागीले दर्ता गरेका थिए । संस्थाले सबैभन्दा बढी धरान १० का ३ बर्षीय ब्लड क्यान्सरले ग्रसित नविन बिकको उपचारमा सहयोग स्वरुप एक लाख प्रदान गर्ने निर्णण भएको जनाएको छ । त्यसमध्ये पहिलो किस्ता स्वरुप नगद २५ हजारको चेक नेवा च्यारिटीकी संरक्षक भक्तमाया राईले नविनका बुबा नवराज विकलाई बिहिबार हस्तान्तरण गरिएको थियो । ब्लड क्यान्सर पीडित नविनको हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । बाँकी रकम नविन बिक वचाउ समितिसँग समन्वय र अनुगमन गरेर अभिभावकलाई उपलब्ध गराउने अध्यक्ष तामाङले बताए ।
यस्तै, एचआइभि संक्रमित बालबालिकाको शिक्षाको लागि स्थापना भएको अक्षय कोषमा थप २१ ह्जार नगद सहयोग प्रदान गरिएको छ । नेवा च्यारिटीकी संरक्षक राईले धरान पोजिटिभ समुहका अध्यक्ष खगेन्द्र खड्कालाई चेक प्रदान गरिन् । यो अक्षय कोष पनि गत बर्ष तेस्रो नेवा च्यारिटी रनबाट संकलित एक लाख ५० हजार प्रदान गरेर स्थापना गरिएको थियो । यसैगरि, संस्थाले हाल काठमाण्डौंमा उपचार गराइरहेकी धरान ८ की २० बर्षीय प्रीति कालिकोटेको उपचारको लागि नगद १५ हजार प्रदान गर्यो भने एकल महिला समुहको छहारी भवन निर्माणको लागि २० हजार बराबरको सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।
यस्तै, धरान ९ निवासी मधुमेह, मुटु रोगी ७६ बर्षीय वृद्धा मिठु कटुवाललाई एक बर्षसम्म ४० हजार बराबरको आवश्यक औषधी र खाद्य सामग्री उपलब्ध गराउने पनि धरान रनले जनाएको छ । साथै, धरानको भानुचौक सडक पेटीमा सानो खुद्रा व्यापार गर्ने धरान ११ का वृद्ध अपाङ्ग टिका तामाङलाई जीविकोपार्जनको लागि ५ हजार बराबरको ह्याण्ड सपोर्ट(हिड्न सजिलो हुने) र तौल मेशिन प्रदान गरिने पनि संस्थाले जनाएको छ । बाकी २५ प्रतिशत रकम संस्थाको कोषमा रहने र आश्वयकता अनुसार अन्य व्यक्ति एवं संस्थाहरुलाई प्रदान गरिने सचिव रोमु राईले जानकारी दिए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे