दृष्टिविहिन विद्यार्थीहरुको साहित्य सृर्जना(फोटोफिचर)


                   मलाई सधै मन लाग्छ फुलबारीमा बस्न
  ती फुल हेर्दा मेरो मनमा खेल्छ एउटा प्रश्न
                 सयपत्री, गोदावरी, बेली र चमेली
        सबैथरी फुलहरु बस्छन मिलिजुली
       त्यो फुल न त रिसाउछ न त कहिले रुन्छ
       न त मानिसहरु जस्तो कहिले दुःखी हुन्छ ।
यति सुन्दर कविताको रचनाकार को होला ? तपाईलाई लाग्न सक्छ, साहित्यमा निरन्तर कलम चलाइरहने व्यक्ति हुन् । तपाई यही सोच्दै हुनुहुन्छ भने गलत हुनुहुनेछ । फुलबारी शिर्षकको यो कविताका रचनाकार कक्षा ५ मा अध्ययनरत एक दृष्टिविहिन विद्यार्थी मिराक लिम्बु हुन् । जो दृष्टिविहिन मात्रै होइनन्, बहुअपांगता(अर्टिज्म)भएका बालक पनि हुन् । उनी धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा अध्ययनरत छन् ।
समाजले दृष्टिविहिन एवं अपांगता भएका व्यक्तिलाई के नै गर्छ सक्छन् र भनेर ह्ेयको दृष्टिले हेर्ने गर्छन् । तर, बुधबार ज्ञान चक्षु विद्यालयमा आयोजित प्रतियोगितात्मक साहित्यिक गोष्ठीमा भाग लिदै दृष्टिविहिन विद्यार्थीहरुले अवसर पाउदा जे पनि गर्नसक्छौं भन्ने आत्मविश्वासपुर्ण सन्देश दिए । गोष्ठी इटहरी २४ तरहरास्थित क्यानभास साहित्यिक समाजले आयोजना गरेको थियो । जहाँ मिराक जस्ता १७ जना दृष्टिविहिन विद्यार्थीहरुले भाग लिएका थिए । ती मध्ये ४ जनाको रचनालाई उत्कृष्ट घोषित गरिएको थियो । उत्कृष्ट रचनामा मिराकको फुलबारी शिर्षकको कविता पनि प¥यो ।
यसैगरि, उत्कृष्ट रचनामा कक्षा ४ का विरोज थापा मगरको गुरु शिर्षकको कविता, कक्षा ७ का गगन आलेमगरको नेपाल शिर्षकको कविता पनि छनौट भएको थियो भने कक्षा १० की एलिना लिम्बुको वैदेशिक रोजगार र चुनौतीहरु बिषयक निबन्ध पनि उत्कृष्ट रचनामा छनौट भएको थियो । उनीहरुलाई आयोजक संस्थाका अध्यक्ष विनय सरगम, प्रमुख अतिथि एवं सशक्त युवा कवि सुदिप पाख्रिन, गजलकार श्रेष्ठ परिक्रमा, साहित्यकार केशव वाग्लेलगायतले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । आयोजकले उत्कृष्ट विद्यार्थीहरुलाई जनही नगद ५ सय ५५ रुपैया प्रदान गरेको थियो । गोष्ठीमा विद्यार्थीहरुले ब्रेल लिपीमा गीत, गजल, कवितासँगै कथा र निबन्ध पनि वाचन गरेका थिए । अन्य सबैलाई प्रोत्साहन स्वरुप प्रमाणपत्र दिइएको थियो ।
साहित्यिक गोष्ठीको शुरुवातमै दृष्टिविहिन विद्यार्थीहरुले स्वागत गीतमार्फत आफुहरु देशको निम्ति केही गर्ने अठोट यसरी व्यक्त गरेका थिए,
ह्यिाएर हामीलाई अन्धा नभन
देशको लागि केही गर्नेछौं धन्दा नमान
आयोजक संस्थाका अध्यक्ष विनय सरगमले दृष्टिविहिन विद्यार्थीहरुलाई हौसला एवं प्रेरणा दिलाउन गोष्ठी आयोजना गरिएको बताए । युवा कवि सुदिप पाख्रिनले शारीरिक अपांगता भए पनि जीवनमा केही फरक पार्देनन भन्ने सन्देश दिएको बताए । पिण्डेश्वर विद्यापिठका प्राचार्य प्रा.डा.भिम खतिवडाले छालाको आँखा नभए पनि आफु भित्रको विवेकको आँखाले विद्यार्थीहरुले धेरै उत्कृष्ट रचनाहरु सृर्जना गरेको बताए । विद्यालयकी प्रअ केशरी थापाले साहित्यिक गोष्ठीले दृष्टिविहिन विद्यार्थीहरुलाई धेरै प्रेरणा मिल्ने बताइन् ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे