भारतीय पर्यटक बोकेको स्कारपियो दुर्घटना, एकको मृत्यु(फोटोफिचर)

धरान । पर्यटकीयस्थल भेडेटार घुमेर फर्कदै गरेको भारतीय पर्यटकको गाडी दुर्घटना हुदा शनिबार एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । भेडेटार चोक नजिक भएको दुर्घटनामा बि.आर.४३ पि ४२२२ नम्बरको स्कोरपियो मध्याह्न कोशी राजमार्गदेखि डेढ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परी बिहार राज्यको मध्यपुरा जिल्लाका ३८ बर्षीय सुरज सिंहको घटनास्थलमै मृत्यु भएको छ । घाइते ५ मध्ये दुई जना नेपाली युवती छन् । घाइतेहरुमा ३२ बर्षीय चालक राजुकुमार सिंह, २२ बर्षीय रोहित कुमार र ३१ बर्षीय प्रभाकर कुमार छन् । घाइतेहरुको टाउकोमा चोट भएपनि सबै खतरामुक्त छन् । उनीहरु सबै विहारको मध्यपुुरा १८ का बासिन्दा हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक मेघराज अधिकारीका अनुसार भारतीय पर्यटकसँगै दुर्घटनामा घाइते दुई नेपाली युवतीहरुले ठेगाना झापा गौरदह १ बताएका छन् । उनीहरुले आफ्नो प्रिति र सुनिता राई बताए पनि वास्तविक परिचय, ठेगाना भने खुलेको छैन । दुवैले भेडेटारमा लिफ्ट मागेर चढेको प्रहरीलाई वयान दिएका छन् । उनीहरुको अवस्था सामान्य छ ।दुर्घटनास्थल भेडेटार चोकदेखि करिब ५ सय मिटर दक्षिण हो । दुर्घटनास्थल धरान २० देवीथानमा पर्छ । घटना मह्यान सवा बाह्र बजेको हो । घाइतेहरुलाई धरान प्रहरी, भेडेटार प्रहरी चौकी र जिल्ला ट्राफिक प्रहरीले करिब एक घण्टा लागाएर उद्दार गरेको थियो ।

गाडी तीब्र गतिमा हुइकिएर अनियन्त्रित भएर खसेको प्रत्यक्षदर्शी राजु अधिकारीले बताए । ‘गाडी एकदमै स्पिडमा थियो, अनियन्त्रित भएर आफ्नो साइड छोडेर भिरतिर खस्यो । भिरबाट खस्दा खस्दै एक जना उछिटिएर निस्कियो र गाडीले नै किचेर म¥यो’–प्रत्यक्षदर्शी अधिकारीले भने । चालकले मदिरा सेवन गरेर लापरवाहीपुर्ण तरिकाले गाडी चलाएको हुनसक्ने उनको आशंका छ । गाडीले आफ्नो साइड(बाँया) छोडेर भिरतर्फ(दाँया) मोडिएर खसेको हो । जिल्ला ट्राफिक प्रमुख मेघराज अधिकारीले तीब्र गतिले गाडी दुर्घटना भएको हुनसक्ने बताए ।
प्रहरीका अनुसार भारतीय पर्यटकहरु शुक्रबार नै नेपाल आएका थिए । विराटनगर जोगवनी हुदै नेपाल प्रवेश गरेका उनीहरु नमस्ने झरना घुमिसकेर भेडेटारमा नै बास बसेका थिए । ‘उनीहरु हिजो शुक्रबार नै इन्ट्री भएको देखिएको छ । भेडेटार बसेर आज फर्किरहदा दुर्घटनामा परेको हो’–इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र प्रसाद खतिवडाले भने । घाइते रोहित कुमारका अनुसार प्रभात कुमार ठेकेदार हुन् । शुक्रबार फारबिसगञ्जमा टेण्डरको फर्म दर्ता गरेपछि उनीहरु रमाइलो गर्न नेपाल आएको रोहितले बताए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे