डाक्टर केसीको समर्थनमा वृहत ¥याली

प्रतिष्ठानबाट निस्किएको ¥याली भानुचौक, छाताचोक पुगेर पुनः लोकतान्त्रिक चौतारीमा आएर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पसका प्राध्यापक काजीराम कार्कीले सचेत मान्छेहरु चुप बसिदिएकै कारण फटाहाहरुको राज चलेकोले आवाज उठाउनुपर्ने बेला भएको बताए । शिक्षा, स्वास्थ्य जनताको नैसर्गिक अधिकार भएको र हरेक नागरिकलाई सेवा पु¥याउनु राज्यको दायित्व भएको भनेर डाक्टर केसीले झक्झकाइरहेको उनको भनाई थियो । ‘शिक्षा क्षेत्रको विकृति, विसंगति र माफियाकरणको विरुद्ध हो सत्याग्रह, अब सबै सचेत नागरिकहरु एक ठाउँमा उभिनै पर्छ’–उनले भने ।

Comments
Post a Comment