गोविन्द केसीको सामर्थनमा अर्को एउटा पागल

धरान । मेडिकल शिक्षा माफियाकरणको विरुद्धमा सत्याग्रही डाक्टर केसी अनसन बसेको चौथो दिन । धरान ७, हिमायती पथका ५४ बर्षीय वासु चालिसे दुवै हातमा प्ले कार्ड बोकेर घरबाट निस्किए । प्ले कार्डमा ‘माफियातन्त्रको अन्त्य गरौं’ र ‘स्वस्फुर्त जुटौं, गोविन्द केसीलाई बचाउ’ भन्ने नारा थियो ।
प्ले कार्ड बोकेर हिड्ने सडकमा उनी एक्लै थिए । चिनजानका मान्छेले ‘त्यसरी एक्लै हिड्दा तपाईलाई पनि पागल भन्छन्’ पनि भने । तर उनी विचलित भएनन् । अरुले के भन्छन्, उनलाई वास्ता पनि भएन । उनी त सत्याग्रही डाक्टर केसीबाट यति प्रभावित थिए कि त्यही प्ले कार्ड बोकेर धरानको चोक सबै डुलिसके । इटहरी चोकमा दुई दिन त्यही प्ले कार्ड बोकेर उभिए । उनको एक मात्र उद्देश्य हो, डाक्टर केसीको समर्थनमा जनमत सृर्जना गर्नु । त्यसमा उनी सफल पनि भए । धरान र इटहरी जागिसकेको छ । दिनहुँ ¥याली र प्रर्दशन भइरहेको छ । ‘शुरुमा त तपाई एक्लैले के गर्नुहुन्छ ? तपाईलाई पनि पागल भन्छन् भने’–नागरिकसँग चालिसेले भने–‘अरुले जे सुकै भनुन्, म एक्लै भएपनि डाक्टर केसीको साथमा उभिन्छु भनेर निस्किए । जनता आपैm नउठि भएन ।’
अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेसहित चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रही डाक्टर गोविन्द केसीले अनसन घोषणा गर्दा अख्तियारले विज्ञप्ती निकालेर केसीलाई पागलको संज्ञा दिएको थियो । तर डाक्टर केसी विचलित भएनन्, आठौं चरणको अनसन बसिछाडे । चालिसे पनि केसीकै पथमा हिडे । ‘म कुनै संघसंस्थामा छैन, पार्टीमा पनि आवद्ध छैन । त्यसैले शुरुमा एक्लिए । तर, अहिले विस्तारै अरुले पनि साथ दिएका छन्’–चालिसेले भने–‘पानी नपरेको दिन बिहानै हिड्छु, पानी पर्दा खाना खाएर घरबाट निस्कन्छु ।’
चालिसे नेपाल राष्ट्र बैंकबाट करिब तीन बर्षअघि अवकाश पाएका थिए । त्यसयता उनी आध्यात्मिक पुस्तक लेखनमा सक्रिय थिए । डाक्टर केसीलाई उनले केही बर्षअघि पत्रपत्रिकामा मात्र पढेका हुन् । आफ्नो तलबले औषधि किनेर दुरदराज जाजरकोटमा बाड्न पुगेको, दुगर्म जिल्लामा डुलेर गरिब जनताको उपचार गरेको पढेर उनी डाक्टर केसीबाट प्रभावित भएका थिए । ‘यस्तो मान्छे फरि पाइदैन । जन्मन बर्षौ बर्ष लाग्छ । त्यसैले उहाँको जीवन बचाउनुपर्छ’–उनले आक्रोश पोखे–‘तर उहाँकै अस्पतालको डाक्टरहरुले लोकमान सिंह कार्कीको डरले उपचार गर्न मानेनन्, जस्तोसुकै दुश्मनलाई पनि उपचार गर्नुपर्ने कसम खाएका डाक्टरले त्यसो गर्न मिल्छ ?’ जनता साथमा भएकोले खुट्टा नकमाई डाक्टर केसीको उपचार गर्न पनि उनले शिक्षण अस्पतालका चिकित्सकहरुसँग आग्रह गरे ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे