पाँच लागुऔषध कारोबारी पक्राउ

धरान । दुई दिनको अवधिमा प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना लागुऔषध मुद्दामा दुई बर्ष जेल सजाय भुक्तान गरिसकेकासमेत छन् । प्रहरीले बुधबार धरान ११ मंगलबारेबाट सानो भाई भन्ने विरबहादुर भुजेलको घर खानतलासी गर्दा अवैध काठसहित लागुऔषध वरामद गरेको हो ।
घर अगाडि भान्सा घरभित्र लुकाई राखेको सखुवाको २२ कि.बि.चिरान काठ वरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यस्तै, पहलेको कलरको डाल्डा (घिउ) हाल्ने ड्रममा लुकाएर माटोमुनि गाडेको अवस्थामा अवैध लागुऔषध फेला परेको डिएसपी ढकेन्द्र प्रसाद खतिवडाले जानकारी दिए । ड्रमभित्र नगद ४८ हजार ५ सयसहित डाइजेलाव ६९ एम्पुल, लुपिजैसिक ६९ एम्पुल र एभिल ६९ एम्पुल वरामद भएको उनले बताए । भुजेल लागुऔषध मुद्दामा पक्राउ परी दुई बर्ष जेल सजाय भुक्तान गरेर एक बर्षअघि मात्र छुटेका थिए । उनलाई  अवैध काठ, लागुऔषधसहित म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैगरि, सोही दिन धरान १५ स्थित विशाल चौकमा लागुऔषध बिक्री भइरहेको सुचनाको आधारमा लागुऔषधसहित ३ जना पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा विराटनगर ६, मोरङका ३० बर्षीय सन्तोष मण्डल, धरान ३ का २४ बर्षीय आकाश भन्ने कमल सहनी र २७ बर्षीय मनोज तामाङ रहेका छन् । उनीहरुको साथबाट अवैध १०० एमएलको कोरेक्स ३५ बोतल, स्पास्मोप्रोक्सिन ५ सय ७६ एम्पुल र को ५ प ५३३८ नम्बरको मोटरसाइकल वरामद गरी अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।
यस्तै, बिहिबार धरान ८ स्थित बरगाछी चोकबाट धरान ११ का १७ बर्षीय सुरेन गिरीलाई पनि लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचना पाएर गएको प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिएर खोजतलाश गर्दा उनले दाँया खुट्टाको तिघ्रामा र दुवै हातको काखीमा लागुऔषध बाधेको अवस्थामा फेला परेको थियो । उनको तीघ्राबाट डाइजेलाव १० एम्पुल, लुपिजैसिक १० एम्पुल र एभिल १० एम्पुल प्रहरीले वरामद ग¥यो । यस्तै, दुवै काखीबाट डाइजेलाव २० एम्पुल, लुपिजैसिक २० एम्पुल र एभिल २० एम्पुल वरामद गरेर अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे