श्रमिक महिला दिवसमा समर्पित गर्दै धरान रन(फोटोफिचर)


धरान, फागुन २२ । मार्च ८ मा मनाउन लागिएको १०६ औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवसको सन्दर्भ पारेर शनिबार धरानमा वृहत दौड आयोजना भएको छ ।
‘लैंगिक समानताा लागि पाइला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी ’ भन्ने नारासहित आयोजित दौडमा ४ सय १६ जना सहभागी भएका थिए । धरान रनसँग सहकार्य गर्दै महिला सञ्जाल, क्रियासिल पत्रकार महिला समुह तथा महिला दिवस मुल आयोजक समितिले सयुक्तरुपमा दौड गरेको हो । धरान ८ स्थित यलम्बर पार्कमा प्रत्येक शनिबार ठिक ७ बजे धरान रन हुन्छ । यो शनिबार भने धरान रनले श्रमिक महिला दिवस र मुटु रोगी ६ बर्षीय मेरिना थापा मगरमा समर्पित गर्दै दौड गरिएको जनाएको छ । शनिबार धरान रनले २५३ हप्ता पुरा गरेको छ ।
धरान रनका अध्यक्ष मनिष तामाङका अनुसार महिलाहरुलाई सम्मान गर्न, महिलामाथि हिंसा नगर्न एवं समान अधिकार दिनुपर्ने भन्ने सन्देश प्रवाह गर्दै दौड गरिएको हो । प्रत्येक शनिबार यलम्बर पार्कदेखि तीनकुने हुदै पुनः पार्कसम्मको ३.५ किलोमिटर दौडन बच्चादेखि युवा, वृद्धवृद्धासम्म हुन्छन् । सहभागीलाई अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसबारे जानकारीसमेत गराउने अवसर पाएको उनले बताए ।
महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्रचार्यका अनुसार ८ मार्चमा धरानमा जिल्लास्तरीय वृहत कार्यक्रम हुन लागेको छ । उक्त कार्यक्रममा युवा नेतृ रामकुमारी झाक्री प्रमुख अतिथि रहनेछिन् । त्यसैको प्रचारात्मक एवं महिलालाई समान अधिकारको लागि धरान रनसँग सहकार्य गरिएको उनले बताइन् । सहसचिव मञ्जु भण्डारीले दौड समापन कार्यक्रमलाई सम्बोधन गर्दै युरोपमा श्रमिक महिलाहरुले समान ज्याला, अधिकार नपाएपछि आन्दोलन शुरु भएको र ८ मार्चलाई श्रमिक महिला दिवसकोरुपमा मनाउन थालिएको बताइन् ।
कार्यक्रममा ५० हप्ता दौड पुरा गरेका अविनाश देव र २० हप्ता पुरा गरेका सन्देश बेघा लिम्बु, आयुष लामालाई टि सर्ट प्रदान गरिएको थियो । साथै, मुटु रोगी वालिका मेरिनाको लागि आर्थिक सहयोग पनि संकलन गरिएको थियो ।




















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे