विजय भए प्याराग्लाइडिङ च्याम्पियन(फोटोफिचर)


धरान । पुर्वमा साहसिक खेल पर्यटनको प्रर्वद्धन एवं विकास गर्ने उद्देश्यले धरानमा आयोजित चौथो माउण्टेन स्पोट्र्स फेस्टिवलअन्र्तगत दुई दिने प्रथम राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप २०१६ मा विजय गौतम प्रथम भएका छन् । शनिबार सम्पन्न दुई दिने च्याम्पियनसिपमा ४.५ स्कोर गर्दै गौतम प्रथम भएका हुन् । प्रतियोगितामा ५.७ स्कोर गरेका सागर जलारी दोस्रो भए भने ५.९ स्कोर गरेका गौरव कँडेलले तेस्रो स्थान हात पारे ।
पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगीहरुले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजारसँगै ट्रफी र मेडल पनि थापे । विजेता खेलाडीहरुलाई नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, स्थानीय संयाजक एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणी जिमीलगायतले पुरस्कार वितरण गरेका थिए । च्याम्पियनसिपमा पाइलटहरुलाई ल्याण्डिङ गर्न तोकिएको निश्चित स्थानमा अण्डा राखिएको थियो । उक्त अण्डालाई सही तरिकाले कुल्चेर फुटाएका पाइलटहरुलाई अंकको आधारमा पहिलो, दोस्रो र तेस्रो घोषणा गरिएको आयोजकले जनाएको छ ।
पुर्वमा साहसिक खेल पर्यटन प्रर्वद्धन एवं विकास गर्ने उद्देश्यले पहिलो पटक धरानमा राष्ट्रियस्तरको प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना भएको हो । च्याम्पिनसिपमा ४० जना सोलो र दर्जन टेण्डम पाइलट सभागी थिए । तीन दिने च्याम्पियनसिपअन्र्तगत बिहिबार टेष्ट फ्लाइट भएको थियो भने शुक्रबार र शनिबार धरान २४, रमिते डाँडास्थित टेकअफ् स्थलबाट पाइलटहरुले उडान गरेका थिए । प्याराग्लाइडिङको ल्याण्डिङस्थल धरान १७ स्थित सर्दु खोला किनारमा बनाइएको थियो । रमिते डाँडाबाट उडेका पाइलटहरु त्यहाँ सुरक्षित अवतरण गरेका थिए । शुक्रबार र शनिबार रमिते डाँडा र ल्याण्डिङस्थलमा प्याराग्लाइडिङ हेर्नेहरुको घुइचो लागेको थियो ।
च्याम्पियनसिपको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं राखेप सदस्य सचिव केशव विष्टले नेपालमा साहसिक खेल र पर्यटनको प्रचर सम्भावना भएकोले यसको विकासमा परिषदले सक्दो सहयोग गर्ने उल्लेख गर्दै प्याराग्लाइडिङलाई राष्ट्रिय खेलकुदमा समावेश गर्न सकिने बताएका छन् । यसको लागि नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ संघलाई पहल गर्न पनि उनले आग्रह गरेका छन् ।
यस्तै, सागमा पनि प्याराग्लाइडिङ समावेश गर्न सके नेपालले गोल्ड मेडल जित्ने उनको भनाई थियो । नेपालको भुगोल र हावापानी प्याराग्लाइडिङ खेलको लागि उपयुक्त थलो भएको र यसले पर्यटन विकाससँगै आर्थिक समृद्धिमा पनि योगदान पुग्ने भएकोले योजनासहित परिषदमा आउन सम्बद्ध संघलाई उनले आग्रह गरे ।
संघका अध्यक्ष रुपनारायण श्रेष्ठले धरानको रमिते डाँडामा प्रशिक्षण केन्द्रकोरुपमा सञ्चालन गर्न सके थुप्रै पाइलटहरु उत्पादन हुने र व्यावसायिकरुपमा प्याराग्लाइडिङ विकास गर्न सहयोग पुग्ने बताए । उनका अनुसार नेपालमा ५ सय पाइलटको माग भएपनि पर्याप्त छैन । विदेशी पाइलटहरुले धानिरहेको छ । ‘पोखरा भन्दा यहाँको रमिते डाँडा राम्रो ट्रनिङ सेन्टर हुनसक्छ भनेर पाइलटहरुले भनेका छन् । पाइलटहरुले मासिक एक डेढ लाख कमाउन सक्छन् । यो ज्यादै खुशीको कुरा हो’–उनले भने ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे