बीपीका सुरक्षा गार्डहरु आन्दोलित


धरान । ठेकेदार कम्पनीले विना कारण एक मजदुरलाई निष्काशन भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुरक्षा जिम्मा पाएको केटिएम सेक्युरीटि सर्भिस प्रालिविरुद्ध त्यहाँका सुरक्षा श्रमिकहरुले आन्दोलनको घोषणा गरेका छन् ।
नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन घोपाको नेतृत्वमा सोमबार कम्पनीको कन्ट्रोलरुम अघि पत्रकार सम्मेलन गर्दै मंगलबारदेखि चरणबद्ध आन्दोलनअन्र्तगत धर्नाको कार्यक्रम सार्वजनिक गरेका छन् । दुर्घटनामा परेका मजदुर गोपी योगीले ४ दिन विदा लिएर त्यही कार्यरत अर्का मजदुर खटाएको भन्दै कम्पनीले उनलाई निष्काशन गरेको मजदुरहरुको भनाई छ । निष्काशित मजदुर गोपी योगीको विना सर्त पुर्नवहालीसँगै सञ्चयकोषको व्यावस्था, बढेको एक हजार भत्तामध्ये बाँकी रहेको ९ सय ०७२ असाजदेखिको दिइनुपर्ने, नयाँ र पुराना श्रमिकको तलब भत्ता तथा सेवा सुविधा समान हुनुपर्नेलगायत विभिन्न ७ बुँदे माग राख्दै उनीहरु आन्दोलित भएका छन् ।
आन्दोलनको कार्यक्रमअन्र्तगत मंगलबार बिहान ८ बजेदेखि सेक्युरिटी गार्डहरुले एक घण्टा काम छोडेर धर्ना बस्ने र साउन ३ गतेसम्म क्रमशः प्रत्येक दिन धर्नाको समय एक घण्टा बढाउदै लगिने युनियनका अध्यक्ष दिपक कार्कीले जानकारी दिए । साउन ३ गतेसम्म पनि माग पुरा नभए केटिएम सेक्युरिटीको सम्पर्क कार्यालय, कन्ट्रोल रुम र क्षेत्रीय कार्यालयसँगै प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टाको कार्यालयमा पनि अनिश्चितकालीन तालाबन्दी गर्ने उनले चेतावनी दिए । गल्ती गरेको भएपनि स्पष्टीकरण सोध्नेलगायत कार्वाहीको प्रक्रिया नगरी एक्कासी निष्काशन गरेको, प्रहरी लगाएर उल्टै पक्राउ गरेको र अर्का मजदुर गोपी प्रधानलाई २४ दिनसम्म विना कारण प्रहरी थुनामा राखेको उनले बताए ।
मजदुर निष्काशन भएको घटना करिब तीन महिनाअघि चैत दोस्रो साताको हो । यतिका दिनसम्म वार्ता र छलफलद्धारा सहज निकास गराउन प्रयास गरेपनि कम्पनीले निरंकुशता देखाएपछि आन्दोलन गर्नुपरेको युनियनको भनाई छ । निष्काशित मजदुर योगीका अनुसार खुट्टामा चोट लागेपछि इञ्चार्जसँग मौखिक स्वीकृति लिएर अर्को साथीलाई डिउटीमा खटाउदा नदिएपछि कुरा गर्न आउदा गालीगलौज गरेर उल्टै प्रहरी बोलाई पक्राउ गरेको बताए । ‘प्रहरी कार्यालयमा मिलेर काम गर्ने सहमति गरेको भोलीपल्टै निष्काशन गरेको पत्र आयो । छलफल हुदा पुर्नवहाली गर्ने भनेर मलाई नै २ पटक माफी मगायो, तर गरेन’–उनले भने–‘मजदुरको हकहितमा बोल्ने गरेको हुनाले मलाई तारो बनाएका हुन् ।’
मजदुर नेता भिम राई ज्वालाले यसअघि पटक पटक भएको आन्दोलनमा बीपी प्रतिष्ठानका पदाधिकारीले लिखितरुपमा नै मजदुरहरुको रोजीरोजीको ग्यारेष्टी गरेकोले स्थापनाकालदेखिका मजदुरलाई हटाउन प्रतिष्ठानको लिखित सहमति चाहिने बताए । ०५८ सालमा आफ्ना मातहतका सुरक्षा गार्डहरु माउण्टेन सेक्युरिटीलाई ठेक्का लगाएपछि प्रतिष्ठानमा सुरक्षा गार्डहरुको ठेक्का प्रथा शुरु भएको थियो । ठेक्का प्रथा अन्त्य हुनुपर्ने र गार्डहरुलाई प्रतिष्ठान मातहतकै कर्मचारी कायम गर्नुपर्ने माग राखेर मजदुर युनियनहरुले पटक पटक आन्दोलन गरेका थिए । सेवा सुविधा, तलबवृद्धि, सञ्जयकोषलगायत माग लिएर पनि उनीहरु पटक पटक आन्दोलन गरेका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे