बीपीको सुरक्षा गार्डहरुको आन्दोलन टुंगियो

धरान । एकसाता अघिदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धर्ना दिएर आन्दोलनरत केटिएम सेक्युटिरी सर्भिसेस प्रालिअन्र्तगतका सुरक्षा गार्डहरुको आन्दोलन टुंगिएको छ । प्रालि र नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनबीच मंगलबार भएको वार्तामा विभिन्न ७ बुँदे सहमति भएपछि सुरक्षा गार्डहरुको आन्दोलन फिर्ता भएको हो ।
निष्काशनमा परेका गोपी योगीलाई पुनर्वहाली गर्नुपर्ने माग राखेर प्रतिष्ठानको सुरक्षा ठेक्का पाएको केटिएममा कार्यरत युनियनमा आवद्ध सुरक्षा गार्डहरु असार २८ गतेदेखिी आन्दोलनरत थिए । सहमति भएपनि आन्दोलनरत सुरक्षा गार्डहरु काममा फर्किएका छन् । निष्काशनमा परेका गोपी योगीले क्षमायाचनासहित निवेदन दिएमा कम्पनीको नियमानुसार प्रक्रिया पु¥याई नियुक्त गर्ने सहमतिको पहिलो बुँदामा उल्लेख छ । यस्तै, नियुक्ती पाएपछि योगीलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वाहेकको स्थानमा कम्पनिको नियमानुसार डिउटी खटाउने सहमति भएको छ ।
यसैगरि, कम्पनीको नियम तथा प्रचलित कानुन, नियम अनुसार गरिएको कुनै पनि कारबाहीमा कुनै पक्षले हस्तक्षेप नगर्ने, सुरक्षाकर्मीहरुलाई आवश्यक्ता अनुसार जुन सुकै स्थान, सिफ्ट र पोष्टहरुमा डिउटी खटाउने, सुरक्षागार्डको लापरवाहीवाट हुने कुनै पनि क्षतिको जिम्मेवार निज सुरक्षा गार्ड स्वयम हुने सहमति भएको छ । यस्तै, सुरक्षाकर्मीहरु उच्च अनुसाशित र कर्तव्यनिष्ठ हुने र कम्पनिको नियमानुसार गरिने कार्यमा हस्तक्षेप नगर्ने पनि सहमति भएको छ ।
सहमति पत्रमा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन केन्द्रीय महासचिव राजमणी भण्डारी र प्रालिका क्षेत्रीय निर्देशक रुपम लामाको हस्ताक्षर रहेको छ । साक्षीमा युनियनको इकाई अध्यक्ष दिपक कार्की, सचिव प्रविण राई र कोषाध्यक्ष गोपी योगीको हस्ताक्षर रहेको छ । सहमति लगत्तै प्रालिले पत्रकार सम्मेलन गरेर गोपी योगीले क्षमा याचनासहितको निवेदन दिएमा कम्पनीको नियमानुसार प्रक्रिया पु¥याई नियुक्त गर्ने कम्पनीका मानव संशोधन विभागका महाप्रबन्धक भरतप्रसाद संग्रौलाले बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे