डा.गोविन्द केसीको आन्दोलनमा बीपीका विद्यार्थीको समर्थन


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत विद्यार्थीहरुले डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन एवं ऐक्यवद्धता जनाएका छन् । प्रतिष्ठानस्थित डाक्टर गोविन्द केसी ऐक्यवद्धता समुहले एक विज्ञप्ती जारी गर्दै मेडिकल क्षेत्रमा मौलाउदै गएको विकृति र व्यापारीकरणलाई रोक्न डा.केसीले शुरु गरेको ८ औं अनसनमा पुर्ण समर्थन एवं ऐक्यवद्धता जनाएका छन् ।
यो समुह डाक्टर केसीको पहिलो चरणको आन्दोलन तथा अनसन बसेको बेलादेखि नै प्रतिष्ठानमा सक्रिय थियो । डाक्टर केसीले विभिन्न माग लिएर अनसन बस्द यसअघि प्रतिष्ठानका विद्यार्थी तथा जुनिर डाक्टरहरुले पनि रिले अनसन बसेर एक्यवद्धता जनाएका थिए । प्रतिष्ठानका विद्यार्थीहरुले डाक्टर केसीसँग यसअघि सरकारले गरेका सम्झौताहरूको पूर्ण कार्यन्वयन, माथेमा प्रतिवेदनको पूर्ण रुपमा कार्यन्वयन, चिकित्सा शिक्षा ऐनको मस्यौदामा सुधार गरी यही संसदको अधिवेशनबाट पारित गर्ने र अन्य चिकित्सा क्षेत्रका सुधारका बिभिन्न मागमा पुर्ण समर्थन रहेको जनाएका छन् । ‘बढ्दै गईरहेको मेडिकल क्षेत्रको व्यापारीकरण र खस्कदै गईरहेको गुणस्तरलाई सुधार गर्न ३ करोड नेपाली जनताको स्वास्थ्यमाथि भईरहेको खेलवाड, भ्रष्टाचार र अनियमिततालाई रोक्न, राजधानी बाहिर पहुँचभन्दा टाढा रहेका ग्रामीण ठाउँहरूमा पनि मेडिकल कलेज खोल्ने वातावरण बनाउन र मेडिकल शिक्षा ऐन तत्काल पारित गरी नेपालको मेडिकल शिक्षाको गुणस्तरलाई कायम राख्न हामी डा. केसी साथमा छौं’–विज्ञप्तीमा भनिएको छ ।
पैसाको विटोसँग साटिएका डाक्टरका सक्कली र नक्कली सर्टिफिकेट अनि भविष्यमा साटिने सर्वसाधारणको स्वास्थ्यलाई रोक्न डाक्टर केसीले अग्रसरता दिएको उल्लेख गर्दै समुहले केसीका मागहरुलाई मागहरूलाई सम्बन्धित निकायले यथाशीघ्र सम्बोधन गर्न पनि माग गरेका छन् । डाक्टर केसीका मागहरूप्रति वेवास्ता गर्दै सरकार गैरजिम्मेबार बनिरहे सशक्त आन्दोलन हुने पनि विज्ञप्तीमा उल्लेख छ ।
यसैबीच, समुहको नेतृत्वमा बुधबा साँझ प्रतिष्ठानको जिओपिडी भवन परिसरमा डाक्टर केसीको आन्दोलनमा ऐक्यवद्धा जनाउन एवं उनको जीवन रक्षाको माग गर्दै विद्यार्थीहरुले दिप प्रज्वलन गरेका थिए । ‘आइ एम विथ डाक्टर गोविन्द केसी’ लेखेर विद्यार्थीहरुले मैनवत्ति बालेर डाक्टर केसीको जीवन रक्षाको कामना गरेका थिए । ‘डाक्टर गोविन्द केसीको आठौं चरणको अनसनमा हाम्रो समर्थन र ऐक्यवद्धता हो, साथै उहाँको जीवन रक्षाको लागि सम्बन्धित निकाय, नेपाल सरकारले गम्भीरतापुवर्क पहल गरोस् र माग पुरा होस भन्ने कामना पनि हो’–समुहका सदस्य नविन भट्टले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे