डाक्टर गोविन्द केसीको माग पुरा गर्न माग गर्दै ¥याली

धरान । मेडिकल शिक्षा माफियाकरणको विरुद्धमा आठौं चरणको अनसन बसिरहेका प्रा.डा.गोविन्द केसीका मागहरु पुरा गर्न तथा उनको जीवन रक्षाको माग गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थी एवं डाक्टरहरुले ¥याली निकालेका छन् ।
प्रतिष्ठानस्थित डाक्टर गोविन्द केसी ऐक्यवद्धता समुहले अनसनरत चिकित्सक केसीको जीवन जोखिममा पर्दासमेत सम्बन्धित निकाय गम्भीर नभएको भन्दै दबाब स्वरुप ¥याली निकालेको जनाएको छ । साथै, डाक्टर केसीको जीवन रक्षाको कामना गर्दै धरानको भानुचौकमा शुक्रबार साँझ समुहले दिप प्रज्वलन पनि गरेको थियो । समुहको आह्वानमा प्रतिष्ठानदेखि धरानको भानुचौकसम्म विद्यार्थी र डाक्टरहरुले विभिन्न नारासहित प्ले कार्ड बोकेर ¥याली निकालेका थिए । भानुचौकमा दिप प्रज्वलनपछि कोणसभा पनि आयोजना भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै समुहका संयोजक अजित कुमार झाले आफ्नो स्वार्थको लागि नभई डाक्टर केसीले स्वास्थ्यमा सबैको पहुँच पु¥याउन आन्दोलन गरेकोले सबैले साथ दिनुपर्ने बताए । सरकारले पटक पटक सम्झौता गरेर पनि पालना नगरेको कारण मेडिकल शिक्षा एवं स्वास्थ्य क्षेत्र धरापमा परेको उनको भनाई थियो । ‘यो आन्दोलन निर्णायक हुनुपर्छ, फेरि पनि डाक्टर केसी वा अरु कसैले धर्ना, अनसन बस्नु नपरोस्’–उनले भने । डाक्टर केसीप्रति ऐक्यवद्धता तथा मेडिकल माफियोको विरोध स्वरुप जनाउदै आगामी आइतबारदेखि प्रतिष्ठानका चिकित्सकहरुले हातमा कालोपट्टी बाँधेर काम गर्ने उनले बताए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे