कोरियाबाट फर्केर कफी व्यावसायमा जमेका युवा
धरान । इटहरी घर भएका पुर्ण राई करिब ९ बर्ष दक्षिण कोरिया बसेर सन् २०१० मा घर फर्किदा बाकी समय के गर्ने भन्ने द्धिविधा थियो । सानैदेखि मदिराबाट टाढै रहेका उनी कफी भने असाध्यै पिउथे । ‘कफी क्रेजी’ राईले धरानमा कफी व्यावसाय शुरु गर्ने निर्णय लिए ।
कोरियामा रहदा उनले कफीको तालिम पनि लिएका थिए । त्यसैले,साझेदार साथमा लिएर सन् २०११ मा धरान १८ स्थित बुद्ध चोकमा एमसि(मंगोलियन कफी) हाउस शुरु गरे । शुरुवातमा त उनलाई डर थियो, ‘ओरजिनल कफी’ पिउने मान्छे(ग्राहक) नै पो नहोला कि ? किनभने होटल, रेष्टुरेष्ट र सामान्य चिया पसलमा पनि धुलो हालेर बिक्री हुने कफीको बिगबिगी थियो । समय बित्दै जादा उनको लगानी मात्रै सुरक्षित भएन, ‘ओरजिनल कफी’को पारखीहरुको संख्या पनि बढ्दै गयो । कफी क्रेज बढ्दो देखेपछि उनले ४० लाख बढी लगानी थपेर अहिले कफी हाउस विस्तार गरेका छन् ।
नयाँ कफी हाउसको केही दिनअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्जरी विभाग युनिट वानका इञ्चार्ज डाक्टर शैलेन्द्र अधिकारीले रिबन काटेर उद्घाटन गरे । ‘शुरुमा त कफीको ग्राहक नहोला कि भन्ने चिन्ता थियो, तर यहाँ कफीको पारखीहरु धेरै रहेछन्’–लगानी बढाउनुको कारण खोल्दै राईले भने–‘व्यापार, व्यावसाय गर्ने महौल पनि बन्दै गइरहेकोले छ, कफीका ग्राहकहरु पनि बढ्दै गइरहेका छन् ।’ उनका दुई साझेदारमध्ये ललित विष्ट भारतको असममा व्यापारमै जमेर बसेका छन् । अर्की, लगानीकर्ता कुन्दन राई यतै भएपनि कफी हाउसको सम्पुर्ण व्यावस्थापनको जिम्मा उनी आफै हेर्छन् । धरानमा पाएको सफलताबाट हौसिएर उनले करिब डेढ बर्षअघि इटहरीमा पनि कफी हाउस शुरु गरिसकेका छन् ।
धरानमा भूपू ब्रिटिश लाहुरेहरुको सघन बसोबास भएकोले पनि कफीको पारखी भेट्न उनलाई धेरै समस्या भएन । बीपी प्रतिष्ठान नजिकै भएकोले पनि डाक्टरहरु उनका नियमित ग्राहक भइदिए । तर, युवा पुस्तालाई भने ओरिजिनल कफीमा बानी बसाल्न हम्मे पर्यो । आफ्नै साथीभाईले ‘ह्या तितो छ’ भन्दै मुख बिगारेको उनी सम्झन्छन् । शुरुवातमा तितो मान्नेहरु नै विस्तारै उनको नियमित ग्राहक भएका छन् । पहिलो पटक तितो लागेपनि विस्तारै स्वादिलो लाग्दै जाने कफीको बिशेषता भएको उनको भनाई छ । हिजोआज कसैलाई साँच्चैको कफी पिउनु छ भने एमसिलाई सम्झन्छन् । जहाँ कफीका पारखीहरुले अन्र्तराष्ट्रियस्तरको २८ थरीका कफीको स्वाद पाउछन् । ग्राहकहरुले त्यही ८० भन्दा बढी आइटमका ‘चाइनिज फुड’ पनि भेट्छन् । यो कफी हाउसमा क्याफे मोचा, क्याफे लेते, अम्रिकानो, एस्प्रेसो, हनी लेतेलगायत विभिन्न कफीको स्वाद पाइन्छ । यी विश्वमै बढी चल्ने गरेको कफी हो । विन्टर सिजनमा क्याफे चिनो, अम्रिकानो, मोका म्याडनेस, क्याफे मोचा बढी चल्छन् भने समरमा आइस मोका, आइस क्यापे चिनो, ब्लेन्डेड मोचालगायत कफी बढी चल्छ ।
काठमाण्डौंपछि ओरजिनल कफीको स्वाद यही मात्र पाउने सञ्चालकको दाबी छ । मिल्क वा ब्ल्याक कफी त जुनै होटल वा रेष्टुरेष्टमा पनि पाइन्छ । ती कफी सामान्यस्तरका मात्रै हुन् । जहाँ केमिकल मिसाइएको धुलो कफी हालेर बनाइएको हुन्छ । ‘यहाँको बिशेषता भनेकै ओरजिनल कफी हो, यहाँको कफी घुलिदैन र शरीरलाई हानीकारक पनि हुदैन’–सञ्चालक राईको दाबी छ । उनले कफीको विश्वस्तरको मेशिन थप गरेका छन् । आइसक्रिम मेशिन, बेकरी मेशिन, गाजर जुस मेशिन, पपकर्न मेशिन र बबल टि मेशिन पनि थप गरेको राईले बताए । कफीसँगै डेभिल पनिर, हुनान चिकेन, चिकेन किस्मिलगायत ८० भन्दा बढी चाइनिज फुड पाउदै आएको एमसिमा अब बेकरी, आइसक्रिम, पपकर्न,कुलबेरीलगायत आइटम पनि उपलब्ध हुने उनले खुलाए । होटल, रेष्टुरेष्टमा धुमपान, मद्यपानको छुट भएपनि कफी हाउसमा निषेध हुन्छ । तसर्थ, कफी कल्चर टिनएज एवं युवा पुस्ताको लागि लाभदायी हुने सञ्चालक राईको धारणा छ । ‘कफी सपको पहिचान भनेकै चुरोड, ड्रिंक्स नहुनु हो, छोराछोरी कफी सपमा छ भने अभिभावक पनि ढुक्क हुदा हुन्छ’–उनी भन्छन् ।

Comments
Post a Comment