प्याराग्लाइडिङ च्याम्पियनसिपलाई एमसिको सहयोग

धरान । पुर्वमा साहसिक खेल पर्यटन प्रर्वद्धन गर्न पहिलो पटक आयोजना भएको राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपलाई धरान १८, बुद्धचोकस्थित एमसि(मंगोलिन कफी) आवरले आर्थिक सहयोग गरेको छ ।
धरानको पर्यटन प्रर्वद्धनमा च्याम्पियनसिपले महत्वपुर्ण टेवा पुग्ने भन्दै एमसिले कुल ५० हजार सहयोग गरेको हो । त्यसमध्ये नगद ३० हजार रुपैया एमसिले बिहिबार आयोजक कमिटिलाई प्रदान गरेको छ । बाँकी २० हजार बराबर भने ट्रफी एवं मायाको चिनोलगायत उपलब्ध गराउने सहमति भएको आयोजकले जनाएको छ । बिहिबार एमसि कफी आवरमा एक कार्यक्रम आयोजना गरि सञ्चालक पुर्ण राईले च्याम्पियनसिपका संयोजक लेखमणी जिमीलाई नगद ३० हजार प्रदान गरेका थिए । च्याम्पियनसिप आयोजनालाई आर्थिक समस्या भएपछि एमसिले प्रायोजककोरुपमा रहेर सहयोग गरेको आयोजकको भनाई छ ।
च्याम्पियनसिपले पुर्व र धरानको पर्यटन प्रर्वद्धन एवं विकासमा दिर्घकालीनरुपमा फाइदा पुग्ने भएकोले सहयोग गरेको एमसिका सञ्चालक राईले बताए । आफु व्यावसाय गरेर कमाउन मात्रै नभई पर्यटन विकासमा पनि केही गर्ने सोच भएकोले च्याम्पियनसिपलाई सहयोग गरेको उनको भनाई छ । ‘मेरो व्यावसाय पनि पर्यटनसँगै जोडिएको छ, समायको लागि पनि लगानी गर्नुपर्छ भनेर सहयोग गरेको हुँ’–राईले भने–‘धरानको पर्यटनलाई यो च्याम्पियनसिपले धेरै टेवा पुग्छ, मैले मात्रै होइन सबैले साथ सहयोग गर्नुपर्छ ।’
संयोजक एवं एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणी जिमीले एमसिको सहयोेगले च्याम्पियनसिपलाई मात्रै नभई, पुर्वको पर्यटन प्रर्वद्धनलाई नै सहयोग पुगेको बताउ । ‘छोटो समयमा पहिलो पटक पुर्वमा पर्यटन प्रर्वद्धनको लागि यतिको भव्य कार्यक्रम हुदैछ, उहाँको सहयोगले ठुलो राहत मिलेको छ’–संयोजक जिमीले भने । उनका अनुसार च्याम्पियनसिपमा करिब ५ लाख खर्च हुने अनुमान छ । त्यसमध्ये आधा भन्दा बढी खर्च स्थानीय आयोजकले जुटाउनु पर्नेछ । यसैगरि, च्याम्पियनसिपलाई एनआरटि क्लबका पुर्वखेलाडी एवं चतरा निवासी रोशन श्रेष्ठले पनि आर्थिक सहयोग गरेका छन् । एमसि कपी आवरमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा उनले पनि नगद १५ हजार बराबरको चेक संयोजक जिमीलाई हस्तान्तरण गरेका थिए



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे